कस्तो बन्ला गोरुसिंगे चन्द्रौटा ४ लेन सडक?

कस्तो बन्ला गोरुसिंगे चन्द्रौटा ४ लेन सडक?

कपिलवस्तु, पुस २० गते । सडक निर्माण गर्दा जनताले सास्ती नपाउन भन्ने उद्देश्यले गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड “लेफ्ट साइड वाइडनिङ कन्सेप्ट” मा डिजाइन गरिएको छ । बुटवल नारायणगढ सडक निर्माणमा स्थानीय जनता र यात्रुहरूले पाएको सास्ती हटाउन नेपालमा पहिलो पटक नयाँ कन्सेप्ट प्रयोग गरिने भएको छ । बुटवल गोरुसिङ्गे सडक खण्डमा पनि यही कन्सेप्ट प्रयोग गर्ने सोच रहेको छ । पहिला सबै भत्काएर सडक निर्माण गरिन्थ्याे । “लेफ्ट साइड वाइडनिङ कन्सेप्ट” मा हाल प्रयोगमा आएको सडकको वायाँ छेउ तर्फको सडक विस्तार हुनेछ । नयाँ बन्ने पुल पनि बायाँ तर्फ निर्माण हुने छ । बायाँ तर्फको निर्माण सकिए पछि हाल प्रयोगमा आएको…
बुद्धभूमि मेयर कप फुटबल: वडा नम्बर १ र ४ को विजयी सुरुवात

बुद्धभूमि मेयर कप फुटबल: वडा नम्बर १ र ४ को विजयी सुरुवात

कपिलवस्तु, पुस ५ –कपिलवस्तुको बुद्धभूमि नगरपालिकाद्वारा आयोजित मेयर कप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। नगरप्रमुख केशव कुमार श्रेष्ठले खेलको औपचारिक उद्घाटन गर्नुभएको यस प्रतियोगिताको पहिलो दिन वडा नम्बर १ र वडा नम्बर ४ विजयी भएका छन्। पहिलो खेलमा, वडा नम्बर ४ ले सशक्त प्रदर्शन गर्दै वडा नम्बर ३ लाई २-० गोल अन्तरले पराजित गर्‍यो। खेलमा वडा नम्बर ४ का खेलाडीहरूले उत्कृष्ट तालमेल प्रदर्शन गरे। त्यसैगरी, दोस्रो खेलमा वडा नम्बर १ ले उपाधि दावेदार मानिएको वडा नम्बर २ लाई एकतर्फी खेलमा ५-० को भारी गोल अन्तरले पराजित गर्‍यो। वडा नम्बर २ ले खेलभरि गोलको खाता खोल्न नसक्दा लज्जास्पद हार बेहोर्नुपर्‍यो।…
सुनवलमा बस र ट्रक ठोकियो

सुनवलमा बस र ट्रक ठोकियो

नवलपरासी पुस ५ गते । नवलपरासीको सुनवल(७ ज्यामिरेमा यात्रु बस र ट्रक एकआपसमा ठोकिदा बसमा सवार १७ जना यात्रु घाइते भएका छन ।बर्दघाटबाट बुटवलतर्फ आइरहेको लु १ ख ९४६७ नं को माइक्रोले साइकल यात्रीलाई ठक्कर दिएर अनियन्त्रीत भइ विपरित दिशाबाट आएको सुदुरपश्चिम ००१ ख २४४२ नं को ट्रकसंग ठोकिन पुगेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।दुर्घटनामा परी माइक्रोबसमा सवार १७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर छ । घाइतेको देवदह भलुहीस्थित देवदह मेडिकल कलेजमा उपचार भैरहेको जनाइएको छ । सवारी चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसान्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक सुनार उत्कृष्ट प्रहरीको रुपमा सम्मानित

प्रहरी निरीक्षक सुनार उत्कृष्ट प्रहरीको रुपमा सम्मानित

जानु पाण्डे,कपिलवस्तु पुस ५ गते ।इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक बिर बहादुर सुनार मङ्सिर महिनाको उत्कृष्ट प्रहरी घोषित हुनु भएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी दान बहादुर कार्कीले निरीक्षक सुनारलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नु भएको हो । सम्मान कार्यक्रममा बोल्दै डिआईजी कार्कीले अपराध न्यूनिकरण, जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउनको लागी सकृय रहन निर्देशन दिनु भएको थियो ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले प्रत्येक महिनामा प्रहरी युनिटमा सिर्जनात्मक, सकारात्मक, र उत्कृष्ट कार्यमा आधारित प्रतिस्पर्धा गराउँदै उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ । यस महिनाका लागि निरीक्षक सुनारको कार्यको उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख…
बुद्धभूमि महोत्सव १९ गते बुधबार दुर्गेस थापा र नविना सिलवाल (खुइली) आउदै

बुद्धभूमि महोत्सव १९ गते बुधबार दुर्गेस थापा र नविना सिलवाल (खुइली) आउदै

चौथो बुद्धभूमि महोत्सवमा १९ गते बुधबार दुर्गेश थापा र नविना सिलवाल (खुइली) को प्रस्तुती रहने छ। दुर्गेश थापा र नविना सिलवाल (खुइली) संगै गायक अनिल पहाडी, डान्सर सदिक्षा चौधरी र महिमा क्षेत्रीको प्रस्तुति रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १९ सम्म महोत्सव संचालन हुदै छ।
दर्शकको उत्साहजनक भिड बढेपछि चौथो बुद्धभूमि महोत्सव २ दिन थपियो

दर्शकको उत्साहजनक भिड बढेपछि चौथो बुद्धभूमि महोत्सव २ दिन थपियो

“कृषि उधोक, व्यापार, पर्यटन, सांस्कृति र स्वरोजगार, आत्मनिर्भर, शिपयुक्त, सवाल र समृद्द हाम्रो नगर” भन्ने मुलनाराका साथ संचालन भइरहेको महोत्सवमा दर्शकको उत्साहजनक भिड बढेपछि चौथो बुद्धभूमि महोत्सव २ दिनका लागि थप गरिएको महोत्सवका संयोजक तथा उद्योग बाणिज्य संघ बुद्धभूमिका अध्यक्ष शुभलाल भुसालले जानकारी दिए । यस महोत्सवलाई प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले समुद्घाटन गरेका थिए । महोत्सवमा बालउद्यान , विभिन्न घरायसी सामानका स्टलहरु , लत्ताकपडाका स्टलहरु , होटलका स्टलहरु , अटोमोबाइलसंग सम्बन्धित स्टलहरु, गरि १०० भन्दा बढी स्टल रहेको स्टल संयोजक धुर्व भुसालले बताए । चौथो बुद्धभूमि महोत्सव बुद्धभूमि -२ मा गोरुसिंगेमा मंसिर ६ गतेदेखि सुरु भएको हो…
बुद्धभूमि महोत्सव १८ गते मङ्गलबार प्रिती पासवान आउदै

बुद्धभूमि महोत्सव १८ गते मङ्गलबार प्रिती पासवान आउदै

चौथो बुद्धभूमि महोत्सवमा १८ गते मंगलबार प्रिती पासवानको प्रस्तुती रहने छ। प्रिती संगै ख्याती प्राप्त चचित गायक संजिव सिह राना, गायिका शिला गुरुङ्ग, डान्सर बबिता धिताल र सविता भुसालको प्रस्तुति रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १९ सम्म महोत्सव संचालन हुदै छ।
बुद्धभूमि महोत्सव १७ गते सोमबार चर्चित गायिका अन्नु चौधरी आउदै

बुद्धभूमि महोत्सव १७ गते सोमबार चर्चित गायिका अन्नु चौधरी आउदै

चौथो बुद्धभूमि महोत्सवमा १६ गते आइताबार चर्चित गायिका एलिना चौहानको प्रस्तुती रहने छ। एलिना संगै ख्याती प्राप्त चचित थारु कलाकार श्रीनिवास थारु, लोक तथा दोहोरि गायिका तारा थापा, हास्यव्यंग्य कलाकार माइला बा, गायक तथा उद्घोषक ढाकाराम पौडेल र कपिलवस्तु कला केन्द्रको प्रस्तुति रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ। चौथो बुद्धभूमि महोत्सवमा १६ गते आइताबार चर्चित गायिका एलिना चौहानको प्रस्तुती रहने छ। एलिना संगै ख्याती प्राप्त चचित थारु कलाकार श्रीनिवास थारु, लोक तथा दोहोरि गायिका तारा थापा, हास्यव्यंग्य कलाकार माइला बा, गायक तथा उद्घोषक ढाकाराम पौडेल र कपिलवस्तु कला…
बुद्धभूमि महोत्सव १६ गते आइतबार धोकेबाज गायिका एलिना चौहान आउदै

बुद्धभूमि महोत्सव १६ गते आइतबार धोकेबाज गायिका एलिना चौहान आउदै

चौथो बुद्धभूमि महोत्सवमा १६ गते आइताबार चर्चित गायिका एलिना चौहानको प्रस्तुती रहने छ। एलिना संगै ख्याती प्राप्त चचित थारु कलाकार श्रीनिवास थारु, लोक तथा दोहोरि गायिका तारा थापा, हास्यव्यंग्य कलाकार माइला बा, गायक तथा उद्घोषक ढाकाराम पौडेल र कपिलवस्तु कला केन्द्रको प्रस्तुति रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।
बुद्धभूमि महोत्सव १५ गते सनिबार चर्चित गायिका प्रिती आले आउदै

बुद्धभूमि महोत्सव १५ गते सनिबार चर्चित गायिका प्रिती आले आउदै

चौथो बुद्धभूमि महोत्सवमा १५ गते सनिबार चर्चित गायिका प्रिती आले, थारु गायक सानु थारु, गायक सुशील आचार्य,गायिका विष्णु श्रीपाली, गायक तथा उद्घोषक ढाकाराम पौडेल र कपिलवस्तु कला केन्द्रको प्रस्तुति रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।