पारिजात पब्लिक स्कुलको उत्कृष्टता: कक्षा १२ मा बुद्धभूमिमा प्रथम, जिल्लामै तेस्रो

पारिजात पब्लिक स्कुलको उत्कृष्टता: कक्षा १२ मा बुद्धभूमिमा प्रथम, जिल्लामै तेस्रो

नेपाल टिभि न्युजकपिलवस्तु,छोटो समयमै उल्लेखनीय शैक्षिक उचाइ हासिल गर्दै आएको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा अवस्थित पारिजात पब्लिक स्कुलले यस वर्षको कक्षा १२ को परीक्षामा अभूतपूर्व सफलता प्राप्त गर्दै पुनः एकपटक आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ। विद्यालयकी मेधावी छात्रा शान्ता बेल्बासेले ३.७८ GPA ल्याउँदै बुद्धभूमि नगरपालिकामा प्रथम, कपिलवस्तु जिल्लामा तेस्रो, र छात्रातर्फ जिल्लामै प्रथम स्थान हासिल गरेकी छिन्। उनको यो सफलता विद्यालयको शैक्षिक प्रतिबद्धता, गुणस्तरीय शिक्षण पद्धति र विद्यार्थी–शिक्षकको सहकार्यको प्रतिफल रहेको विद्यालय प्रसाशनले जनाएको छ। विद्यालयका अनुसार यस वर्षको परीक्षामा सहभागी अधिकांश विद्यार्थीले उच्च GPA ल्याएका छन्। प्रिन्सिपल राजेन्द्र पिसीका अनुसार: ३.६–४.० GPA: ३ जना ३.२–३.६ GPA: २० जना २.८–३.२ GPA:…
Read More
सम्झना रणपालको तिज गित “फर्की हेर्यौ नक्कले” सार्वजनिक

सम्झना रणपालको तिज गित “फर्की हेर्यौ नक्कले” सार्वजनिक

नेपाल टिभि न्युजहरितालिका तीजको रौनक झनझन चुलिँदै जाँदा नेपाली सांगीतिक बजार पनि झनै तातिएको छ। यतिबेला कलाकारहरू, गायक–गायिकाहरू, संगीतकारहरू सबै तीज विशेष गीतहरूमा व्यस्त छन्। यसैबीच गायिका सम्झना रणपालको आवाजमा सजिएको "फर्की हेर्यौ नक्कले" बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ। यो गीतमा मौलिकता र परम्पराको संगालो छ। रमाइलो लय, व्यङ्ग्यात्मक शैली र महिला चेतनाको सन्देश मिसिएको गीत सुन्दा पनि झुम्न बाध्य बनाउँछ। सम्झना रणपाल, मोहित मुनाल र लक्ष्मी बस्नेतको आवाजले गीतमा ऊर्जा थपेको छ।गीतका शब्द लेखक बिक्रमबाबु विश्वकर्माले परम्परागत तीजको भावना र आजको समाजबीचको अन्तरलाई सरल तर प्रभावशाली ढंगले प्रस्तुत गरेका छन्। लय संयोजन झबिन नेपालीको रहेको छ, जसले…
Read More
जन ज्योति वनमा हरियालीको उत्सव: ३ हजार बढी बिरुवा रोपिए

जन ज्योति वनमा हरियालीको उत्सव: ३ हजार बढी बिरुवा रोपिए

बुद्धभूमि, कपिलवस्तु —बुद्धभूमि नगरपालिका–३, मोर्मिमा अवस्थित जन ज्योति सामुदायिक वन उपभोक्ता समूहले साउने सक्रान्तिको अवसर पारेर बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत वन क्षेत्रभित्र ३ हजार बढी विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। कार्यक्रमबारे जानकारी दिँदै सामुदायिक वनका सचिव विष्णु चौधरीले भने, “गत आर्थिक वर्ष ०८१/०८२ मा कटान गरिएको क्षेत्रमा हामीले उपभोक्ताको सक्रिय सहभागितामा नयाँ बिरुवा रोपेका छौं। हरियालीको संरक्षण, तापक्रम नियन्त्रण र स्थानीय जीवनस्तर उकास्न वृक्षारोपण अत्यावश्यक छ।” उनले आगामी दिनमा अझ व्यापक रूपमा वृक्षारोपणलाई निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गरे। वनका अध्यक्ष राम दुलारे थारुले वनलाई मानव जीवनको मेरुदण्ड भन्दै संरक्षणको महत्वमा जोड दिए। उनले भने, “स्वस्थ…
Read More
बुद्धभूमि ५ का १७२ जना किसानलाई स्प्रे टंकि वितरण

बुद्धभूमि ५ का १७२ जना किसानलाई स्प्रे टंकि वितरण

नेपाल टिभि न्युज बुद्धभूमि कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ का १७२ जना कृषकलाई स्प्रे टंकि बितरण गरिएको छ । मंगलबार वडा अध्यक्ष रोम बहादुर थापाले कृषकहरुलाई स्प्रे टंकि वितरण गर्नुभएका हो । वडाले किसानहरुलाई सहज होस भन्ने उद्देश्यले स्प्रे टंकि विरतण गरिएको थापाले बताउनुभयो । वडाले विगतामा पनि प्रत्येक वर्ष किसानहरुका लागि विभिन्न कार्यक्रमहरु गर्ने गरेको र आगामि दिनमा पनि निरन्तर गर्ने उहाको भनाई छ । वडामा अझै पनि सिचाई मलखाद विउविजन समयमै नपाउने लगाएतका समस्याहरु रहेकोले त्यसको लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो । साना किसान देखि ठुला किसान सम्मलाई माग भए बमोजिम वितरण गरिएको बताउनुभयो ।
Read More
बेरुजुमा सुधारन्मुख कृष्णनगर

बेरुजुमा सुधारन्मुख कृष्णनगर

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बेरुजु रकममा सुधार गरेको छ । विगतका बर्षहरुमा महालेखा परीक्षकले धेरै बेरुजु औल्याउने गरेको र प्रदेशमै धेरै बेरुजु आउने नगरपालिकामा पर्ने गरेकोमा पछिल्ला २/३ आ.ब.मा बेरुजु रकम सुधार गर्दै आ.ब. २०८०/८१ को बेरुजु २ करोड १५ लाख औल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले जानकारी दिनुुुभयो । जसमा नियमित गर्नुपर्ने प्राकृतिको बढी रहेको उहाँले बताउनुभयो । नगरपालिकाका लेखा अधिकृत मनिष पाण्डेका अनुसार बिगत आ.ब. २०७४/७५ मा १२ करोड ३३ लाख त्यस्तै आ.ब.०७६/७७ मा २० करोड ३३ लाख बेरुजु औल्याएको र बिगत २ बर्ष भन्दा अघिका बर्षहरुमा हरेक बर्ष ५ करोड माथी नै बेरुजु आउने गरेकोमा आ.ब. ७९/८०…
Read More
पिपरा अस्पतालमा अप्रेशनबाट ५ केजी तौलको शिशु जन्म

पिपरा अस्पतालमा अप्रेशनबाट ५ केजी तौलको शिशु जन्म

बाणगंगा, असार ४ ।बाणगंगा नगरपालिका–६ स्थित अति विपन्न गन्धर्व समुदायकी एक महिलाले यस पिपरा अस्पतालमा शल्यक्रियामार्फत ५ केजी तौलको शिशु जन्म दिएकी छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या आइपरे पनि अस्पताल प्रशासनको पहलमा आवश्यक सेवा निःशुल्क प्रदान गरिएको थियो। अस्पतालका सम्पूर्ण कर्मचारीले मानवता देखाउँदै निशुल्क उपचारमा सहयोग गरेका थिए।शिशु र आमाको अवस्था सामान्य रहेको चिकित्सकहरूले जनाएका छन्।
Read More
कपिलवस्तुमा चट्याङ लागेर एक महिलाकाे मृत्यु

कपिलवस्तुमा चट्याङ लागेर एक महिलाकाे मृत्यु

कपिलवस्तु, ४ असार । कपिलवस्तुमा चट्याङ लागेर एक महिलाकाे मृत्यु भएको छ । जिल्लाकाे विजयनगर गाउँपालिका-५ नाैरंगिया बस्ने अन्दाज ४०/४५ वर्षीय जन्ममति यादवकाे चट्याङले मृत्युु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार डालपुर-नयाँबस्ती गाउँ नजिकै खेतमा भैंसी चराउने क्रममा बुधबार करिब साँझ साढे ५ बजेतिर अचानक चट्याङ लाग्दा घटना स्थलमै यादवकाे मृत्यु भएकाे हाे ।
Read More
बुद्धभूमि उद्योग बाणिज्य संघको ५ औ साधारण सभा सम्पन्न

बुद्धभूमि उद्योग बाणिज्य संघको ५ औ साधारण सभा सम्पन्न

नेपाल टिभि न्युज बुद्धभूमि। बुद्धभूमि उद्योग बाणिज्य संघको ५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार संघको सभाहल गोरुसिंगेमा कार्यक्रम सम्पन्न भएको हो। सभाका प्रमुख अतिथि बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले निजी क्षेत्रलाई बढि प्रोत्साहित गर्दै सामाजिक विकास तथा सार्वजनिक हितमा गरिने रचनात्मक काममा सहयोग पु¥याउने भएकाले अबको दुनिया आर्थिक क्रान्तिको हुने बताए । उनले जिल्लालाई उद्योग व्यवसायसँगै प्रचुर सम्भावना बोकेको ऐतिहासिक सम्पदाको संरक्षण, विकास र हकहितमा काम हुन्छ भनेर जनताले अपेक्षा गरेका बताए ।कार्यक्रममा त्रीशुली सामुदायिक वनका अध्यक्ष निल कुमार श्रेष्ठ, संघका सल्लाहकार माधव दमासे, समाजसेवी विष्णुहरी शर्मा लगायतले व्यवसायिहरुको भावना र आवश्यकतालाई सम्मान र सम्बोधन…
Read More
आगलागीमा जलेर एक जनाको मृत्यु

आगलागीमा जलेर एक जनाको मृत्यु

     कैलाली, १९ जेठ             गौरीगंगा नगरपालिका-१० जवलपुर बस्ने ४६ वर्षीय अनिल चौधरीको कच्ची गोठको माथिल्लो तलामा गए राति आगलागी हुँदा उक्त आगलागीमा जलेर सोही गोठको माथिल्लो तलामा सुतेका अनिलको बुबा ७२ वर्षीय कुक्रु डगौरा थारूको घटनास्थलमै मृत्यु भएको छ । आगलागीबाट गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।             यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read More
कपिलवस्तुमा अचम्मको घटना : खेतमा चर्दै गर्दा एक्कासी मरे ६ वटा भैँसी

कपिलवस्तुमा अचम्मको घटना : खेतमा चर्दै गर्दा एक्कासी मरे ६ वटा भैँसी

कपिलवस्तु जेठ २० गते ।कपिलवस्तुको विजयनगर गाउँपालिका–५, नौरंगियामा घाँस चर्दै गरेका ६ वटा भैँसीको अकस्मात मृत्यु भएको छ । स्थानीय राम किशोर यादवले छिमेकी शिवनाथ यादवको खेतमा आफ्ना ७ वटा भैँसी चराउन लगेका थिए । खेतमा घाँस चर्दै गरेका बेला भैँसीहरू एक्कासी ढल्न थालेपछि बाँकी भैँसीलाई तत्काल त्यहाँबाट हटाइएको थियो ।स्थानीय समाजसेवी लोकेश थापाका अनुसार, मृत भएका भैँसी व्याउने तयारी अवस्थामा थिए । धेरै संख्यामा भैँसीको अकस्मात मृत्युको कारण अझै पुष्टि हुन सकेको छैन । इलाका प्रहरी कार्यालय गणेशपुरले घटनास्थलको निरीक्षण गरिरहेको र परीक्षण रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने हर्ष बहादुर चन्दले बताउनु भयो ।
Read More
//uplcm.com/4/6824010