केपी ओली कपिलवस्तु आउदै, विजयनगर अस्पताल र एमाले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम
कपिलवस्तु वैशाख २२ गते । वैशाख २६ गते एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तु आउनु हुने भएको छ । ओलीले उक्त दिन २ कार्यक्रममा सहभागी हुने जनाइएको छ ।अध्यक्ष ओली बिहान ८ बजे विजयनगर गाउँपालिका वडा नम्बर ६बद्धौरमा निमार्ण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रम रहेको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।अस्पतालको भवन उद्घाटनको लागि तयारी भई सकेको बताउँदै २६ गते बुधवार बिहान ८ बजे ओलीद्वारा उद्घाटन गरिने कार्यक्रम तय भएको अध्यक्ष थापाले बताए । अस्पतालको भवन उद्घाटन पश्चात् बिस्तारै आवश्यक व्यवस्थापन गरी सेवा सुचारु गरिने उनले बताए ।विजयनगर अस्पताल…
