सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, ३० चैत              जुम्ला, कनकासुन्दरी गाउँपालिका-५ स्थित सडकमा  लु.५ त १४६० नम्बरको  ट्याक्टर  सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा चालक सल्यान त्रिबेणी गाउँपालिका-४ थोलाबाङ बस्ने २४ वर्षीय बसन्त रेउलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा  मृत्यु भएको हो ।             सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-३ गितखोरास्थित सडकमा  प्र.१-०१-००२ ह ३७१६ नम्बरको सिटि रिक्सा अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा रिक्सामा सवार सोही नगरपालिका-१ भलुवा बस्ने ३० वर्षीय श्याम कुमार यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको भारदह अस्पताल सप्तरीमा उपचारको क्रममा मृत्यु भएको…
Read More
अवैध लागूऔषधसहित ४ जना पक्राउ

अवैध लागूऔषधसहित ४ जना पक्राउ

काठमाडौं, ३० चैत             झापा, मेचिनगर नगरपालिका-१० धुलावारी चोक कोलोनिबाट अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-४ बस्ने २७ वर्षीय पासाङ जिम्बा र मेचिनगर  नगरपालिका-१० खयरडागि बस्ने ५६ वर्षीय शम्भु राजबंशी रहेका छन् । लागूऔषध कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै राजबंशीको घरबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय २० ग्राम, नगद ७ हजार रूपैयाँ, मोबाइल १ थान र मोटरसाइकल १ थान समेत प्रहरीले बरामद गरेको छ ।             काठमाडौं,…
Read More

प्राचिन कपिलवस्तु महोत्सवमा शुक्रवार अन्जु कुस्मी आउने

कपिलवस्तु चैत्र ३० गते।कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवामा सञ्चालन भएको आठौँ प्रचिन कपिलवस्तु महोत्सवमा आज (शुक्रवार) लोकप्रिय थारु गायक अन्जु कुस्मी (फुलकुमारी) आउने भएकी छिन् । बुद्ध पद्म माविमा चलेको महोत्सवमा प्रमुख आकर्षणको रुपमा गायक कुस्मी रहेको आयोजकले जनाएको छ ।डिजे र डान्सीङ गित गाएर चर्चामा रहेकी कुस्मीको प्रस्तुती हेर्नका लागि घुइचो लाग्ने अनुमान गरिएको छ ।
Read More

मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

लिलाधर वली  घोराही, चैत ३० गते । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख तुलाराम घर्ती मगरले आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाउनुभएको छ ।  लुम्बिनी प्रदेशसभामा रहेका ८७ जना सदस्यमध्ये महरालाई ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा चैत २३ गते शुक्रवार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । चैत २३ गते प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त हुनुभएका महराले चैत २५ गते शपथ ग्रहण र पदभार ग्रहण गर्नुभएको थियो ।
Read More

भगलापुरका भविन्द्र जसले वैदेशिक रोजगारी त्यागेर गाई पाल्नु भयो

कपिलवस्तु चैत्र ३० गते । कपिलवस्तु बाणगंगा नगरपालिका ६ भगलापुरका झविन्द्र पौडेलले गाई पालनबाट मनग्य आम्दानी गर्नु भएको छ । वैदेशिक रोजगारी त्यागेर आधुनिक तरिकाले गाई पालन गर्नु भएको पौडेलले मासिक १ लाख बचत गर्दै आउनु भएको छ । पौडेलले वैदेशिक रोजगारीबाट बचत गरेको रकम लगानी गर्दै २०७५ सालबाट व्यवसाय सुरु गर्नु भएको थियो ।उहाँ २८ महिना कतार र ८ वर्ष कुवेतको बसाइँ त्याग गर्दै डालु पशुपालन फर्म सञ्चालन गर्नु भएको थियो । ‘धेरैले विदेशको कमाइले घर जग्गा जोडे । गाउँबाट राजमार्ग छेउमा बसाइ सरे । त्यो देखेर साथी, भाइ छिमेकीले घरजग्गा किन्न सल्लाह दिए । तर म आत्मनिर्भर हुन…
Read More

प्रेस युनियन कपिलवस्तुद्धारा क्यालेन्डर विमोचन

कपिलवस्तु चैत्र ३० गतेप्रेस युनियन कपिलवस्तुले क्यालेन्डर विमोचन गरेको छ । बिहीबार कपिलवस्तु नगरपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरेर क्यालेन्डर विमोचन गरिएको हो । विमोचनका क्रममा बोल्दै प्रमुख अतिथि तथा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले सरकारले मिडियालाई बलियो बनाउने गरी काम गर्नु पर्ने बताउनु भयो ।कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका लुम्बिनी प्रदेश महामन्त्री तथा पूर्व मन्त्री सुरेन्द्रराज आचार्यले प्रेस युनियनले जनताका समस्यालाई उजागर गर्ने गरी पत्रकारिता गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेसका नेता दीप कुमार उपाध्याय, अतहर कमाल, अभिशेख प्रताप शाह, विक्रम सिंह थापा, राजेश आचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
Read More

कपिलवस्तु तौलिहवाका वालक श्याम कौशल वुधवार दिउसो देखी सम्पर्क विहिन

कपिलवस्तुकपिलवस्तु नगरपालिका वडा नम्बर १ तौलिहवाबाट एक वालक सम्पर्क विहिन भएका छन् । नगरपालिकाको शिव मन्दिर टोल निवासी सोनु कौशलको छोरा बर्ष १६ को श्याम कौशल बुधबार देखि सम्पकै विहिन भएका छन् । उनी दिउँसो २ः०० बजे आफ्नै घरबाट निस्किएका थिए । हाल सम्म घरपरिवार सङ्ग कुनै सम्पर्कमा नरहेको परिवार स्रोतले बताएको छ । वालकलाई कतै देखिनु भएमा जानकारी गराउन नजिकको प्रहरी चौकी गर्न आग्रह गरिएको छ ।
Read More
जग्गा जमिनको विषयमा विवाद, युवाद्वारा ८० वर्षीया हजुरआमाको हत्या

जग्गा जमिनको विषयमा विवाद, युवाद्वारा ८० वर्षीया हजुरआमाको हत्या

वीरगंज । पर्सामा आफ्नै हजुरआमा ८० वर्षीया सवरजिया देवी पाण्डेको हत्या गरेको अभियोगमा बिन्दवासनि गाउँपालिका ५ हस्वा टोल बस्ने ३० वर्षीय अजय कुमार पाण्डेलाई गएराति प्रहरीले पक्राउ गरेको छ । जग्गा जमिनको विषयमा विवाद भई अजयले कुटपिट गर्दा गम्भीर घाइते भएकी सवरजिया देवीको पोखरिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । हत्या भएको खबर प्राप्त हुना साथ प्रहरी चौकी प्रसौनी भाटा र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Read More

विकासको कामलाई कुनै पनि बहानामा अवरोध गर्नुहुँदैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले विकासको कामलाई कुनै बहानामा अवरोध गर्नु नहुने बताउनुभएको छ ।नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन सचिव भट्टराईले सभ्यता र संस्कृतिलाई जोगाउँदै विकासका काम अघि बढाउनु पर्ने बताउनुभयो । नेकपा एमाले हिजोदेखि नै सभ्यता र संस्कृतिको संरक्षणको पक्षमा रहेको उहाँले सम्पदाको संरक्षण गर्दै विकासको काम अघि बढाउनु पर्ने बताउनुभयो । ‘विकास निर्माणको काममा कसैले पनि अवरोध गर्नुहुँदैन’, उहाँले भन्नुभयो ।कुनै पनि योजनामा समस्या छ भने बसेर छलफल गरी समस्या समाधान गर्नुपर्नेमा उहाँले बताउनुभयो । कुनै पनि हालतमा काम गर्न दिँदैनौँ भनेर विकास विरोधी कुरा कसैले गर्नु नहुने उहाँले स्पष्ट पार्नुभयो…
Read More

संस्थागत निर्णय र आलोचनात्मक चेत हुनुपर्नेमिसन ८४ पुरा गर्न जनप्रतिनिधिको काम महत्वपूर्ण : एमाले अनुशासन आयोग सदस्य भण्डारीले

उर्लाबारी ।मिसन ८४ पुरा गर्न जनप्रतिनिधिको काम महत्वपूर्ण हुने भएकोले पार्टी कमिटीका अधिवेशन र बैठकहरु नियमित हुनुपर्ने नेकपा एमाले अनुशासन आयोगकी सदस्य लक्ष्मी देबी भण्डारीले बताएकी छन्उर्लाबारी नगर कमिटीको पूर्ण बैठकमा बोल्दै नेतृ भण्डारीले सम्पूर्ण कार्यकर्ताहरुलाई पार्टीको सर्कुलर अनुसार काम गर्न निर्देशन दिएकी छन् ।कार्यक्रममा पार्टीका मोरङ जिल्ला उपाध्यक्ष बाबुराम कार्कीले बर्तमान राजनीतिको चर्चा गर्दै समुदाय संरक्षण गर्न जरूरी रहेको बताएका छन् । उनले पार्टी सञ्चालन गर्दा संस्थागत रुपमा निर्णय गरिनुपर्ने र चेत आलोचनात्मक हुनुपर्ने बताएका छन् । उनले उर्लाबारीलाई हेर्ने नजर माथिल्लो कमिटीमा पनि फरक आइरहेकोले सक्रियता पूर्बक काम गर्नुपर्ने बताएका छन्। उनले नीति,नेतृत्व , पारदर्शी, जवाफदेही, उत्तरदायी हुनुपर्दछ…
Read More