बुद्धभूमिका युवा युवतीलाई नेशनल लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

Advertisement

नेपाल टिभि न्युज बुद्धभूमि ब्युरो
नेशनल लघुवित्त वित्तीय संस्था पत्थरकाेट शाखाको १ दिने वित्तीय साक्षरता कार्यक्रम बुद्धभूमि १ मा सम्पन्न भएको छ । Global Money Week 2025 अन्तरगर्त लघुवित्तले बुद्धभूमिका ७२ युवा युवतीलाई वित्तीय साक्षरताका बारेमा जानकारी गराएको हो।
नेशनल लघुवित्त वित्तीय संस्था पत्थरकाेट शाखाका प्रमुख विमल पाेख्रेलले कार्यक्रममा सहभागी भएकाहरुलाई वित्तिय साक्षरता सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षक पोख्रेलले कार्यक्रममा सहभागीहरुलाई वित्तिय साक्षरता के हो ? आम्दानी र खर्च व्यवस्थापन बजेट बनाउने, बचतको महत्व, लगानी गर्ने तरिकाहरु, ऋणको व्यवस्थापन, डिजिटल वित्तिय सेवा अपाउने लगायतका विषयहरुमा प्रशिक्षण दिनुभएको थियो ।
बुद्धभूमि नगरपालिका वडा १ को हलमा सम्पन्न भएको साक्षरता कार्यक्रमको संचालन उमा जोशीले गर्नुभएको थियो।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार