एसइई आजदेखि सुरु,पाँच लाख परीक्षार्थी सहभागी हुने
काठमाडौँ, चैत १५ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा सहभागी हुन मुलुकभरबाट पाँच लाख चार हजार ४१४ जना परीक्षार्थीले रजिस्ट्रेसन फाराम भरेका छन् । सबैभन्दा बढी परीक्षार्थी काठमाडौँका ३८ हजार ८१३ जना र सबैभन्दा कम जापानका २३ जना रहेको पनि बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिनुभयो । तीमध्ये छात्राको सङ्ख्या दुई लाख ५० हजार ७७२ र छात्रको सङ्ख्या दुई लाख ५३ हजार ६२७ रहेको…
