जब कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडीबाट स्थानीयले मल खोसे

जब कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडीबाट स्थानीयले मल खोसे

कपिलवस्तु, जेठ ९ गते । भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतीय मल पक्राउ ग¥यो । पक्राउ गरेको थाहा पाए पछि स्थानीयका भिड जम्मा भयो । मल नियन्त्रणमा लिएर भन्सार कार्यालय लैजाँदै गर्दा स्थानीयले घेरा हाले । ‘हाम्रो मल’ भन्दै सशस्त्र प्रहरीको गाडी नियन्त्रणमा लिए । नियन्त्रणमा लिएको मलको बोरा काट्दै बाटोमा छरे ।कपिलवस्तुको कृष्णनगर नगरपालिका–८, बहादुरगन्जमा सशस्त्र प्रहरीले समातेको अवैध भारतीय मल स्थानीयले खोसेर बाटोमै छरेका छन् । शुक्रवार दिउँसो ४ बजे सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको ३२ बोरा मल स्थानीयको भिडले लुटपाट गर्दै नष्ट गरेका हुन् ।सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति, सशस्त्र…
कृषकको पीडा : रामघाटमा बिचौलियाले हाम्रो भन्दै भारतीय बेचे, नगरपालिका, प्रहरी प्रशासनले चासो दिएन ।

कृषकको पीडा : रामघाटमा बिचौलियाले हाम्रो भन्दै भारतीय बेचे, नगरपालिका, प्रहरी प्रशासनले चासो दिएन ।

कपिलवस्तु, जेठ ४ –कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० स्थित रामघाट, बाणगंगा नदी किनारको उर्वर भूमिमा अहिले तरबुजा उत्पादनको सिजन छ। मोतिनगर, चेतरादेई र भगवानपुरका करिब तीन दर्जन कृषकले मेहनतका साथ बगरे खेतीबाट राम्रो मात्रामा तरबुजा उत्पादन गरेका छन्। तर, बजारमा उनीहरूका उत्पादनले उचित मूल्य पाउन सकेको छैन। स्थानीय कृषकहरूका अनुसार, रामघाट क्षेत्रमा तौलिहवा आसपासका तीन व्यापारीले सडक कव्जा गर्दै आफूलाई स्थानीय भन्दै भारतीय तरबुजा बेचिरहेका छन्। ती व्यापारीहरू भारतीय तरबुजा ५० रुपैयाँ प्रतिकेजीमा विक्री गर्दै उपभोक्तालाई भ्रममा पारिरहेका छन्। यसकै कारण स्थानीय तरबुजा ३० रुपैयाँ प्रतिकेजीमा पनि बिक्री हुन नसकेको गुनासो किसानको छ। “हाम्रो तरबुजा खेतमै पाकेर बसेको छ। ताइवानी जातलगायत तीन…
प्याब्सन कपिलवस्तुद्वारा हस्तलेखन र निबन्ध लेखन प्रतियोगिता सम्पन्न

प्याब्सन कपिलवस्तुद्वारा हस्तलेखन र निबन्ध लेखन प्रतियोगिता सम्पन्न

प्याब्सन कपिलवस्तुद्वारा आयोजित हस्तलेखन तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको बुद्धभूमि ९ चौवन्न बुद्धभूमि क्याम्पसमा हस्तलेखन र निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको हो । सहभागी विद्यार्थीले अंग्रेजी र नेपाली दुवै भाषामा हस्तलेखन एवम निबन्ध लेखेका थिए। हस्तलेखन अंग्रेजी तर्फ कक्षा नर्सरी देखि यु केजी मा राइजिङ्ग स्टारकी आरुसी पौडेल प्रथम, आवर मदरल्याण्ड एकेडमीकि आयुष्मा आचार्य द्वितीय युनिक बोड्डिङ्ग स्कुलकि सृष्टि थापा तृतीय नर्थ पोइन्ट इङ्ग्लिस बोर्डिङ स्कुलकी दृष्टि घर्ती सान्त्वना भइन। नेपाली तर्फ न्यु शिशु बोर्डिङ स्कुलकी प्रिया भुज प्रथम, सनराइज इङ्ग्लिस बोर्डिङ स्कुलकी सान्वी यादव दितिय, युनिक बोड्डिङ्ग स्कुलका शिवंश काफ्ले तृतीय र आदर्श इङ्ग्लिस बोर्डिङ…
बिहानको हिँडाइ नै अन्तिम भयो: कारले ठक्कर दिँदा दुईको मृत्यु

बिहानको हिँडाइ नै अन्तिम भयो: कारले ठक्कर दिँदा दुईको मृत्यु

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ बसन्तपुरमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट ज्यान गएको छ।शुक्रबार बिहान करिब ५:४५ बजे पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा पत्थरकोटबाट गोरुसिङ्गेतर्फ गइरहेको BAB 9599 नम्बरको कारले उनीहरूलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए। कार चालक रुपन्देही, सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा चालक मादक पदार्थ सेवन नगरेको पुष्टि भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कपिलवस्तुको घटना : पुलको जग खन्दा माटोले पुरीएर एक जनाको मृत्यु

कपिलवस्तुको घटना : पुलको जग खन्दा माटोले पुरीएर एक जनाको मृत्यु

कपिलवस्तु, वैशाख २८ गते कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका–१, नेवलागन्जमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ। नेवलागन्जमा निर्माणाधीन झोलुङ्गे पुलको फाउन्डेसन खन्ने क्रममा आइतबार बिहान करिब ११ बजे माटो खस्दा दुई जना कामदार पुरिएका थिए। पुरिएकामध्ये नेवलागन्जकै ३० वर्षीय केशव थापाको मृत्यु भएको शिवराज आधारभूत अस्पताल चन्द्रौटाले जनाएको छ। घटनामा ४८ वर्षीय सर्जुलाल चौधरी गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिनुभयो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्याब्सन कपिलवस्तुद्वारा नेपाली भाषा शिक्षण सम्बन्धी कार्यशाला सम्पन्न

प्याब्सन कपिलवस्तुद्वारा नेपाली भाषा शिक्षण सम्बन्धी कार्यशाला सम्पन्न

संस्थागत विद्यालयहरूको छाता सङ्गठन निजि तथा आवासीय विधालय अर्गनाइजेशन नेपाल (प्याब्सन ) कपिलवस्तुद्वारा नेपालि भाषा शिक्षण प्रशिक्षण कार्यशाला सम्पन्न गरेको छ ।प्याप्सनमा आबद्द जिल्लाका नेपाली भाषाका शिक्षकले नेपाली भाषा शिक्षण, पाठ्यक्रम विमर्श तथा सृजनात्मक लेखन सम्बन्धी एक दिने तालिम पाएका छन् । उनीहरूले यो तालिम निःशुल्क पाएका हुन् । दोस्रो गोपाल पाठक स्मृति दिवसको अवसरमा शिक्षण सिकाइका क्रियाकलाप र त्यससँग सम्बन्धित विषयमा शिक्षक शिक्षिकालाई तालिम प्रदान गरिएको हो । जिल्लाको संस्थागत विद्यालयका नेपाली भाषाका शिक्षक शिक्षिका तालिममा सहभागी थिए । नेपाली भाषा र त्यसको प्रयोगमा देखिएको जटिलतालाई सहज तुल्याउने उद्देश्यले होटल पौवा गोरुसिङेको सभा हलमा बुधबार तालिमको आयोजना गरिएको हो…
बाबुआमाको कुटाइबाट चार महिने शिशुको मृत्यु

बाबुआमाको कुटाइबाट चार महिने शिशुको मृत्यु

नवलपुर, वैशाख ९ गते । नवलपुरको बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाको कुटाइ र लछारपछारबाट चार महिने शिशुको मृत्यु भएको छ । नवलपुर प्रहरीका अनुसार बाबु ३५ वर्षीय दीपेन्द्र परियार र आमा २१ वर्षीया कमला परियारले सोमबार राति मादक पदार्थ सेवन गरी आफ्ना चार महिने शिशुलाई लछारपछार गर्दा शिशु गम्भीर घाइते भएका थिए । घाइते शिशुलाई तत्कालै हजुरबुबाले स्थानीयको सहयोगमा पाल्पाको रामपुर अस्पताल लैजानुभएको थियो । तर उपचारको क्रममा शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।  मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाइ छाडेर भागेको प्रहरी नायब उपरीक्षक नेपालले…
टिकटकमा देखाए सक्कली पेस्तोल, कपिलवस्तुका युवकले अब देख्दै छन् हिरासत

टिकटकमा देखाए सक्कली पेस्तोल, कपिलवस्तुका युवकले अब देख्दै छन् हिरासत

कपिलवस्तु, वैशाख ८ गते – टिकटकमा सक्कली पेस्तोल देखाएर भिडियो पोस्ट गरेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वैशाख ६ गते रघुबिन्द यादव नामक टिकटक एकाउन्टबाट पेस्तोलसहितको भिडियो भाइरल भएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो। इलाका प्रहरी कार्यालय पकडीको टोलीले शुद्धोधन गाउँपालिका–६ महादेवका २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन मणी अधिकारीले जानकारी दिनुभयो। यादवलाई मायादेवी गाउँपालिका–१ पकडी स्थित मायादेवी होटेलबाट नियन्त्रणमा लिएको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बसको ढोकाबाट खस्दा शिक्षकको मृत्यु

बसको ढोकाबाट खस्दा शिक्षकको मृत्यु

बैतडी, वैशाख ७ गते । विद्यार्थी भर्नाका लागि प्रचारमा गएको बसको ढोकाबाट खसेर एक जना शिक्षकको मृत्यु भएको छ । शनिवार साँझ दार्चुलाको गोकुलेश्वर स्थित चौलानी बोडिङ्ग स्कुलको प्रचारप्रसारमा गएका शिक्षकको महाकाली राजमार्ग अन्तरगत डिलाशैनी गाउँपालिका ६ बाँगावगरमा बसको ढोकाबाट खसेर  मृत्यु भएको हो । गोकुलेश्वर बजारबाट बैतडीको दोगडाकेदार गाउँपालिका सिमानातिर गइरहेको उक्त विद्यालयको सु.प्र ०४, ००१क ०००९ नम्बरको बसको ढोकाबाट खस्दा दोगडाकेदार गाउँपालिका ४ का अन्दाजी २६ वर्षीय विष्णुदत्त भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वर प्रहरी निरीक्षक किशोर ऐरीले बताउनुभयो । विद्यार्थी भर्नाको प्रचारप्रसार बाट फर्कँदै गर्दा शनिवार साँझ सवा ५ बजेतिर शिक्षक भट्ट बसको ढोकाबाट खसेर घाइते…