मानव केन्द्रित जन अभियान कपिलवस्तुको प्रथम जिल्ला अधिबेशन सम्पन्न
कपिलवस्तु फाल्गुण ४ प्रकृति - मानव केन्द्रित जन अभियान कपिलवस्तुको प्रथम जिल्ला अधिबेशन बुद्धभुमी नगरपालिका स्थित झडुलामाइ आध्यात्मिक प्रतिस्ठान बुड्ढिमा सम्पन्न भयो । प्रदेश अध्यक्ष तथा शिबराज नपाका पुर्व मेयर नेत्रराज अधिकारीको अध्यक्षता जनभियानको केन्द्रिय अध्यक्ष बिन्दुराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अधिबेशनले शिबराज नपा ५ का बाबुराम सापकोटाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा बुद्धभुमी १ पथ्थरकोटका रबिलाल घिमिरे सचिबमा महाराजगन्ज ११ का गङ्गेशनाथ तिवारी , सहसचिबमा बुद्धभुमी ४ का नारायण मल्ल , कोषाध्यक्षमा बाणगङ्गा ५ का जेतप्रसाद खनाल चयन हुनु भएको छ । सदस्यहरुमा बाणगङ्गा १ का ताराजन घिमिरे ,…
