बुद्धभूमि उद्योग वाणिज्य संघको क्षेत्र न १ बाट घिमिरे सर्वसहमत चयन

बुद्धभूमि उद्योग वाणिज्य संघको क्षेत्र न १ बाट घिमिरे सर्वसहमत चयन

कपिलवस्तु। बुद्धभूमि उद्योग वाणिज्य संघ कपिलवस्तुको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट क्षेत्रगत न.१ बाट सदस्य पदमा बाबुराम घिमिरे (शेखर) सर्वसहमत चयन हुनुभएको छ। युवा व्यावासाही एवम डायनामिक लिडर घिमिरे विभिन्न सामाजिक कार्यमा समेत् सक्रिय हुनुहुन्छ। बुद्धभूमि जेसिस २०२३ का अध्यक्ष समेत रहनुभएका घिमिरेले सामाजिक उत्तरदायित्व सहितका विभिन्न काम संगै बुद्धभूमि उद्योग बाणिज्य संघमा रहेर रचनात्मक कार्य गरेकाले उहाँलाई क्षेत्रगत न १ बाट सर्वसहमत सदस्य पदमा चयन गरिएको उद्योग बाणिज्य संघका सदस्यहरुको भनाई छ। संस्थालाई चलायमान बनाउन युवा व्यवसाहिको महत्वपूर्ण भूमिका रहने भएकाले घिमिरेलाई सर्वसहमत चयन गरिएको बताइएको छ।
त्रिशूली सामुदायिक वन द्वारा युवा युवतीलाई नि शुक्ल कम्प्युटर तालिम

त्रिशूली सामुदायिक वन द्वारा युवा युवतीलाई नि शुक्ल कम्प्युटर तालिम

  नेपाल टिभी न्युज बुद्धभूमि, कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेको त्रिशूली सामुदायिक वनले ६५ जना युवाहरूलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने भएको छ ।  त्रिशूली सामुदायिक वनले एक कार्यक्रम गरी  निःशुल्क कम्प्युटर शिक्षाको सुरुवात गरेको छ।  माउन्ट एभरेस्ट इञ्चिचियुटको प्राविधिक सहयोगमा १९ जना बेसिक र ४६ जना डिप्लोमा सिक्ने  भएका छन्। अहिले प्राविधिक शिक्षाको आवश्यकता भएको हुँदा सामुदायिक वनले प्रत्येक वर्ष निःशुल्क कम्प्युटर शिक्षा प्रदान गरिरहेको वनका अध्यक्ष निलकुमार श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो  ‘हामीले विगत वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएका छौ, आर्थिक रूपमा विपन्न भएका कारण कम्प्युटर शिक्षा लिनबाट वञ्चित युवाहरूलाई यसपालि पनि निःशुल्क तालिम सञ्चालन गरेका छौ। ’  …
बुद्धभूमिमा ५ वर्षे रोजगार रणनिति योजनाको प्रारम्भिक मस्यौदा बारे छलफल

बुद्धभूमिमा ५ वर्षे रोजगार रणनिति योजनाको प्रारम्भिक मस्यौदा बारे छलफल

सुशिल गैरे कपिलवस्तु, कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले तयार गरेको बुद्धभूमिको ५ बर्षे रोजगार रणनीति योजनाको प्रारम्भिक मस्यौदामाथी छलफल भएको छ। कार्यक्रममा पालिकाका जनप्रतिनीधि, कर्मचारी र सरोकारवालाले बुद्धभूमिमा भएको बेरोजगारी समस्यालाई न्युनिकरण गर्न स्थानीय तहले प्रदेश, संघ र बिभिन्न उद्योग तथा कलकारखाना र रोजगार प्रदायकहरुसंग आवस्यक समन्वय गर्नु पर्नेमा जोड दिएका छन । सो मस्यौदामा बुद्धभूमि नगरपालिका भित्र रोजगारको अवसर सिर्जना गरि बढ्दो बेरोजगारी र गरिवीलाइ न्यूनिकरण गर्न नेपालको संबैधानीक र कानूनी व्यवस्था भए बमोजिम प्रत्येक नागरिकलाई रोजगारीको हकको सुनिश्चितताले नागरिकलाइ स्वदेशमै रोजगारीमा संलग्न गराउन संघीय लोकतान्त्रिक व्यवस्था अन्तर्गतका सरकारहरु रोजगार तर्फ केन्द्रित रहेको र आर्थिक वृध्दि र गरिवी न्युनिकरणको आधार नै…
पारिजातलाई बुद्धभूमि नगरस्तरिय हाजिरीजवाफको उपाधि

पारिजातलाई बुद्धभूमि नगरस्तरिय हाजिरीजवाफको उपाधि

नेपाल टिभि न्युज बुद्धभूमिमायादेवी मिडिया ग्रुपको आयोजनामा सम्पन्न बुद्धभूमि नगरपालिका मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधी पारिजात पब्लिक स्कुलले जितेको छ । बुद्धभूमि नगरपालिकाको सभा हाल बुड्ढीमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा आदर्श इङ्ग्लिस बोर्डिङ्ग स्कुल द्धितीय तथा जनकल्याण मा वि तृतीय हुन सफल भएको प्रतियोगिताका संयोजक हरि अधिकारिले जानकारी दिनुभयो । प्रतियोगितामा बुद्धभूमि नगरपालिकाका १४ विद्यालयहरुले सक्रिय रुपमा सहभागीता जनाएका थिए । प्रतियोगितामा शिक्षा, स्वास्थ्य, ईतिहास, विज्ञान गणित तथा आई।क्यु।, भुगोल लगायत विविध बिषयहरु समावेश गरि विभिन्न चरणमा प्रश्न सोधिएको थियो । हाजिरीजवाफ प्रतियोगिताको सहजिकरण पत्रकार दिपक अनुरागीले गनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धभूमि नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले यस्ता…
अतिक्रमण शून्य बनाउँदै बुद्धभूमिको गौतमबुद्ध सामुदायिक वन

अतिक्रमण शून्य बनाउँदै बुद्धभूमिको गौतमबुद्ध सामुदायिक वन

कपिलवस्तु जेठ ११ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ गौतम बुद्ध सामुदायिक वनले अतिक्रमण शून्य बनाउने जुटेको छ । सामुदायिक वन क्षेत्रमा भित्र रहेका घर गोठ, खेती गर्दै आएका क्षेत्रलाई नियन्त्रणमा लिने कामको सुरुवात भएको छ ।३ घर र एउटा गोठ हटाउन सूचना सामुदायिक वनले सूचना टाँस गरेको छ । खेती गरेका क्षेत्रमा खाली गराई तार बार गर्ने र ट्रेन्च (नाली निर्माण) गरी वन क्षेत्र संरक्षणको काम भएको सामुदायिक वनका अध्यक्ष सूर्य मल्लले बताउनु भयो । सब डिभिजन वन कार्यालय बडहराको सहयोगमा वन क्षेत्र सिमाङ्कन गर्ने, अतिक्रमित जमिन छुट्टाएर वृक्षारोपणको लागी तयार गर्ने काम अगाडी बढेको छ ।२४४.७१ हेक्टर क्षेत्रफलमा…
पारिजातले अभिभावकको चाहाना अनुसार शिक्षा दिइरहेको छ : प्रिन्सिपल पिसी

पारिजातले अभिभावकको चाहाना अनुसार शिक्षा दिइरहेको छ : प्रिन्सिपल पिसी

पछिल्लो समय कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा शैक्षिक गुणस्तरमा सुधार हुदै गएको छ। निजि क्षेत्रले यहाँ शिक्षा क्षेत्रमापनि निकै लगानी बढाइरहेका छन् । निजि क्षेत्रको लगानी र अतिरिक्त क्रियाकलाप संगै विद्यार्थीको चाहना अनुरुप पठन पाठन हुन थालेको छ। छोटो समयमा जिल्लामै आफ्नो स्थान बनाउन सफल भएको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा अवस्थित पारिजात पब्लिक स्कुलका प्रिन्सीपल राजेन्द्र पिसी सँग पारिजातले दिने शिक्षा र बर्तमान शैक्षिक अवस्थाका बारेमा नेपाल टिभि न्युजले गरेको कुराकानी पारिजात पब्लिक स्कुलको पृस्टभुमी र तपाइले लिएपछि अहिलेसम्मको अवस्थाबाट कुरा शुरु गरौँरेसीडेन्सल इंगलिस बोर्डिङ्ग स्कुलका नामले २०५५ मा विद्यालय स्थापना भएको हो। स्थापनाकालमा केही साथीहरुले सञ्चालन गरिराख्नुभाथ्यो। २०७८ सालमा हामीले लिएर…
राजमार्गका होटेलमा छड्के अनुगमन, कैफियत देखिएका ३ होटेललाई जरिमाना

राजमार्गका होटेलमा छड्के अनुगमन, कैफियत देखिएका ३ होटेललाई जरिमाना

कपिलवस्तु जेष्ठ ५ गते । कपिलवस्तुमा राजमार्ग क्षेत्रका होटेलमा छड्के अनुगमन गरिएको छ । बस यात्रुलाई लक्षित गरी सञ्चालन गरिएका बुद्धभूमि नगरपालिकाका होटेलमा सरसफाइ, खाना खाजाको गुणस्तर, मूल्य सूचि उपभोग्य बस्तुको म्याद लगायतको अनुगमन गरिएको थियो ।जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य तथा गुण नियन्त्रक कार्यालय कपिलवस्तु, घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु र प्रहरी सहितको संयुक्त टोलीले होटेलका अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कैफियत देखिएका बस यात्रुलाई खाना खुवाउने होटेललाई जरिमाना गरिएको थियो । बासी सडे गलेका खाना फेला परेका, सरसफाइमा ध्यान नदिएका, खाना नढाकी फ्रिजमा राखिएको फेला परेका होटेललाई पहिलो पटक ५ हजारका दरले जरिमाना गरिएको सहायक प्रमुख…
३ बन्दुक, ४१ गोली सहित वन्यजन्तु मार्ने समूह पक्राउ

३ बन्दुक, ४१ गोली सहित वन्यजन्तु मार्ने समूह पक्राउ

कपिलवस्तु वैशाख २५ गते । कपिलवस्तुमा वन्यजन्तु मारेर बिक्री गर्ने एक समूहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराले बाणगंगा नगरपालिका १ बाट वन्यजन्तु मार्न प्रयोग हुने बन्दुक, गोली र भाग लगाउँदै गरेको ३० किलो मासु सहित ४ जनालाई पक्राउ गरेको छ ।प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्ड खटिएको टोलीले सोही नगरपालिका वडा नम्बर १ जितपुर बस्ने वर्ष ५४ को धन बहादुर सेन, १ बुङ्ची बस्ने वर्ष ३२ को असीम खाँण, वडा नम्बर २ बस्ने वर्ष ४० को दुर्गा बहादुर शाही र रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका ११ मिलनचोक बस्ने वर्ष ५४ को चित्र मल्ललाई पक्राउ गरेको छ ।उनीहरूले खाँणको घरमा…
शोक सभा सम्पन्न

शोक सभा सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटी सदस्य कमरेड बिष्णु हमाल , पार्टी सदस्यहरु क्रमशः कमरेड जनक हमाल , कमरेड बाबुराम हमालकी ममतामयी माता स्वर्गीय खिमकुमारी हमालकाे निधनमा आज सातौं दिनकाे अवसरमा पार्टीको तर्फबाट शाेक सभा सम्पन्न भएको छ । नेकपा एमाले शिवराज नगरपालिका वडा नम्बर ५ वडा कमिटीकाे आयाेजनामा लुम्बिनी प्रदेश कमिटी सदस्य शिवराज नगरपालिका संस्थापक नगर प्रमुख कमरेड नेत्रराज अधिकारीकाे प्रमुख आथित्यता, प्रदेश कमिटी सदस्य कमरेड अर्जुनकुमार केसी ,पुर्व जिल्ला कमिटी उपाध्यक्ष कमरेड बाबुराम खनाल ,जिल्ला कमिटी सचिव कमरेड सिबि गहतराजकाे विशिष्ट आथित्यता , कपिलवस्तु जिल्ला कमिटी सदस्यहरु , नगर कमिटी पदाधिकारी तथा सदस्यहरु , वडा कमिटी पदाधिकारी…
को बन्ला एमाले कपिलवस्तु जिल्ला अध्यक्ष ?

को बन्ला एमाले कपिलवस्तु जिल्ला अध्यक्ष ?

कपिलवस्तु वैशाख २३ गते ।नेकपा एमाले कपिलवस्तुको १०औँ जिल्ला अधिवेशन नजिकिँदै गर्दा एमाले कार्यकर्तामा एउटै प्रश्न उब्जिएको छ । को बन्ला नेकपा एमाले कपिलवस्तु जिल्लाको नयाँ अध्यक्ष ? वैशाख २६ गते एमाले जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । जसका लागी ३ नेताको नाम चर्चामा रहेको छ ।अध्यक्ष पदको आकाङ्क्षीमा हालका जिल्ला अध्यक्ष डम्मर शर्मा, जिल्ला उपाध्यक्ष विश्राम प्रसाद चौधरी र बाबुराम खनाल रहनु भएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने भनिए पनि त्यो हुने सम्भावना अत्यन्त न्यून रहेको छ ।एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा दोहोरिने चाहनु भएको छ । अघिल्लो कार्यकाल सुखद रहेको र निर्वाचनमा जिल्लामा एमालेले उत्कृष्ट…