संस्थागत निर्णय र आलोचनात्मक चेत हुनुपर्नेमिसन ८४ पुरा गर्न जनप्रतिनिधिको काम महत्वपूर्ण : एमाले अनुशासन आयोग सदस्य भण्डारीले
उर्लाबारी ।मिसन ८४ पुरा गर्न जनप्रतिनिधिको काम महत्वपूर्ण हुने भएकोले पार्टी कमिटीका अधिवेशन र बैठकहरु नियमित हुनुपर्ने नेकपा एमाले अनुशासन आयोगकी सदस्य लक्ष्मी देबी भण्डारीले बताएकी छन्उर्लाबारी नगर कमिटीको पूर्ण बैठकमा बोल्दै नेतृ भण्डारीले सम्पूर्ण कार्यकर्ताहरुलाई पार्टीको सर्कुलर अनुसार काम गर्न निर्देशन दिएकी छन् ।कार्यक्रममा पार्टीका मोरङ जिल्ला उपाध्यक्ष बाबुराम कार्कीले बर्तमान राजनीतिको चर्चा गर्दै समुदाय संरक्षण गर्न जरूरी रहेको बताएका छन् । उनले पार्टी सञ्चालन गर्दा संस्थागत रुपमा निर्णय गरिनुपर्ने र चेत आलोचनात्मक हुनुपर्ने बताएका छन् । उनले उर्लाबारीलाई हेर्ने नजर माथिल्लो कमिटीमा पनि फरक आइरहेकोले सक्रियता पूर्बक काम गर्नुपर्ने बताएका छन्। उनले नीति,नेतृत्व , पारदर्शी, जवाफदेही, उत्तरदायी हुनुपर्दछ…
