उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबाट ट्राफिक सचेतना विशेष अभियान-२०८१ उद्घाटन
काठमाडौं, २ वैशाख उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आइतबार आयोजित विशेष समारोहबीच ‘ट्राफिक सचेतना विशेष अभियान-२०८१’ को पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा आयोजित उक्त कार्यक्रमको शुरूमा गृहमन्त्री रवि लामिछाने, गृहसचिव एकनारायण अर्याल, प्रहरी महानरीक्षक बसन्त बहादुर कुँवर, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा तथा अन्य सरोकारवाला निकायहरूका प्रतिनिधिहरूको सहभागितामा सडक सुरक्षा सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्याली नेपाल वायुसेवा निगम प्राङ्गण सुन्धाराबाट शुरू भई वीर अस्पताल, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधनको क्रममा गृहमन्त्री लामिछानेले ट्राफिक…
