एकै दिनमा २५ किलो मिटर पैदल गस्ती
कपिलवस्तु इलाका प्रहरी कार्यालय कृष्णनगरले सीमा क्षेत्रमा लामो दुरी पैदल गस्ती (लङ रुट पेट्रोलिङ ) को अभियान सुरुवात गरेको छ । सीमा क्षेत्रमा रहेका स्थानीयको समस्या बुझ्न र समुदाय र प्रहरी बिच सम दुरी कायम गर्न लामो दुरीको पैदल गस्ती सञ्चालन गरिएको थियो । पैदल गस्तीले सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधिहरुको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी हुने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले बताउनु भयो । कृष्णनगर नगरपालिकाको बेदर्मी देखी सुरु गरिएको गस्ती २५ किलो मिटर यात्रा गरी बगही सीमा पुगेर अन्त्य भएको थियो । प्रहरी नायव निरीक्षक राम बहादुर मगरको कमान्डमा खटिएको…
