साना कृषकलाई सहकारीमा जोडनु पर्छ ः पूर्व मन्त्री पौडेल

साना कृषकलाई सहकारीमा जोडनु पर्छ ः पूर्व मन्त्री पौडेल

कपिलवस्तु चैत्र २४ गतेलुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री तथा किसान महासंघका केन्द्रीय सदस्य आरती पौडेलले साना किसानलाई सहकारीमा जोड्नु पर्ने बताउनु भएको छ । अखिल नेपाल किसान संघ कपिलवस्तुको जिल्ला अधिवेशनमा बोल्दै पौडेलले चक्लावन्दीको लागी कानुन नहुँदा र ठुलो मात्रामा खेती गर्न जग्गा अभाव भएको हुँदा साना किसानलाई सहकारी मार्फत जोड्नु पर्ने बताउनु भयो । उहाँको उत्पादन सहकारीले खरिद गर्ने, वीउ मल लगायत सहकारीबाट उपलब्ध गराउँदा किसानको मेहनत खेर नजाने बताउनु भयो ।कार्यक्रममा बोल्दै एमाले कपिलवस्तु जिल्ला अध्यक्षले अखिल नेपाल किसान संघले किसान आन्दोलनको नेतृत्व गर्दै कृषकको हक हितमा सवालमा पैरवि गरेको बताउनु भयो । एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य…
विएफसी चितवन प्रथम तिलौराकोट गोल्डकपको विजेता

विएफसी चितवन प्रथम तिलौराकोट गोल्डकपको विजेता

कपिलवस्तु चैत्र २४ गते । तिलौराकोट गोल्डकपको उपाधि हनामी विएफसी चितवनले जितेको छ । शनिवार बुद्ध रङ्गशाला सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाई ब्रेकरमा हराउँदै विएफसी विजयी भएको छ ।फाइनल खेल सुरु भएको ४ मिनेटमा विएफसीका सुजित बुढाथोकीले पेनाल्टी मार्फत गोल गर्दै हनामीलाई अग्रता दिलाउनु भएको थियो । दोस्रो हाफको सुरु भएको पहिलो मिनेट भित्र पुलिसका अनुप लिम्बुले बराबरी गोल फर्काउनु भयो । निर्धारित समयमा थप गोल हुन नसके पछि खेल टाई ब्रेकर पुगेको थियो । टाई ब्रेकरमा पुलिस ४–३ गोल अन्तरले पराजित हुन पुग्यो ।विएफसीका राम शाही, सुजित बुढाथोकी, आशिस सुनाम र सागर लामाले गोल गर्नु भयो ।…
तिलौराकोट गोल्डकपको प्रि म्याच कन्फ्रेन्स : उत्कृष्ट प्रदर्शन गरी नजिता ल्याउने दुवै टिमको दावी

तिलौराकोट गोल्डकपको प्रि म्याच कन्फ्रेन्स : उत्कृष्ट प्रदर्शन गरी नजिता ल्याउने दुवै टिमको दावी

कपिलवस्तु चैत्र २३ गते ।कपिलवस्तुमा जारी तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता दुवै टिमले जितको तयारी गरेको बताइएको छ । शनिवार हुने फाइनल खेलको पूर्व सन्ध्यामा कपिलवस्तु जिल्ला फुटबल सङ्घले आयोजना गरेको ‘प्रि म्याच कन्फ्रेन्स’मा बोल्दै दुवै टिमका प्रशिक्षकले युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गर्नु भएको छ । शनिवार नेपाल पुलिस क्लब र हनामी विएफसी चितवन बिच फाइनल खेल हुदैछ ।कन्फेन्समा बोल्दै पुलिसका प्रशिक्षक चेतन घिमिरेले आफ्ना खेलाडीले ए डिभिजन लिगको योजना सहित खेल प्रदर्शन गर्ने बताउनु भयो । खेलाडीहरूले नियमित अभ्यास गर्नु भएको छ । कुनै खेलमा रिजल्ट नआए पनि उत्कृष्ट प्रदर्शन भएको छ । सेमिफाइनलमा प्रतियोगिताको उत्कृष्ट टिमलाई हराएका…
तिलौराकोट गोल्डकप सुदूर पश्चिमलाई हराउँदै विएफसी चितवन फाइनलमा

तिलौराकोट गोल्डकप सुदूर पश्चिमलाई हराउँदै विएफसी चितवन फाइनलमा

कपिलवस्तु चैत्र २२ गते ।हनामी विएफसी चितवन तिलौराकोट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम– ११ लाई ३–० गोल अन्तरले पराजित गर्दै विएफसीले फाइनलको यात्रा तय गरेको छ । फाइनलमा विएफसीले नेपाल पुलिस क्लबको सामना गर्ने छ ।विएफसीको लागि खेलको १३ औँ मिनेटमा विवेक गुरुङले पहिलो गोल गर्नु भयो । ३६ औँ मिनेटमा विकास थापाले गोल गर्दै अग्रतालाई दोब्बर बनाउनु भयो । थापाले ६२ औँ मिनेटमा गोल गर्दै सुदूर प्रतियोगिताबाट बाहिरिएको छ । दुई गोल गर्नु भएको थापा ‘म्यान अफ द म्याच’ हुनु भयो । सुदूरका कप्तान फागु राम थारु र धिरेन्द्र शाहले पहेँलो कार्ड पाउनु भयो । यसै गरी…
पुस्तक बिक्री गर्न आइपुगे महाविर पुन, शुक्रवार बुद्धभूमि र शिवराजको पालो (स्थानको सूचि सहित)

पुस्तक बिक्री गर्न आइपुगे महाविर पुन, शुक्रवार बुद्धभूमि र शिवराजको पालो (स्थानको सूचि सहित)

कपिलवस्तु चैत्र २२ गते ।राष्ट्रिय आविश्कार केन्द्र सञ्चालनको लागि आफ्नो जीवन कथा बेच्न महाविर पुन कपिलवस्तु आउनु भएको छ । बिहीबार साँझ कपिलवस्तु आउनु भएका पुन होटेल इटालिएनमा बस्नु भएको छ । उहाँ भोली बुद्धभुमि र शिवराजन नगरपालिकाका पुस्तक बिक्री गर्न कार्यक्रम रहेको छ ।यस्तो छ समय तालिकाबिहान ७ बजे गोरुसिङ्गे आर्मि ब्यारेक अगाडिबिहान ८ः३०देखी ९ बजे पत्थरकोटबिहान ९ः३० देखी १० बजे गौतम बुद्द उच्च मा वि१०ः३० देखी ११ बजे बुद्दभुमि नगरपालिका११ः३० देखी १२ बजे होटेल रिभर साइट, पुल्चोक इमिलिया१ बजे संजिवनि हस्पिटल , चन्द्रौटा
थ्री स्टारलाई हराउँदै पुलिस फाइनलमा

थ्री स्टारलाई हराउँदै पुलिस फाइनलमा

कपिलवस्तु चैत्र २० गते । नेपाल पुलिस क्लब तिलौराकोट गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । बुधवार सम्पन्न खेलमा थ्री स्टार क्लबलाई हराउँदै विभागीय पुलिस फाइनलमा पुगेको हो ।सिनियर खेलाडी सहितको थ्री स्टार १–० गोल अन्तरले पराजित भएको छ । खेलको ५१ औँ मिनेटमा पुलिसको लागि जर्सी नम्बर १८ का विवेक पाण्डेले गोल गर्नु भयो । उहाँ म्यान अफ द म्याच चुनिनु भएको थियो ।खेलको अन्तिम समयमा थ्री स्टारले डी एरिया नजिकै फ्रिकिक हान्ने अवसर पाए पनि गोल हुन सकेन । पुलिसका किपर सन्जित श्रेष्ठले डाइभ हान्दै प्रहार विफल पारेका थिए । थ्री स्टारबाट पूर्व राष्ट्रिय टिमका कप्तान बिराज महर्जन,…
जनमतमा आजको प्रश्न  तिलौराकोट गोल्डकप प्रतियोगिताको बुधवार हुने पहिलो सेमिफाइनल खेलको रहेको छ

जनमतमा आजको प्रश्न तिलौराकोट गोल्डकप प्रतियोगिताको बुधवार हुने पहिलो सेमिफाइनल खेलको रहेको छ

कपिलवस्तुमा जारी प्रथम तिलौराकोट गोल्डकप प्रतियोगिताको बुधवार हुने पहिलो सेमिफाइनल खेलमा विजयी हुदै फाइनलमा पुग्ने पहिलो टिम कुन हुनेछ ? [forminator_poll id="2998"]
सुदूर सँग स्तव्ध आर्मी, टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित

सुदूर सँग स्तव्ध आर्मी, टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित

कपिलवस्तु चैत्र २० गते । नेपाल आर्मीलाई टाई ब्रेकरमा पराजित गर्दै सुदूर पश्चिम ११ सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलवार सम्पन्न खेलमा आर्मी ४–३ गोल अन्तरले पराजित भएको छ । निर्धारित समयमा दुवै तर्फबाट गोल नभए पछि खेल टाई ब्रेकरमा पुगेको थियो । खेलमा सुदूरले ४ सुन्दर अवसर गुमाएको थियो । दोस्रो हाफको ३८ औँ मिनेटमा आर्मीका खेलाडीले हानेको सट पोलमा ठोकिएको थियो ।पेनाल्टी सुट आउट प्रहार गर्न सुरुमै आउनु भएका आर्मीका सन्तोष केसी र सुदूरका फागुराम थारु दुवै गोल गर्न बाट चुक्नु भयो । सुदूरका अविनाश थापा, धिरेन्द्र शाह, विष्णु चौधरी, बुद्धदेव शाहीले गोल गर्नु भयो । यसै गरी…
साहारालाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश

साहारालाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश

जानु पाण्डेकपिलवस्तु समाचारदाता, कपिलवस्तु चैत्र १९ गते ।नेपाल पुलिस क्लब तिलौराकोट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमवार साहारा क्लब लाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । पुलिसका लागि शिशिर चौधरीले गोल गर्नु भएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा पृथ्वी चौधरीको पासमा शिशिरले गोल गर्नु भएको थियो ।दोस्रो हाफको १७ मिनेटमा साहारा गोल हान्ने अवसर गुमाएको थियो । पुलिसका खेलाडीले डिबक्समा हातले बल छोए पछि साहाराले पेनाल्टी हान्ने अवसर पाएको थियो । साहाराका कप्तान सुशील लामा दायाँ छेउमा हानेको बल प्रहरीका गोल किपर सन्जीत श्रेष्ठले रोक्नु भएको थियो । पुलिसले थ्रि स्टार क्लब सँग…
नागरिक उन्मुक्ती पार्टीमा रेशम दम्पतीको नेता बिच कुटाकुट

नागरिक उन्मुक्ती पार्टीमा रेशम दम्पतीको नेता बिच कुटाकुट

नागरिक उन्मुक्ति पार्टीको बैठकमा नेताहरूबिच कुटपिट भएको छ। सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय समिति बैठकमा नेताहरूबिच कुटपिट भएको हो। टीकापुर नगरपालिकाका मेयर समेत रहेका केन्द्रीय सदस्य रामलाल डगौरा थारुले बैठकमा सहभागी भएका पाँच जना  संस्थापक सदस्यमाथि कुटपिट भएको बताए। उनले नागरिक न्यूजसंग भने, 'बैठकमा सहभागी भएका म सहित पाँच जना संस्थापक सदस्यमाथि कुटपिट भएको हो। त्यहाँ पार्टीका संरक्षक पनि हुनुहुथ्र्यो। उहाँले यो घटनाको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ।'  यो समाचार नागरीक न्यूज अनलाईन पोर्टलमा प्रशाशित रहेको छ ।