१९ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

१९ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं, २ बैशाख             नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० चैत २८ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव उपरीक्षकहरूमा निर्मल पनेरू, ऋषिराम घर्तिमगर, दिपक मल्ल, धन बहादुर बोहोरा, जनार्दन घिमिरे, आयुश प्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरूषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाय, गुणराज बुढाथोकी, राम प्रसाद तिमल्सिना, भिषणबाबु राई, रूक बहादुर खड्का, रण बहादुर…
थारु खाना र हस्तकला प्रवर्धन गर्न बृजा ताल खाना महोत्सव

थारु खाना र हस्तकला प्रवर्धन गर्न बृजा ताल खाना महोत्सव

जानु पाण्डेकपिलवस्तु वैशाख १ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा थारु संस्कृति प्रवर्धन गर्न बृजा ताल खाना महोत्सव सञ्चालन गरिएको छ । शनिवार देखी नगरपालिकाको वडा नम्बर ९ बक्लीपुरमा रहेको पर्यटन उन्मुख क्षेत्र बृजा ताल सँगै थारु हस्तकला, संस्कृति र खानाको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको छ ।महोत्सवको समुद्घाटन गर्दै पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले थारु संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै पर्यटन सँग जोड्नु पर्ने बताउनु भयो । हरियाली सामुदायिक वनको स्वामित्वमा रहेको बृजा तालमा पर्यापर्यटनको विकास गर्न र तालको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्न जरुरी देखिएको आचार्यले औँल्याउनु भएको थियो ।कार्यक्रममा…
कपिलवस्तुका एक सहित ३ जनाको डुबेर मृत्यु

कपिलवस्तुका एक सहित ३ जनाको डुबेर मृत्यु

काठमाडौं, ३० चैत जुम्ला, पातारासी गाउँपालिका-४ लुम बस्ने बिर्खे रेउलेको छोरा ५ वर्षीय डिकेन्द्र रेउलेको घर नजिकै रहको नहरमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । बर्दिया, बारबर्दिया नगरपालिका-३ ढुङग्राही बस्ने कृष्ण पुरीको छोरा १२ वर्षीय मुस्कान पुरीको सोही ठाउँस्थित बबई नदीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कपिलवस्तु, महाराजगंज नगरपालिका-७ गंगौरी बस्ने गरिब मुराउको छोरा १५ वर्षीय रामफेर मुराउको सोही ठाउँस्थित कन्चनिया खोलामा पौडी खेल्ने क्रममा डुबेर…
च्याउ टिप्न जंगल पुगेका वालकको डढेलोमा परेर मृत्यु

च्याउ टिप्न जंगल पुगेका वालकको डढेलोमा परेर मृत्यु

डोल्पा, ३० चैत त्रिपुरासुन्दरी नगरपालिका-४ बस्ने १० वर्षीय सुलश बुढाको आगोले जलेर बिहीबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका-४ रंगस्थित सामुदायिक वनमा च्याउ टिप्न गएको अवस्थामा वनमा लागेको आगोमा जलेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दुनै डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै आगोले जलेर घाइते भएका २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, ३० चैत              जुम्ला, कनकासुन्दरी गाउँपालिका-५ स्थित सडकमा  लु.५ त १४६० नम्बरको  ट्याक्टर  सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा चालक सल्यान त्रिबेणी गाउँपालिका-४ थोलाबाङ बस्ने २४ वर्षीय बसन्त रेउलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा  मृत्यु भएको हो ।             सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-३ गितखोरास्थित सडकमा  प्र.१-०१-००२ ह ३७१६ नम्बरको सिटि रिक्सा अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा रिक्सामा सवार सोही नगरपालिका-१ भलुवा बस्ने ३० वर्षीय श्याम कुमार यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको भारदह अस्पताल सप्तरीमा उपचारको क्रममा मृत्यु भएको…
अवैध लागूऔषधसहित ४ जना पक्राउ

अवैध लागूऔषधसहित ४ जना पक्राउ

काठमाडौं, ३० चैत             झापा, मेचिनगर नगरपालिका-१० धुलावारी चोक कोलोनिबाट अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-४ बस्ने २७ वर्षीय पासाङ जिम्बा र मेचिनगर  नगरपालिका-१० खयरडागि बस्ने ५६ वर्षीय शम्भु राजबंशी रहेका छन् । लागूऔषध कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै राजबंशीको घरबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय २० ग्राम, नगद ७ हजार रूपैयाँ, मोबाइल १ थान र मोटरसाइकल १ थान समेत प्रहरीले बरामद गरेको छ ।             काठमाडौं,…
कपिलवस्तु तौलिहवाका वालक श्याम कौशल वुधवार दिउसो देखी सम्पर्क विहिन

कपिलवस्तु तौलिहवाका वालक श्याम कौशल वुधवार दिउसो देखी सम्पर्क विहिन

कपिलवस्तुकपिलवस्तु नगरपालिका वडा नम्बर १ तौलिहवाबाट एक वालक सम्पर्क विहिन भएका छन् । नगरपालिकाको शिव मन्दिर टोल निवासी सोनु कौशलको छोरा बर्ष १६ को श्याम कौशल बुधबार देखि सम्पकै विहिन भएका छन् । उनी दिउँसो २ः०० बजे आफ्नै घरबाट निस्किएका थिए । हाल सम्म घरपरिवार सङ्ग कुनै सम्पर्कमा नरहेको परिवार स्रोतले बताएको छ । वालकलाई कतै देखिनु भएमा जानकारी गराउन नजिकको प्रहरी चौकी गर्न आग्रह गरिएको छ ।
विकासको कामलाई कुनै पनि बहानामा अवरोध गर्नुहुँदैन : योगेश भट्टराई

विकासको कामलाई कुनै पनि बहानामा अवरोध गर्नुहुँदैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले विकासको कामलाई कुनै बहानामा अवरोध गर्नु नहुने बताउनुभएको छ ।नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन सचिव भट्टराईले सभ्यता र संस्कृतिलाई जोगाउँदै विकासका काम अघि बढाउनु पर्ने बताउनुभयो । नेकपा एमाले हिजोदेखि नै सभ्यता र संस्कृतिको संरक्षणको पक्षमा रहेको उहाँले सम्पदाको संरक्षण गर्दै विकासको काम अघि बढाउनु पर्ने बताउनुभयो । ‘विकास निर्माणको काममा कसैले पनि अवरोध गर्नुहुँदैन’, उहाँले भन्नुभयो ।कुनै पनि योजनामा समस्या छ भने बसेर छलफल गरी समस्या समाधान गर्नुपर्नेमा उहाँले बताउनुभयो । कुनै पनि हालतमा काम गर्न दिँदैनौँ भनेर विकास विरोधी कुरा कसैले गर्नु नहुने उहाँले स्पष्ट पार्नुभयो…
ताप्लेजुङको टिप्ताला नाकासम्मको सडक तीनवर्ष भित्र बन्छ : रघुवीर महासेठ 

ताप्लेजुङको टिप्ताला नाकासम्मको सडक तीनवर्ष भित्र बन्छ : रघुवीर महासेठ 

काठमाडौं । नेकपा एमालेका सचिव एवं उपप्रधान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ताप्लेजुङको ओलाङचुङ्गोला हुँदै चीनको टिप्ताला नाका जोड्ने सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । बिहीबार नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासेठले सकेसम्म तीन वर्ष भित्रै सो सडकको काम सम्पन्न गर्ने गरी कम गर्ने बताउनुभयो । उहाँले यस आर्थिक वर्षको बजेटमा सो सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बचन दिनुभयो । ‘हामी तीन वर्षभित्रै, सकेसम्म तीन वर्ष भित्रै सम्पन्न गर्ने गरी काम गर्छौँ’, महासेठले भन्नुभयो । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङ्गोला स्थित टिप्तालाबाट चीन जोड्ने नाका नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो त्रिदेशीय…
डढेलो नियन्त्रण गर्न पहिलो पटक एयर ब्लोरको प्रयोग

डढेलो नियन्त्रण गर्न पहिलो पटक एयर ब्लोरको प्रयोग

कपिलवस्तु चैत्र २९ गते। डढेलो नियन्त्रण गर्न पहिलो पटक एयर ब्लोर उपकरणको प्रयोग गरिएको छ। डिभिजन वन कार्यालय कपिलवस्तुले पहिलो पटक ब्लोर डढेलो नियन्त्रणमा प्रयोग गरेको हो। कपिलवस्तुको तिलौराकोट र मायादेवी साझेदारी वनमा अत्याधुनिक एयर ब्लोर मेसिनको प्रयोग गरिएको हो।  डिभिजनल वन अधिकृत विजयराज सुवेदीले अमेरिका र युरोपका वनमा ब्लोर प्रयोग गरेको देखिएपछि नमुना ल्याएर परीक्षण गरिएको जानकारी दिनुभयो। नमुना परीक्षण प्रभावकारी देखिएपछि कार्यालयले थप ५ थान ब्लोर खरिद गरेर सब डिभिजन वनलाई प्रयोगका लागि हस्तान्तरण गरेको छ। एक लिटर पेट्रोलमा २० एमएल मोबिल मिसाएर ब्लोर चलाउँदा एक घण्टासम्म काम गर्ने बताइएको छ। ब्लोरको सहायताले पात सफा गरी फायर लाइन…