३ बन्दुक, ४१ गोली सहित वन्यजन्तु मार्ने समूह पक्राउ
कपिलवस्तु वैशाख २५ गते । कपिलवस्तुमा वन्यजन्तु मारेर बिक्री गर्ने एक समूहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराले बाणगंगा नगरपालिका १ बाट वन्यजन्तु मार्न प्रयोग हुने बन्दुक, गोली र भाग लगाउँदै गरेको ३० किलो मासु सहित ४ जनालाई पक्राउ गरेको छ ।प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्ड खटिएको टोलीले सोही नगरपालिका वडा नम्बर १ जितपुर बस्ने वर्ष ५४ को धन बहादुर सेन, १ बुङ्ची बस्ने वर्ष ३२ को असीम खाँण, वडा नम्बर २ बस्ने वर्ष ४० को दुर्गा बहादुर शाही र रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका ११ मिलनचोक बस्ने वर्ष ५४ को चित्र मल्ललाई पक्राउ गरेको छ ।उनीहरूले खाँणको घरमा…
