अवैध लागूऔषधसहित पक्राउ

Advertisement

काठमाडौं, २ वैशाख 

बर्दिया, गुलरीया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ करिब ३ ग्राम ३ सय  मिलिग्रामसहित मधुबन नगरपालिका-९ गाँउ नम्बर १२ बस्ने २१ वर्षीय अर्जुन बिकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको  छ । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६  शंकरअचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ८ सय २० मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० बस्ने २७ वर्षीय सुजन गोलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनरूवाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंज बजारतर्फ पैदल आउदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको  हो ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार