घुससहित मालपोत कार्यालयका तीनजना नियन्त्रणमा

घुससहित मालपोत कार्यालयका तीनजना नियन्त्रणमा

कोहलपुर (बाँके), जेठ ९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस माग गरेको अभियोगमा मालपोत कार्यालय कोहलपुरका खरिदारसहित तीनजनालाई नियन्त्रणमा लिएको छ। जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै उनीहरुले घुस लिएको दाबी आयोग टोलीको छ ।  जिल्ला बाँकेस्थित मालपोत कार्यालय कोहलपुरमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेले लेखापढी व्यवसायी (विचौलिया) मार्फत सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। टोलीले कोहलपुर नगरपालिका वडा नं. ११ स्थित तिवारी रेष्टुरेण्टबाट आज हरिचन्द्र पाण्डेलाई २० हजार रुपियाँ घुससहित रंगेहात पक्राउ गरेको हो । सो रकम तिवारी रेष्टुरेण्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिइएको अवस्थामा फेला परेको थियो। सोही घटनामा संलग्न लेखापढी व्यवसायी (विचौलिया)…
Read More
बाबुआमाको कुटाइबाट चार महिने शिशुको मृत्यु

बाबुआमाको कुटाइबाट चार महिने शिशुको मृत्यु

नवलपुर, वैशाख ९ गते । नवलपुरको बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाको कुटाइ र लछारपछारबाट चार महिने शिशुको मृत्यु भएको छ । नवलपुर प्रहरीका अनुसार बाबु ३५ वर्षीय दीपेन्द्र परियार र आमा २१ वर्षीया कमला परियारले सोमबार राति मादक पदार्थ सेवन गरी आफ्ना चार महिने शिशुलाई लछारपछार गर्दा शिशु गम्भीर घाइते भएका थिए । घाइते शिशुलाई तत्कालै हजुरबुबाले स्थानीयको सहयोगमा पाल्पाको रामपुर अस्पताल लैजानुभएको थियो । तर उपचारको क्रममा शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।  मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाइ छाडेर भागेको प्रहरी नायब उपरीक्षक नेपालले…
Read More
बाबुआमाको कुटाइबाट चार महिने शिशुको मृत्यु

बसको ढोकाबाट खस्दा शिक्षकको मृत्यु

बैतडी, वैशाख ७ गते । विद्यार्थी भर्नाका लागि प्रचारमा गएको बसको ढोकाबाट खसेर एक जना शिक्षकको मृत्यु भएको छ । शनिवार साँझ दार्चुलाको गोकुलेश्वर स्थित चौलानी बोडिङ्ग स्कुलको प्रचारप्रसारमा गएका शिक्षकको महाकाली राजमार्ग अन्तरगत डिलाशैनी गाउँपालिका ६ बाँगावगरमा बसको ढोकाबाट खसेर  मृत्यु भएको हो । गोकुलेश्वर बजारबाट बैतडीको दोगडाकेदार गाउँपालिका सिमानातिर गइरहेको उक्त विद्यालयको सु.प्र ०४, ००१क ०००९ नम्बरको बसको ढोकाबाट खस्दा दोगडाकेदार गाउँपालिका ४ का अन्दाजी २६ वर्षीय विष्णुदत्त भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वर प्रहरी निरीक्षक किशोर ऐरीले बताउनुभयो । विद्यार्थी भर्नाको प्रचारप्रसार बाट फर्कँदै गर्दा शनिवार साँझ सवा ५ बजेतिर शिक्षक भट्ट बसको ढोकाबाट खसेर घाइते…
Read More
भर्लाबास–बुटवल मार्गमा दैनिक चार इलेक्ट्रीक गाडी सञ्चालनमा

भर्लाबास–बुटवल मार्गमा दैनिक चार इलेक्ट्रीक गाडी सञ्चालनमा

कपिलवस्तु – वैशाख ४ गते ।कपिलवस्तुको बाणगंगा नगरपालिका–९ मा पहिलो पटक यात्रु बोक्ने इलेक्ट्रीक मिनी बस सेवा सुरु गरिएको छ। पाँच वर्षअघि सार्वजनिक बस सेवा बन्द भएपछि स्थानीयवासीहरू ई–रिक्सामै आउजाउ गर्न बाध्य थिए। सीमित सवारीसाधनको कारण यात्रामा असहजता हुनुका साथै मनपरी भाडा असुल्ने प्रवृत्तिले नागरिकहरू प्रभावित हुँदै आएका थिए। यस समस्यालाई सम्बोधन गर्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.लि., बुटवलबाट इलेक्ट्रीक गाडी सञ्चालनमा ल्याइएको हो। बिहीवार एक कार्यक्रमबीच बाणगंगा–९, भर्लाबासबाट बुटवलसम्मको रुटमा इभी सेवा औपचारिक रूपमा सुरू गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री बिस्नु पन्थीले स्थानीय युवाहरूको सक्रियता र पहलमा इभी बस सञ्चालन भएकोमा प्रशंसा…
Read More
सर्पदंशलाई बेड सहयोग गर्ने मनकारी खनाल

सर्पदंशलाई बेड सहयोग गर्ने मनकारी खनाल

कपिलवस्तु, वैशाख ३ गते। सर्प दंश उपचार केन्द्रमा बिरामीका लागि बेड सहयोग गर्ने बुद्धभूमि नगरपालिका–४ का मौरीपालक कृषक रामप्रसाद खनाललाई सम्मान गरिएको छ। खनालले ५० हजार रुपैयाँ बराबरका दुईवटा बिरामी जाँच बेड सहयोग गरेका थिए। स्वास्थ्य क्षेत्रमा नागरिकको सक्रिय सहभागिता महत्वपूर्ण हुने भन्दै केन्द्रले उनलाई सम्मानपत्र प्रदान गरेको हो। बुद्धभूमि नगरपालिका–२ का वडा अध्यक्ष सुरज प्रताप राणाले खनाललाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। कार्यक्रममा बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले स्थानीयको सहयोगले स्वास्थ्य सेवा प्रवाहमा थप सघाउ पुग्ने बताए। उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले खनालको सहयोगप्रति आभार व्यक्त गर्दै सबै नागरिकलाई सामाजिक उत्तरदायित्वमा अग्रसर बन्न आह्वान गरे।
Read More
अवैध लागूऔषध सहित ९ जना पक्राउ

अवैध लागूऔषध सहित ९ जना पक्राउ

काठमाडौं, २ वैशाखकाठमाडौं, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ६ किलो ९ सय ७० ग्राम सहित भारतीय नागरिक २७ वर्षीय Vishak Vijayan सोमबार राति पक्राउ परेका छन् । थाई एयरको उडानद्वारा बैंकक हुँदै नेपाल आएका उनलाई विमानस्थलको टनेल गेटमा जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-१३ र १६ को सिमानाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५ ट्याब्लेट र स्पास्पेन २ सय ५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१९ बस्ने ३३ वर्षीय सुमन राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त…
Read More
तालिम प्राप्त कुकुरद्वारा सीमा नाकामा सप्राइज चेकिङ

तालिम प्राप्त कुकुरद्वारा सीमा नाकामा सप्राइज चेकिङ

जानु पाण्डेकपिलवस्तु समाचारदाता, कपिलवस्तु चैत २८ गते ।भारतसँग सीमा जोडिएको मुख्य नाकामा तालिमप्राप्त कुकुर प्रयोग गरेर सप्राइज चेकिङ अभियान सुरु गरिएको छ । कपिलवस्तुको कृष्णनगरमा पहिलो पटक तालिम प्राप्त कुकर लगाएर चेकजाँच गरिएको थियो । कृष्णनगर नाका हुँदै लागु औषध ओसारपसार, सीमा अपराध, तस्करी तथा अन्य अन्तर्देशीय आपराधिक गतिविधिहरूको नियन्त्रणका लागि प्रहरीले अभियानको रूपमा यस्तो कदम चालेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले बताउनु भयो ।इलाका प्रहरी कार्यालय कृष्णनगरले नगरपालिका–२ अन्तर्गत पर्ने लिंकगेट, यात्रु गेट, ट्रान्समिटर क्षेत्र र बसपार्क जस्ता आवत–जावत हुने स्थानहरूमा कुकुरको प्रयोग गरी चेकिङ गरेको थियो । भैरहवा विमान स्थलको डग शाखा बाट ल्याइएको…
Read More
बाँकेमा हावाहुरीले पोल ढलेपछि

बाँकेमा हावाहुरीले पोल ढलेपछि

नेपालगन्ज, चैत २८ गते । बाँकेमा बुधबार राती आएको भिषण हावाहुरीका कारण ठाउँठाउँमा विद्युतका पोल ढलेर क्षतिग्रस्त भएपछि जिल्लाका अधिकांश स्थानको विद्युत सेवा बुधवार रातीबाटै अवरुद्ध भएको छ ।  नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले दिएको जानकारी अनुसार भिषण हावाहुरीले धेरै ठाउँका बिद्युत पोलहरु ढालेर क्षतिग्रस्त बनाएकोले बुधवार रातीबाटै नेपालगन्ज लगायत जिल्लाका बिभिन्न ठाउँमा बिद्युत सेवा अवरुद्ध भएको हो ।  नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले हावाहुरीले विभिन्न ठाउँका पोल र तारहरु ढालेर क्षति पुर्‍याउँदा विद्युत सेवा अवरुद्ध भएको बताउनुभयो । उहाँले बुधवार रातीबाटै बिहिबार विहानसम्म हावाहुरीसंगै बर्षासमेत भएकोले राती काम गर्न नसकिएकोले मर्मत सम्भार र बिद्युत…
Read More
बस दुर्घटना: ३० जना घाइते

बस दुर्घटना: ३० जना घाइते

हेटौँडा, चैत २८ गते । धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बकैयामा बस दुर्घटना हुँदा ३० जना घाइते हुनुभएको छ । बुधवार राती ९ बजेर ३० मिनेटको समयमा बा प्र ०६–००१ ख ०२७० नम्बरको बस दुर्घटना भएको हो ।  बस दुर्घटनामा मकवानपुर भिमफेदी–३ बुल्मिङका ४६ वर्षीय श्रीराम बज्यू, भिमफेदी–५ ज्यामिरेका ५५ वर्षीय रिता कुमारी मगर, चितवन राप्ति नगरपालिका–२ गडौलीका २९ वर्षीय पशु डा. सरोज ओझा, उहाँको श्रीमती २७ वर्षीय रेश्मा सुवेदी, भिमफेदी–२ निगालेका ४५ वर्षीय दिलीप राज बुलन, भिमफेदी–५ सुपिङका ५१ वर्षीय यदुनाथ पुडासैनी, मकवानपुरगढी–३ मक्रान्चुलीका ४२ वर्षीय नारायण प्रसाद शर्मा, हेटौँडा–११ थानाभर्याङका २९ वर्षीय उज्ज्वल राना मगर घाइते हुनुभएको…
Read More
३ महिने अभियान: बाणगंगामा एमालेको मास्टर प्लान

३ महिने अभियान: बाणगंगामा एमालेको मास्टर प्लान

हरि आचार्य, कपिलवस्तु नेकपा (एमाले) बाणगंगा नगर कमिटीको दोस्रो पूर्ण विस्तारित बैठक तथा तीनमहिने वडा केन्द्रित अभियानको शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ। बैठकले पार्टीका गतिविधिहरूलाई घर-घरमा पु¥याउने, जनताको समस्या संकलन गरी सम्बन्धित निकायमा लैजाने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ। नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालले बैठकमा संगठन सुदृढीकरण, विकास निर्माण, जनअपेक्षाका विषयमा छलफल भएको जानकारी गराउनुभयो। तीनमहिने अभियानअन्तर्गत वडा कमिटी पुनर्गठन, प्रशिक्षण, जनसंगठन निर्माण, अनुगमन, तथा समस्या संकलनलगायतका कार्य प्राथमिकतामा रहने उल्लेख गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि तथा नेकपा (एमाले) केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले एमालेले जितेका वडाहरूको विकास निर्माणको समीक्षा गर्दै पार्टी संगठनलाई बलियो बनाउने लक्ष्य रहेको बताउनुभयो। उहाँले…
Read More