भर्लाबास–बुटवल मार्गमा दैनिक चार इलेक्ट्रीक गाडी सञ्चालनमा

भर्लाबास–बुटवल मार्गमा दैनिक चार इलेक्ट्रीक गाडी सञ्चालनमा

कपिलवस्तु – वैशाख ४ गते ।कपिलवस्तुको बाणगंगा नगरपालिका–९ मा पहिलो पटक यात्रु बोक्ने इलेक्ट्रीक मिनी बस सेवा सुरु गरिएको छ। पाँच वर्षअघि सार्वजनिक बस सेवा बन्द भएपछि स्थानीयवासीहरू ई–रिक्सामै आउजाउ गर्न बाध्य थिए। सीमित सवारीसाधनको कारण यात्रामा असहजता हुनुका साथै मनपरी भाडा असुल्ने प्रवृत्तिले नागरिकहरू प्रभावित हुँदै आएका थिए। यस समस्यालाई सम्बोधन गर्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.लि., बुटवलबाट इलेक्ट्रीक गाडी सञ्चालनमा ल्याइएको हो। बिहीवार एक कार्यक्रमबीच बाणगंगा–९, भर्लाबासबाट बुटवलसम्मको रुटमा इभी सेवा औपचारिक रूपमा सुरू गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री बिस्नु पन्थीले स्थानीय युवाहरूको सक्रियता र पहलमा इभी बस सञ्चालन भएकोमा प्रशंसा…
थापा परिवारबाट सर्प दंश उपचार केन्द्रलाई डेढलाख बढीको बाटर फिल्टर सहयोग

थापा परिवारबाट सर्प दंश उपचार केन्द्रलाई डेढलाख बढीको बाटर फिल्टर सहयोग

जानु पाण्डेकपिलवस्तु, वैशाख ३ गते । कपिलवस्तुको सर्प दंश उपचार केन्द्रलाई सेवाग्राहीहरूले सामग्री सहयोग गरेका छन् । केन्द्रमा उपचारपछि निको हुनु भएकी बाणगंगा नगरपालिका १, वैरियाकी यमकला थापा मगरले १ लाख ६० हजार रुपैयाँ बराबरको वाटर फिल्टर सहयोग गर्नु भएको छ ।उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीका अनुसार, यमकलाले ससुरा बलबहादुर थापा मगरको स्मृतिमा उक्त सहयोग गर्नु भएको थियो । वाटर फिल्टरको सहयोगले उपचार केन्द्रमा आउने बिरामीहरूलाई स्वच्छ पानी पिउन सहज हुनेछ । विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले यमकलाले उपचारका क्रममा पसलबाट पानी किन्नु परेको अनुभवपछि फिल्टर सहयोग गर्ने निर्णय लिएको जानकारी दिनु भयो । यमकला पालिका अध्यक्ष थापाको भाइ…
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं, ३ वैशाखकाठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध नोर्फिन ८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन ८ एम्पुल सहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ घर भएका २७ वर्षीय छिरिङ लामालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-७ बस्ने २५ वर्षीय अजय चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी…
सर्पदंशलाई बेड सहयोग गर्ने मनकारी खनाल

सर्पदंशलाई बेड सहयोग गर्ने मनकारी खनाल

कपिलवस्तु, वैशाख ३ गते। सर्प दंश उपचार केन्द्रमा बिरामीका लागि बेड सहयोग गर्ने बुद्धभूमि नगरपालिका–४ का मौरीपालक कृषक रामप्रसाद खनाललाई सम्मान गरिएको छ। खनालले ५० हजार रुपैयाँ बराबरका दुईवटा बिरामी जाँच बेड सहयोग गरेका थिए। स्वास्थ्य क्षेत्रमा नागरिकको सक्रिय सहभागिता महत्वपूर्ण हुने भन्दै केन्द्रले उनलाई सम्मानपत्र प्रदान गरेको हो। बुद्धभूमि नगरपालिका–२ का वडा अध्यक्ष सुरज प्रताप राणाले खनाललाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। कार्यक्रममा बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले स्थानीयको सहयोगले स्वास्थ्य सेवा प्रवाहमा थप सघाउ पुग्ने बताए। उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले खनालको सहयोगप्रति आभार व्यक्त गर्दै सबै नागरिकलाई सामाजिक उत्तरदायित्वमा अग्रसर बन्न आह्वान गरे।
नारायणघाट–बुटवल सडकखण्डमा साना सबै पुल निर्माण सम्पन्न

नारायणघाट–बुटवल सडकखण्डमा साना सबै पुल निर्माण सम्पन्न

नवलपरासी, वैशाख ३ — नारायणघाट–बुटवल सडकखण्डको पूर्वी भाग (गैँडाकोट–दाउन्ने) मा निर्माण गरिने २२ वटै साना पुलको काम सम्पन्न भएको छ। अधिकांश पुलमा सवारीसाधन सञ्चालन भइसकेको छ भने दुई ठूला पुल पनि सञ्चालनमा आएका छन्। सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार १२ ठूला पुलमध्ये पाँच निर्माण सकिएको र आगामी असारसम्म थप तीन पुल सम्पन्न हुनेछन्। गैँडाकोटको जयश्री, बेल्डिहा, गिरुबारी र अरुणखोला पुलमा ढिलाइ हुने भएको छ, किनभने ती निर्माणका लागि प्रयोग हुने जनशक्ति हाल विनयी खोलाको पुलमा केन्द्रित गरिएको छ। ६५ किलोमिटरको यस खण्डमा ५२.५ किलोमिटर सडक कालोपत्र भइसकेको छ। बाँकी काम वर्षा सुरु हुनु अघि सक्ने लक्ष्यसहित अगाडि बढिरहेको खनालले…
नयाँ वर्ष मनाउन गएको कारमा एक्कासी आगो लागे पछि

नयाँ वर्ष मनाउन गएको कारमा एक्कासी आगो लागे पछि

सर्लाही, वैशाख २ गते । सर्लाहीको बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा एउटा कारमा आगलागी भएको छ । नयाँ वर्षको अवसरमा बागमती नगरपालिका–१२, स्थित ताल परिसरमा घुमफिरका लागि आएका मानिस सवार ना. ५ च २३३२ नम्बरको कारमा आफैँ आगलागी भएको हो । कारमा आगलागी सुरु हुनासाथ भित्र रहेका मानिसहरूले तत्काल बाहिर निस्किएर ज्यान जोगाएको प्रहरीले जनाएको छ । कारमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा निभाइएको हो । हरिवन नगरपालिकाबाट दमकल मगाइएको भए पनि नयाँरोडसम्म दमकल पुुग्दा बालुवा र पानी हालेर आगो निभाउन सफल भएकाले दमकलाई बिच बाटोबाटै फिर्ता पठाइएको इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी नायब निरीक्षक सुवास…
सवारी दुर्घटनामा सात जनाको मृत्यु

सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं, २ वैशाखमोरङ, ग्रामथान गाउँपालिका-६ सोमबारे घिनाघाटस्थित सडकमा नेताचोकबाट झोराहाटतर्फ जाँदै गरेको को.२२ प ९९८७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-६ बस्ने ६० वर्षीय अनन्तराम खवासको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनालाई थप उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर रिफर गरिएको छ ।इलाम, माई नगरपालिका-४ सुखानीस्थित सडकमा दानाबारीबाट बिर्तामोडतर्फ जाँदै गरेको मे.९ प ४५९६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री झापा अर्जुनधारा नगरपालिका-६ बस्ने रोम पाठकको छोरा २ वर्षीय ओस्कर पाठकको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट…
अवैध लागूऔषध सहित ९ जना पक्राउ

अवैध लागूऔषध सहित ९ जना पक्राउ

काठमाडौं, २ वैशाखकाठमाडौं, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ६ किलो ९ सय ७० ग्राम सहित भारतीय नागरिक २७ वर्षीय Vishak Vijayan सोमबार राति पक्राउ परेका छन् । थाई एयरको उडानद्वारा बैंकक हुँदै नेपाल आएका उनलाई विमानस्थलको टनेल गेटमा जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-१३ र १६ को सिमानाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५ ट्याब्लेट र स्पास्पेन २ सय ५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१९ बस्ने ३३ वर्षीय सुमन राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त…
कपिलवस्तुमा गोली लागेर एक जनाको मृत्यु

कपिलवस्तुमा गोली लागेर एक जनाको मृत्यु

जानु पाण्डेकपिलवस्तु चैत ३१ गते । कपिलवस्तुका सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका ९ गव्दहवा बस्ने वर्ष २८ को समुन्द्र गाहा मगर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन मणी अधिकारीले बताउनु भयो ।घटनामा संलग्न गरेका सोही स्थानका राम बहादुर थारु, कालु भन्ने राम थारु र प्रवेश थारुलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । मगरका परिवारले बाख्रा चराउन जाँदा अज्ञात व्यक्तिले गोली हानेको शंकास्पद सूचना दिए पछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले अनुसन्धान सुरु गरेको थियो । प्रहरी निरीक्षक वीर बहादुर सुनारको कमान्डमा खटिएको टोलीले अनुसन्धान गर्दा…
तालिम प्राप्त कुकुरद्वारा सीमा नाकामा सप्राइज चेकिङ

तालिम प्राप्त कुकुरद्वारा सीमा नाकामा सप्राइज चेकिङ

जानु पाण्डेकपिलवस्तु समाचारदाता, कपिलवस्तु चैत २८ गते ।भारतसँग सीमा जोडिएको मुख्य नाकामा तालिमप्राप्त कुकुर प्रयोग गरेर सप्राइज चेकिङ अभियान सुरु गरिएको छ । कपिलवस्तुको कृष्णनगरमा पहिलो पटक तालिम प्राप्त कुकर लगाएर चेकजाँच गरिएको थियो । कृष्णनगर नाका हुँदै लागु औषध ओसारपसार, सीमा अपराध, तस्करी तथा अन्य अन्तर्देशीय आपराधिक गतिविधिहरूको नियन्त्रणका लागि प्रहरीले अभियानको रूपमा यस्तो कदम चालेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले बताउनु भयो ।इलाका प्रहरी कार्यालय कृष्णनगरले नगरपालिका–२ अन्तर्गत पर्ने लिंकगेट, यात्रु गेट, ट्रान्समिटर क्षेत्र र बसपार्क जस्ता आवत–जावत हुने स्थानहरूमा कुकुरको प्रयोग गरी चेकिङ गरेको थियो । भैरहवा विमान स्थलको डग शाखा बाट ल्याइएको…