सुदूर सँग स्तव्ध आर्मी, टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित

नेपाल आर्मीलाई टाई ब्रेकरमा पराजित गर्दै सुदूर पश्चिम ११ सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलवार सम्पन्न खेलमा आर्मी ४–३ गोल अन्तरले पराजित भएको छ ।
Advertisement


कपिलवस्तु चैत्र २० गते ।

नेपाल आर्मीलाई टाई ब्रेकरमा पराजित गर्दै सुदूर पश्चिम ११ सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलवार सम्पन्न खेलमा आर्मी ४–३ गोल अन्तरले पराजित भएको छ । निर्धारित समयमा दुवै तर्फबाट गोल नभए पछि खेल टाई ब्रेकरमा पुगेको थियो । खेलमा सुदूरले ४ सुन्दर अवसर गुमाएको थियो । दोस्रो हाफको ३८ औँ मिनेटमा आर्मीका खेलाडीले हानेको सट पोलमा ठोकिएको थियो ।
पेनाल्टी सुट आउट प्रहार गर्न सुरुमै आउनु भएका आर्मीका सन्तोष केसी र सुदूरका फागुराम थारु दुवै गोल गर्न बाट चुक्नु भयो । सुदूरका अविनाश थापा, धिरेन्द्र शाह, विष्णु चौधरी, बुद्धदेव शाहीले गोल गर्नु भयो । यसै गरी आर्मीका वसन्त तामाङ, मान बहादुर आले मगर, सरोज श्रेष्ठले गोल गर्नु भएको थियो । आर्मीको तर्फबाट अन्तिममा पेनाल्टी प्रहार गर्न आउनु भएका जीवन कुमारको प्रहार असफल भए पछि आर्मी पराजित हुन पुगेको थियो । सुदूरका गोलकिपर दीपक बोहरा म्यान अफ द म्याच चुनिनु भएको थियो ।
सुदूरपश्चिम सेमिफाइनलमा हनामी विएफसीसंग बिहीबार भिड्ने छ । बुधवार हुने सेमिफाइनलमा थ्रि स्टार र नेपाल पुलिस क्लब बिच खेल हुने छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार