साना कृषकलाई सहकारीमा जोडनु पर्छ ः पूर्व मन्त्री पौडेल
कपिलवस्तु चैत्र २४ गतेलुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री तथा किसान महासंघका केन्द्रीय सदस्य आरती पौडेलले साना किसानलाई सहकारीमा जोड्नु पर्ने बताउनु भएको छ । अखिल नेपाल किसान संघ कपिलवस्तुको जिल्ला अधिवेशनमा बोल्दै पौडेलले चक्लावन्दीको लागी कानुन नहुँदा र ठुलो मात्रामा खेती गर्न जग्गा अभाव भएको हुँदा साना किसानलाई सहकारी मार्फत जोड्नु पर्ने बताउनु भयो । उहाँको उत्पादन सहकारीले खरिद गर्ने, वीउ मल लगायत सहकारीबाट उपलब्ध गराउँदा किसानको मेहनत खेर नजाने बताउनु भयो ।कार्यक्रममा बोल्दै एमाले कपिलवस्तु जिल्ला अध्यक्षले अखिल नेपाल किसान संघले किसान आन्दोलनको नेतृत्व गर्दै कृषकको हक हितमा सवालमा पैरवि गरेको बताउनु भयो । एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य…
