बुद्धभूमि १ मा डेंगु रोग सम्बन्धी अभिमुखीकरण
बुद्धभूमि नगरपालिका वडा नम्बर १ मा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको हो । वडाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, टोल विकास संस्था, सामुदायिक वनका प्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालय, स्वास्थ्य सँस्था लगायत सरोकारवालाहरुलाई लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमा अभियान सञ्चालन गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको वडाअध्यक्ष तेज बहादुर बस्नेतले जानकारी दिए । कार्यक्रममा महेन्द्रकोट स्वास्थ्य चौकी प्रमुख हरि कुमार श्रेष्ठले डेंगु रोगको वारेमा अभिमुखीकरण गरेका थिए ।…
