पानी भन्दा सस्तो मूल्यमा तरकारी,न्यून मूल्यको मारले कपिलवस्तुका कृषक निरास
कपिलवस्तु, जेठ ११ गते । बिहान सबेरै थाकेका आँखामा सपना सजाउँदै कपिलवस्तु बुद्धभूमि नगरपालिकाका कृषक बृज मोहन केवट एक पिक अप तरकारी राखेर हाट बजार तर्फ लाग्नु भयो । भिण्डी, टमाटर, काँक्रो, बन्दा, लौका र बोडीले गाडी भरिएको थियो । हाट बजार पुगे पछि उहाँको सपना भने चकना चुर भयो । बजारमा तरकारीलाई १० रुपैयाँ किलोको भाउमा समेत बेच्न मुस्किल थियो । कृषक निर्मल तेली भन्नु हुन्छ, ‘ सस्तो मूल्यमा तरकारी बेच्नु परेको छ ।, बन्दा ५ रुपैयाँ केजी, काँक्रा, बोडी, भिण्डी, लौका प्रति केजी १० देखी १५ रुपैयाँ, टमाटर, सानो करेला, घिरौँला, भान्टा २० रुपैयाँ किलो । यो भन्दा…
