बाँकेमा हावाहुरीले पोल ढलेपछि
नेपालगन्ज, चैत २८ गते । बाँकेमा बुधबार राती आएको भिषण हावाहुरीका कारण ठाउँठाउँमा विद्युतका पोल ढलेर क्षतिग्रस्त भएपछि जिल्लाका अधिकांश स्थानको विद्युत सेवा बुधवार रातीबाटै अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले दिएको जानकारी अनुसार भिषण हावाहुरीले धेरै ठाउँका बिद्युत पोलहरु ढालेर क्षतिग्रस्त बनाएकोले बुधवार रातीबाटै नेपालगन्ज लगायत जिल्लाका बिभिन्न ठाउँमा बिद्युत सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले हावाहुरीले विभिन्न ठाउँका पोल र तारहरु ढालेर क्षति पुर्याउँदा विद्युत सेवा अवरुद्ध भएको बताउनुभयो । उहाँले बुधवार रातीबाटै बिहिबार विहानसम्म हावाहुरीसंगै बर्षासमेत भएकोले राती काम गर्न नसकिएकोले मर्मत सम्भार र बिद्युत…
