प्याब्सन कपिलवस्तुद्वारा नेपाली भाषा शिक्षण सम्बन्धी कार्यशाला सम्पन्न

Advertisement

संस्थागत विद्यालयहरूको छाता सङ्गठन निजि तथा आवासीय विधालय अर्गनाइजेशन नेपाल (प्याब्सन ) कपिलवस्तुद्वारा नेपालि भाषा शिक्षण प्रशिक्षण कार्यशाला सम्पन्न गरेको छ ।प्याप्सनमा आबद्द जिल्लाका नेपाली भाषाका शिक्षकले नेपाली भाषा शिक्षण, पाठ्यक्रम विमर्श तथा सृजनात्मक लेखन सम्बन्धी एक दिने तालिम पाएका छन् । उनीहरूले यो तालिम निःशुल्क पाएका हुन् । दोस्रो गोपाल पाठक स्मृति दिवसको अवसरमा शिक्षण सिकाइका क्रियाकलाप र त्यससँग सम्बन्धित विषयमा शिक्षक शिक्षिकालाई तालिम प्रदान गरिएको हो ।

जिल्लाको संस्थागत विद्यालयका नेपाली भाषाका शिक्षक शिक्षिका तालिममा सहभागी थिए । नेपाली भाषा र त्यसको प्रयोगमा देखिएको जटिलतालाई सहज तुल्याउने उद्देश्यले होटल पौवा गोरुसिङेको सभा हलमा बुधबार तालिमको आयोजना गरिएको हो । कार्यक्रमको संयोजन गोल्डेन बुक्स काठमान्डौले गरेको आयोजक प्याब्सन कपिलवस्तुले जनाएको छ । तालिमको उद्घाटन निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याव्सन) का केन्द्रीय सदस्य एवम् पुर्व कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले गरेका थिए । उनले अन्तर्राष्ट्रिय भाषालाई भन्दा पनि नेपाली राष्ट्रिय भाषालाई बढी प्राथमिकता दिनुपर्ने बताए । नेपाली भाषा सबै नागरिकले जाने बुझेको भाषा भएकोले अन्य मुलुकको भाषा भन्दा आफ्नै राष्ट्रिय भाषालाई कक्षा कोठामा बढी प्राथमिकता दिनुपर्ने उनले बताए ।

‘विद्यालय उमेर देखी नेपाली भाषाले सिकाउने संस्कार विद्यार्थीलाई सिकाउन सकिएन भने भविष्यमा उनीहरूले शिक्षकलाई धिक्कार्छन् । त्यसबाट बच्नका लागि पनि उनीहरूलाई चलन चल्तीका नेपाली भाषाको प्रयोग गर्न सिकाउनु पर्छ,’ उनले भने । नेपाली भाषालाई हरेक क्षेत्रमा प्रयोगमा ल्याउन सबै जिम्मेवार बन्नुपर्ने उनले बताए । ‘अन्य मुलुकको भाषा जान्दिन, बुझेको छैन भन्दा पाइन्छ । जान्नै पर्छ भन्ने छैन । तर, नेपालीले भाषा जानेको छैन भन्न पाइन्न । जाने बुझेकै हुनुपर्छ,’ उनले भने । कक्षा कोठाबाट नेपाली भाषा र संस्कार सिकाउनका लागि हामी शिक्षकले अहम् भूमिका खेल्नुपर्ने प्याव्सन कपिलवस्तुका अध्यक्ष धिरेन्द्र विक्रम सिहले बताए ।
संघका कोषाध्यक्ष दिपक भुसालले संस्थागत विद्यालयका शिक्षकलाई सहज शिक्षण सिकाइमा सहजता तुल्याउने उद्देश्यले आयोजना भएको यो तालिमबाट सहभागीले अधिकतम उपलब्धि हासिल गर्नुपर्ने बताए । कार्यशालामा नेपाली पाठ्यपुस्तकका लेखक तथा नेपाली भाषाका विज्ञ विश्वास पौडेलले नेपाली भाषाका विविध विषयमा र पाठ्यक्रमका विषयमा प्रशिक्षण दिएका थिए । सहभागीले यो कार्यक्रम शिक्षण सिकाइका लागि अति नै उपयोगी भएको बताए । यस्ता कार्यक्रम प्याब्सन कपिलवस्तुले निरन्तर संचालन गर्दै आएको छ।

विद्यार्थीलाई कक्षा कोठामा सिकाउँदा विषयगत शिक्षकले अध्ययन गरेर मात्र पाठ्यपुस्तक छनौट गरे विद्यार्थीले उचित शिक्षा र संस्कार पाउन सक्ने सहभागी शिक्षक शिक्षिकाले बताए ।
प्याब्सन कपिलवस्तुका अध्यक्ष धिरेन्द्र विक्रम सिहको अध्यक्षता रहेको कार्यक्रममा संधका वरिष्ट उपाध्यक्ष तोयानाथ गैरे, उपाध्यक्ष नन्दराम सापकोटा, कोषाध्यक्ष दिपक भुसाल, जिल्ला सल्लाहकार कृष्ण प्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव राजु अधिकारिले गरेका थिए।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार