सुदूर सँग स्तव्ध आर्मी, टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित
कपिलवस्तु चैत्र २० गते । नेपाल आर्मीलाई टाई ब्रेकरमा पराजित गर्दै सुदूर पश्चिम ११ सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलवार सम्पन्न खेलमा आर्मी ४–३ गोल अन्तरले पराजित भएको छ । निर्धारित समयमा दुवै तर्फबाट गोल नभए पछि खेल टाई ब्रेकरमा पुगेको थियो । खेलमा सुदूरले ४ सुन्दर अवसर गुमाएको थियो । दोस्रो हाफको ३८ औँ मिनेटमा आर्मीका खेलाडीले हानेको सट पोलमा ठोकिएको थियो ।पेनाल्टी सुट आउट प्रहार गर्न सुरुमै आउनु भएका आर्मीका सन्तोष केसी र सुदूरका फागुराम थारु दुवै गोल गर्न बाट चुक्नु भयो । सुदूरका अविनाश थापा, धिरेन्द्र शाह, विष्णु चौधरी, बुद्धदेव शाहीले गोल गर्नु भयो । यसै गरी…
