मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, ३० चैत             ताप्लेजुङ, फुङलिङ नगरपालिका-११ फावाखोला बस्ने ३६ वर्षीय भक्ते लिम्बु सोही नगरपालिका-११ हात्तेलुङस्थित भिर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।             नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-१ छिवानीस्थित जनकल्याण सामुदायिक बनको रायपुरवा खोलाको किनारमा प्रकातपुर गाउँपालिका-३ बस्ने ७३ वर्षीय गोपाल थारू बिहीबार मृत अवस्थामा फेला परेका छन् ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु

ओखलढुंगा, ३० चैत खिजिदेम्बा गाउँपालिका-४ लोसा बस्ने ३८ वर्षीय बोमन बहादुर तामाङको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ । घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको सोही ठाउँस्थित स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कपिलवस्तुका एक सहित ३ जनाको डुबेर मृत्यु

कपिलवस्तुका एक सहित ३ जनाको डुबेर मृत्यु

काठमाडौं, ३० चैत जुम्ला, पातारासी गाउँपालिका-४ लुम बस्ने बिर्खे रेउलेको छोरा ५ वर्षीय डिकेन्द्र रेउलेको घर नजिकै रहको नहरमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । बर्दिया, बारबर्दिया नगरपालिका-३ ढुङग्राही बस्ने कृष्ण पुरीको छोरा १२ वर्षीय मुस्कान पुरीको सोही ठाउँस्थित बबई नदीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कपिलवस्तु, महाराजगंज नगरपालिका-७ गंगौरी बस्ने गरिब मुराउको छोरा १५ वर्षीय रामफेर मुराउको सोही ठाउँस्थित कन्चनिया खोलामा पौडी खेल्ने क्रममा डुबेर…
च्याउ टिप्न जंगल पुगेका वालकको डढेलोमा परेर मृत्यु

च्याउ टिप्न जंगल पुगेका वालकको डढेलोमा परेर मृत्यु

डोल्पा, ३० चैत त्रिपुरासुन्दरी नगरपालिका-४ बस्ने १० वर्षीय सुलश बुढाको आगोले जलेर बिहीबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका-४ रंगस्थित सामुदायिक वनमा च्याउ टिप्न गएको अवस्थामा वनमा लागेको आगोमा जलेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दुनै डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै आगोले जलेर घाइते भएका २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, ३० चैत              जुम्ला, कनकासुन्दरी गाउँपालिका-५ स्थित सडकमा  लु.५ त १४६० नम्बरको  ट्याक्टर  सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा चालक सल्यान त्रिबेणी गाउँपालिका-४ थोलाबाङ बस्ने २४ वर्षीय बसन्त रेउलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा  मृत्यु भएको हो ।             सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-३ गितखोरास्थित सडकमा  प्र.१-०१-००२ ह ३७१६ नम्बरको सिटि रिक्सा अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा रिक्सामा सवार सोही नगरपालिका-१ भलुवा बस्ने ३० वर्षीय श्याम कुमार यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको भारदह अस्पताल सप्तरीमा उपचारको क्रममा मृत्यु भएको…
अवैध लागूऔषधसहित ४ जना पक्राउ

अवैध लागूऔषधसहित ४ जना पक्राउ

काठमाडौं, ३० चैत             झापा, मेचिनगर नगरपालिका-१० धुलावारी चोक कोलोनिबाट अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-४ बस्ने २७ वर्षीय पासाङ जिम्बा र मेचिनगर  नगरपालिका-१० खयरडागि बस्ने ५६ वर्षीय शम्भु राजबंशी रहेका छन् । लागूऔषध कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै राजबंशीको घरबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय २० ग्राम, नगद ७ हजार रूपैयाँ, मोबाइल १ थान र मोटरसाइकल १ थान समेत प्रहरीले बरामद गरेको छ ।             काठमाडौं,…
प्राचिन कपिलवस्तु महोत्सवमा शुक्रवार अन्जु कुस्मी आउने

प्राचिन कपिलवस्तु महोत्सवमा शुक्रवार अन्जु कुस्मी आउने

कपिलवस्तु चैत्र ३० गते।कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवामा सञ्चालन भएको आठौँ प्रचिन कपिलवस्तु महोत्सवमा आज (शुक्रवार) लोकप्रिय थारु गायक अन्जु कुस्मी (फुलकुमारी) आउने भएकी छिन् । बुद्ध पद्म माविमा चलेको महोत्सवमा प्रमुख आकर्षणको रुपमा गायक कुस्मी रहेको आयोजकले जनाएको छ ।डिजे र डान्सीङ गित गाएर चर्चामा रहेकी कुस्मीको प्रस्तुती हेर्नका लागि घुइचो लाग्ने अनुमान गरिएको छ ।
मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

लिलाधर वली  घोराही, चैत ३० गते । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख तुलाराम घर्ती मगरले आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाउनुभएको छ ।  लुम्बिनी प्रदेशसभामा रहेका ८७ जना सदस्यमध्ये महरालाई ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा चैत २३ गते शुक्रवार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । चैत २३ गते प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त हुनुभएका महराले चैत २५ गते शपथ ग्रहण र पदभार ग्रहण गर्नुभएको थियो ।
भगलापुरका भविन्द्र जसले वैदेशिक रोजगारी त्यागेर गाई पाल्नु भयो

भगलापुरका भविन्द्र जसले वैदेशिक रोजगारी त्यागेर गाई पाल्नु भयो

कपिलवस्तु चैत्र ३० गते । कपिलवस्तु बाणगंगा नगरपालिका ६ भगलापुरका झविन्द्र पौडेलले गाई पालनबाट मनग्य आम्दानी गर्नु भएको छ । वैदेशिक रोजगारी त्यागेर आधुनिक तरिकाले गाई पालन गर्नु भएको पौडेलले मासिक १ लाख बचत गर्दै आउनु भएको छ । पौडेलले वैदेशिक रोजगारीबाट बचत गरेको रकम लगानी गर्दै २०७५ सालबाट व्यवसाय सुरु गर्नु भएको थियो ।उहाँ २८ महिना कतार र ८ वर्ष कुवेतको बसाइँ त्याग गर्दै डालु पशुपालन फर्म सञ्चालन गर्नु भएको थियो । ‘धेरैले विदेशको कमाइले घर जग्गा जोडे । गाउँबाट राजमार्ग छेउमा बसाइ सरे । त्यो देखेर साथी, भाइ छिमेकीले घरजग्गा किन्न सल्लाह दिए । तर म आत्मनिर्भर हुन…
प्रेस युनियन कपिलवस्तुद्धारा क्यालेन्डर विमोचन

प्रेस युनियन कपिलवस्तुद्धारा क्यालेन्डर विमोचन

कपिलवस्तु चैत्र ३० गतेप्रेस युनियन कपिलवस्तुले क्यालेन्डर विमोचन गरेको छ । बिहीबार कपिलवस्तु नगरपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरेर क्यालेन्डर विमोचन गरिएको हो । विमोचनका क्रममा बोल्दै प्रमुख अतिथि तथा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले सरकारले मिडियालाई बलियो बनाउने गरी काम गर्नु पर्ने बताउनु भयो ।कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका लुम्बिनी प्रदेश महामन्त्री तथा पूर्व मन्त्री सुरेन्द्रराज आचार्यले प्रेस युनियनले जनताका समस्यालाई उजागर गर्ने गरी पत्रकारिता गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेसका नेता दीप कुमार उपाध्याय, अतहर कमाल, अभिशेख प्रताप शाह, विक्रम सिंह थापा, राजेश आचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।