कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ इमिलियामा स्पोर्टस चप्पल निर्माण गर्ने उद्योग सञ्चालनमा आएको छ । दुई करोडको लागतमा प्लास्टिक र रबरको दाना तताएर चप्पल निर्माण गर्ने उद्योग निर्माण भएको सञ्चालक दयाराम आचार्यले बताउनु भयो । भारतबाट चप्पल आयात गरी बेच्दै आएका आचार्य सहित ३ जनाको लगानीमा उद्योग सञ्चालन गरिएको छ ।
आयात गर्दाको सास्ती, मूल्य तथा गुणस्तरमा बेला बेला समस्या भए पछि उद्योग खोल्ने सोच आएको आचार्यले बताउनु भयो । आयात गर्नु भन्दा स्वदेशमा उत्पादन गर्दा सस्तो पर्ने र चाहे जस्तो गुणस्तर निर्माण गर्न सकिने भए पछि स्थानीय स्तरमा उद्योग सञ्चालन गरेको बताइएको छ । मुन स्टार फुटवेयर प्रा.लि.को नाममा दर्ता रही फागुन देखी उत्पादन गरी बिक्री वितरण सुरु गरिएको छ ।
उद्योगबाट साना बालबालिका देखी ठुला मानिसले प्रयोग गर्ने चप्पल उत्पादन हुन्छ । उत्पादन भएका चप्पल स्थानीय बजार देखी बुटवल, नारायणगढ, पोखरा, काठमाडौँ लगायतका स्थानमा माग भएको जनक प्रसाद बेल्वासेले बताउनु भयो । केही वर्ष भित्र प्लास्टिकको दाना निर्माण गर्ने प्लान्ट सँगै स्पोर्टस जुत्ता उत्पादन गर्ने समेत लक्ष्य रहेको हरि प्रसाद भुसालले बताउनु भयो ।
दुई करोडको लगानीमा स्पोर्टस चप्पल उद्योग
प्लास्टिक र रबरको दाना तताएर चप्पल निर्माण गर्ने उद्योग निर्माण भएको सञ्चालक दयाराम आचार्यले बताउनु भयो

