कपिलवस्तु, मायादेवीमा बम राख्ने मुख्य आरोपी पक्राउ

कपिलवस्तु, मायादेवीमा बम राख्ने मुख्य आरोपी पक्राउ

ब्रेकिङ न्यूज ✍️मायादेवी गाउँपालिका–१ पकडीस्थित नविनकुमार श्रीवास्तवको घर अगाडिको पान टंकी पसलमुनी गत जेठ १७ गते प्रेसर कुकर जस्तो देखिने बम राखेको घटनामा संलग्न मुख्य आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ निवासी हाकिम अली मुस्लिम रहेको प्रहरीले जनाएको छ ।
Read More
कपिलवस्तु ब्रेकिङ : यशोधरामा बम फेला

कपिलवस्तु ब्रेकिङ : यशोधरामा बम फेला

यशोधरा गाउँपालिका–१ र ६ को सिमानामा पर्ने पुलमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ । स्थानीयले वस्तु देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका छन् । प्रहरी टोली घटनास्थलमा पुगेको र अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ ।
Read More
कपिलवस्तुको शिवराजमा पेस्तोल देखाएर चोरी

कपिलवस्तुको शिवराजमा पेस्तोल देखाएर चोरी

शिवराज नगरपालिका–३ हंसबाहिनी मार्गस्थित सीता खनालको घरमा गए राति करिब १२:३० बजे पिस्तोल र खुकुरी देखाएर सशस्त्र चोरी भएको छ। चार जनाको समूहमा आएका चोरहरूले घरका सदस्यलाई बन्धक बनाएर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका छन् भन्ने पारिवारिक स्रोतले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।
Read More
कपिलवस्तुमा रक्तदाता खोज्नै सकस, आकस्मिक बिरामी उपचारमा चुनौती

कपिलवस्तुमा रक्तदाता खोज्नै सकस, आकस्मिक बिरामी उपचारमा चुनौती

कपिलवस्तु, साउन ३१ गते ।कपिलवस्तु अस्पताल तौलिहवामा एक सुत्केरी आमा जीवन र मृत्युको दोसाधमा थिइन् । जन्मन नपाउँदै सात महिनाको गर्भ गुमाएकी ती महिलालाई चिकित्सकले तत्काल ४ पोकासम्म एबी पोजेटिभ रगत आवश्यक रहेको बताए । तर परिवारले जहाँतही खोज्दा पनि रगत जुटाउन सकेन ।हतार–हतार दौडधूपपछि तौलिहवाको रक्तसञ्चार केन्द्रबाट एक पोका मात्र रगत उपलब्ध भयो । बाँकी रगत खोजी असफल भएपछि परिवारजनले सामाजिक सञ्जालमार्फत अपिल गरे । “कसैसँग एबी पोजेटिभ छ भने तुरुन्त रगत आवश्यक छ ।”पत्रकार बासुदेव बर्माले फेसबुकमा राखेको त्यो अपिल सशस्त्र प्रहरी बल २८ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नेत्र केसीको नजरमा प¥यो । कुनै विलम्ब नगरी…
Read More
पारिजात पब्लिक स्कुलको उत्कृष्टता: कक्षा १२ मा बुद्धभूमिमा प्रथम, जिल्लामै तेस्रो

पारिजात पब्लिक स्कुलको उत्कृष्टता: कक्षा १२ मा बुद्धभूमिमा प्रथम, जिल्लामै तेस्रो

नेपाल टिभि न्युजकपिलवस्तु,छोटो समयमै उल्लेखनीय शैक्षिक उचाइ हासिल गर्दै आएको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा अवस्थित पारिजात पब्लिक स्कुलले यस वर्षको कक्षा १२ को परीक्षामा अभूतपूर्व सफलता प्राप्त गर्दै पुनः एकपटक आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ। विद्यालयकी मेधावी छात्रा शान्ता बेल्बासेले ३.७८ GPA ल्याउँदै बुद्धभूमि नगरपालिकामा प्रथम, कपिलवस्तु जिल्लामा तेस्रो, र छात्रातर्फ जिल्लामै प्रथम स्थान हासिल गरेकी छिन्। उनको यो सफलता विद्यालयको शैक्षिक प्रतिबद्धता, गुणस्तरीय शिक्षण पद्धति र विद्यार्थी–शिक्षकको सहकार्यको प्रतिफल रहेको विद्यालय प्रसाशनले जनाएको छ। विद्यालयका अनुसार यस वर्षको परीक्षामा सहभागी अधिकांश विद्यार्थीले उच्च GPA ल्याएका छन्। प्रिन्सिपल राजेन्द्र पिसीका अनुसार: ३.६–४.० GPA: ३ जना ३.२–३.६ GPA: २० जना २.८–३.२ GPA:…
Read More
सम्झना रणपालको तिज गित “फर्की हेर्यौ नक्कले” सार्वजनिक

सम्झना रणपालको तिज गित “फर्की हेर्यौ नक्कले” सार्वजनिक

नेपाल टिभि न्युजहरितालिका तीजको रौनक झनझन चुलिँदै जाँदा नेपाली सांगीतिक बजार पनि झनै तातिएको छ। यतिबेला कलाकारहरू, गायक–गायिकाहरू, संगीतकारहरू सबै तीज विशेष गीतहरूमा व्यस्त छन्। यसैबीच गायिका सम्झना रणपालको आवाजमा सजिएको "फर्की हेर्यौ नक्कले" बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ। यो गीतमा मौलिकता र परम्पराको संगालो छ। रमाइलो लय, व्यङ्ग्यात्मक शैली र महिला चेतनाको सन्देश मिसिएको गीत सुन्दा पनि झुम्न बाध्य बनाउँछ। सम्झना रणपाल, मोहित मुनाल र लक्ष्मी बस्नेतको आवाजले गीतमा ऊर्जा थपेको छ।गीतका शब्द लेखक बिक्रमबाबु विश्वकर्माले परम्परागत तीजको भावना र आजको समाजबीचको अन्तरलाई सरल तर प्रभावशाली ढंगले प्रस्तुत गरेका छन्। लय संयोजन झबिन नेपालीको रहेको छ, जसले…
Read More
जन ज्योति वनमा हरियालीको उत्सव: ३ हजार बढी बिरुवा रोपिए

जन ज्योति वनमा हरियालीको उत्सव: ३ हजार बढी बिरुवा रोपिए

बुद्धभूमि, कपिलवस्तु —बुद्धभूमि नगरपालिका–३, मोर्मिमा अवस्थित जन ज्योति सामुदायिक वन उपभोक्ता समूहले साउने सक्रान्तिको अवसर पारेर बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत वन क्षेत्रभित्र ३ हजार बढी विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। कार्यक्रमबारे जानकारी दिँदै सामुदायिक वनका सचिव विष्णु चौधरीले भने, “गत आर्थिक वर्ष ०८१/०८२ मा कटान गरिएको क्षेत्रमा हामीले उपभोक्ताको सक्रिय सहभागितामा नयाँ बिरुवा रोपेका छौं। हरियालीको संरक्षण, तापक्रम नियन्त्रण र स्थानीय जीवनस्तर उकास्न वृक्षारोपण अत्यावश्यक छ।” उनले आगामी दिनमा अझ व्यापक रूपमा वृक्षारोपणलाई निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गरे। वनका अध्यक्ष राम दुलारे थारुले वनलाई मानव जीवनको मेरुदण्ड भन्दै संरक्षणको महत्वमा जोड दिए। उनले भने, “स्वस्थ…
Read More
बुद्धभूमि ५ का १७२ जना किसानलाई स्प्रे टंकि वितरण

बुद्धभूमि ५ का १७२ जना किसानलाई स्प्रे टंकि वितरण

नेपाल टिभि न्युज बुद्धभूमि कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ का १७२ जना कृषकलाई स्प्रे टंकि बितरण गरिएको छ । मंगलबार वडा अध्यक्ष रोम बहादुर थापाले कृषकहरुलाई स्प्रे टंकि वितरण गर्नुभएका हो । वडाले किसानहरुलाई सहज होस भन्ने उद्देश्यले स्प्रे टंकि विरतण गरिएको थापाले बताउनुभयो । वडाले विगतामा पनि प्रत्येक वर्ष किसानहरुका लागि विभिन्न कार्यक्रमहरु गर्ने गरेको र आगामि दिनमा पनि निरन्तर गर्ने उहाको भनाई छ । वडामा अझै पनि सिचाई मलखाद विउविजन समयमै नपाउने लगाएतका समस्याहरु रहेकोले त्यसको लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो । साना किसान देखि ठुला किसान सम्मलाई माग भए बमोजिम वितरण गरिएको बताउनुभयो ।
Read More
बेरुजुमा सुधारन्मुख कृष्णनगर

बेरुजुमा सुधारन्मुख कृष्णनगर

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बेरुजु रकममा सुधार गरेको छ । विगतका बर्षहरुमा महालेखा परीक्षकले धेरै बेरुजु औल्याउने गरेको र प्रदेशमै धेरै बेरुजु आउने नगरपालिकामा पर्ने गरेकोमा पछिल्ला २/३ आ.ब.मा बेरुजु रकम सुधार गर्दै आ.ब. २०८०/८१ को बेरुजु २ करोड १५ लाख औल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले जानकारी दिनुुुभयो । जसमा नियमित गर्नुपर्ने प्राकृतिको बढी रहेको उहाँले बताउनुभयो । नगरपालिकाका लेखा अधिकृत मनिष पाण्डेका अनुसार बिगत आ.ब. २०७४/७५ मा १२ करोड ३३ लाख त्यस्तै आ.ब.०७६/७७ मा २० करोड ३३ लाख बेरुजु औल्याएको र बिगत २ बर्ष भन्दा अघिका बर्षहरुमा हरेक बर्ष ५ करोड माथी नै बेरुजु आउने गरेकोमा आ.ब. ७९/८०…
Read More
पिपरा अस्पतालमा अप्रेशनबाट ५ केजी तौलको शिशु जन्म

पिपरा अस्पतालमा अप्रेशनबाट ५ केजी तौलको शिशु जन्म

बाणगंगा, असार ४ ।बाणगंगा नगरपालिका–६ स्थित अति विपन्न गन्धर्व समुदायकी एक महिलाले यस पिपरा अस्पतालमा शल्यक्रियामार्फत ५ केजी तौलको शिशु जन्म दिएकी छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या आइपरे पनि अस्पताल प्रशासनको पहलमा आवश्यक सेवा निःशुल्क प्रदान गरिएको थियो। अस्पतालका सम्पूर्ण कर्मचारीले मानवता देखाउँदै निशुल्क उपचारमा सहयोग गरेका थिए।शिशु र आमाको अवस्था सामान्य रहेको चिकित्सकहरूले जनाएका छन्।
Read More
//omg10.com/4/6824010