टाई ब्रेकरमा थ्रिस्टारको रोमाञ्चक जित, सेमिफाइनलमा प्रवेश
जानु पाण्डेकपिलवस्तु, फागुन १६ – दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्ड कपमा थ्रिस्टार क्लबले हनामी विएफसी चितवनलाई रोमाञ्चक टाई ब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि टाई ब्रेकरमा थ्रिस्टारले ४–२ को जित निकालेको हो। खेलको दोस्रो हाफमा थ्रिस्टारका जर्सी नम्बर १० का आशिस गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर दबाबमा रहेको विएफसीका जर्सी नम्बर २ आश्विन तामाङले उत्कृष्ट गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए। निर्धारित समयसम्म दुवै टोलीले थप गोल गर्न नसक्दा खेल टाई ब्रेकरमा धकेलिएको थियो। टाई ब्रेकरमा थ्रिस्टारका गोलरक्षक आशिस थापा मगर नायक साबित भए। उनले विएफसीका दुई प्रहार रोकेर…
