टाई ब्रेकरमा थ्रिस्टारको रोमाञ्चक जित, सेमिफाइनलमा प्रवेश

टाई ब्रेकरमा थ्रिस्टारको रोमाञ्चक जित, सेमिफाइनलमा प्रवेश

जानु पाण्डेकपिलवस्तु, फागुन १६ – दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्ड कपमा थ्रिस्टार क्लबले हनामी विएफसी चितवनलाई रोमाञ्चक टाई ब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि टाई ब्रेकरमा थ्रिस्टारले ४–२ को जित निकालेको हो। खेलको दोस्रो हाफमा थ्रिस्टारका जर्सी नम्बर १० का आशिस गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर दबाबमा रहेको विएफसीका जर्सी नम्बर २ आश्विन तामाङले उत्कृष्ट गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए। निर्धारित समयसम्म दुवै टोलीले थप गोल गर्न नसक्दा खेल टाई ब्रेकरमा धकेलिएको थियो। टाई ब्रेकरमा थ्रिस्टारका गोलरक्षक आशिस थापा मगर नायक साबित भए। उनले विएफसीका दुई प्रहार रोकेर…
मछिन्द्र क्लब सेमिफाइनलमा, हिमालयन सेर्पालाई टाईब्रेकरमा पराजित

मछिन्द्र क्लब सेमिफाइनलमा, हिमालयन सेर्पालाई टाईब्रेकरमा पराजित

मछिन्द्र क्लब दोस्रो मुख्यमन्त्री कपिलवस्तु (तिलौराकोट) गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न खेलमा हिमालयन सेर्पालाई टाईब्रेकरमा ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। निर्धारित ९० मिनेटको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्न सकेनन्, जसका कारण खेल टाईब्रेकरमा पुगेको थियो। टाईब्रेकरमा मछिन्द्रका असिम गुरुङ, पूजन श्रेष्ठ र कप्तान सौरभ सुब्बाले गोल गर्दै टिमलाई जित दिलाए। खेलको नायक बनेका गोलरक्षक सन्तोष महतले हिमालयन सेर्पाका तीन प्रहार रोक्दै टोलीलाई सेमिफाइनलसम्म पुर्‍याए। अब मछिन्द्रले फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लब र डिजोन्जी एफसी (सिक्किम) बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यसअघि, उद्घाटन खेलमा आयोजक कपिलवस्तु ११ सङ्कटा…
बुद्धभूमि मेयर कप फुटबल: वडा नम्बर १ र ४ को विजयी सुरुवात

बुद्धभूमि मेयर कप फुटबल: वडा नम्बर १ र ४ को विजयी सुरुवात

कपिलवस्तु, पुस ५ –कपिलवस्तुको बुद्धभूमि नगरपालिकाद्वारा आयोजित मेयर कप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। नगरप्रमुख केशव कुमार श्रेष्ठले खेलको औपचारिक उद्घाटन गर्नुभएको यस प्रतियोगिताको पहिलो दिन वडा नम्बर १ र वडा नम्बर ४ विजयी भएका छन्। पहिलो खेलमा, वडा नम्बर ४ ले सशक्त प्रदर्शन गर्दै वडा नम्बर ३ लाई २-० गोल अन्तरले पराजित गर्‍यो। खेलमा वडा नम्बर ४ का खेलाडीहरूले उत्कृष्ट तालमेल प्रदर्शन गरे। त्यसैगरी, दोस्रो खेलमा वडा नम्बर १ ले उपाधि दावेदार मानिएको वडा नम्बर २ लाई एकतर्फी खेलमा ५-० को भारी गोल अन्तरले पराजित गर्‍यो। वडा नम्बर २ ले खेलभरि गोलको खाता खोल्न नसक्दा लज्जास्पद हार बेहोर्नुपर्‍यो।…
डोरीको साहसिक यात्रामा कसले जित्यो?

डोरीको साहसिक यात्रामा कसले जित्यो?

कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित राजापानीको एउटा पोखरीमाथि डोरी तन्काइएको थियो। डोरीको दुरी लगभग ४८ मिटर। चुनौती थियो, डोरीमा राखिएका रिङ समाउँदै कम समयमा पोखरी पार गर्ने। यसै खेलमा बुधवार बिहान विशाल थारु आफ्नो उत्साह र साहसको पराकाष्ठा देखाउँदै, खेल सकिनासाथ आफ्नो विजय सुनिश्चित गरे। पहिलो साहसिक खेलाडी बनेर ५१ हजार १ सय ११ रुपैयाँको नगद पुरस्कार समेत जिते। विशालको पछि, सिनियर समूहका अन्य प्रतिस्पर्धीहरू पनि आफ्नो पूरा जोशमा थिए। तर, दोस्रो स्थानमा सुशील थारु २५ हजार १ सय ११ रुपैयाँ लिएर बसे भने तेस्रो स्थानमा रोशन श्रेष्ठले १५ हजार १ सय ११ रुपैयाँको पुरस्कार प्राप्त गरे। हरेकको अनुहारमा थकान थियो, तर…
कपिलवस्तुको राजापानिमा पहिलो पटक पोखरी क्रस गर्ने साहसिक खेल आयोजना

कपिलवस्तुको राजापानिमा पहिलो पटक पोखरी क्रस गर्ने साहसिक खेल आयोजना

कपिलवस्तु, असोज १६ – कपिलवस्तुको चर्चित पर्यटकीय क्षेत्र राजापानिमा पहिलो पटक डोरीको सहायताले पोखरी पार गर्ने साहसिक खेल (पोण्ड क्रस विथ रोप) आयोजना गरिने भएको छ। लायन्स क्लब कपिलवस्तुको आयोजनामा असोज २३ गतेदेखि खेल सुरु हुने जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको छ। कार्यक्रम संयोजक राम सुभागे थारुले जानकारी दिए अनुसार, यो खेल बालबालिका (८ देखि १६ वर्ष उमेर समूह) र वयस्क समूह गरी दुई विधामा हुनेछ। प्रतियोगितामा ५० मिटरको दुरीमा तन्काइएको रस्सीमा झुन्डाइएको रिङहरू पार गर्दै बालबालिकाले २५ मिटर र वयस्कहरूले ४८ मिटर पार गर्नुपर्नेछ। सबैभन्दा छिटो यो दुरी पार गर्ने आधारमा विजेता घोषणा गरिनेछ। लायन्स क्लबका अध्यक्ष नवदत्त घिमिरेले यस…
तिलौराकोट गोल्डकपको प्रि म्याच कन्फ्रेन्स : उत्कृष्ट प्रदर्शन गरी नजिता ल्याउने दुवै टिमको दावी

तिलौराकोट गोल्डकपको प्रि म्याच कन्फ्रेन्स : उत्कृष्ट प्रदर्शन गरी नजिता ल्याउने दुवै टिमको दावी

कपिलवस्तु चैत्र २३ गते ।कपिलवस्तुमा जारी तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता दुवै टिमले जितको तयारी गरेको बताइएको छ । शनिवार हुने फाइनल खेलको पूर्व सन्ध्यामा कपिलवस्तु जिल्ला फुटबल सङ्घले आयोजना गरेको ‘प्रि म्याच कन्फ्रेन्स’मा बोल्दै दुवै टिमका प्रशिक्षकले युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गर्नु भएको छ । शनिवार नेपाल पुलिस क्लब र हनामी विएफसी चितवन बिच फाइनल खेल हुदैछ ।कन्फेन्समा बोल्दै पुलिसका प्रशिक्षक चेतन घिमिरेले आफ्ना खेलाडीले ए डिभिजन लिगको योजना सहित खेल प्रदर्शन गर्ने बताउनु भयो । खेलाडीहरूले नियमित अभ्यास गर्नु भएको छ । कुनै खेलमा रिजल्ट नआए पनि उत्कृष्ट प्रदर्शन भएको छ । सेमिफाइनलमा प्रतियोगिताको उत्कृष्ट टिमलाई हराएका…
तिलौराकोट गोल्डकप सुदूर पश्चिमलाई हराउँदै विएफसी चितवन फाइनलमा

तिलौराकोट गोल्डकप सुदूर पश्चिमलाई हराउँदै विएफसी चितवन फाइनलमा

कपिलवस्तु चैत्र २२ गते ।हनामी विएफसी चितवन तिलौराकोट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम– ११ लाई ३–० गोल अन्तरले पराजित गर्दै विएफसीले फाइनलको यात्रा तय गरेको छ । फाइनलमा विएफसीले नेपाल पुलिस क्लबको सामना गर्ने छ ।विएफसीको लागि खेलको १३ औँ मिनेटमा विवेक गुरुङले पहिलो गोल गर्नु भयो । ३६ औँ मिनेटमा विकास थापाले गोल गर्दै अग्रतालाई दोब्बर बनाउनु भयो । थापाले ६२ औँ मिनेटमा गोल गर्दै सुदूर प्रतियोगिताबाट बाहिरिएको छ । दुई गोल गर्नु भएको थापा ‘म्यान अफ द म्याच’ हुनु भयो । सुदूरका कप्तान फागु राम थारु र धिरेन्द्र शाहले पहेँलो कार्ड पाउनु भयो । यसै गरी…
थ्री स्टारलाई हराउँदै पुलिस फाइनलमा

थ्री स्टारलाई हराउँदै पुलिस फाइनलमा

कपिलवस्तु चैत्र २० गते । नेपाल पुलिस क्लब तिलौराकोट गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । बुधवार सम्पन्न खेलमा थ्री स्टार क्लबलाई हराउँदै विभागीय पुलिस फाइनलमा पुगेको हो ।सिनियर खेलाडी सहितको थ्री स्टार १–० गोल अन्तरले पराजित भएको छ । खेलको ५१ औँ मिनेटमा पुलिसको लागि जर्सी नम्बर १८ का विवेक पाण्डेले गोल गर्नु भयो । उहाँ म्यान अफ द म्याच चुनिनु भएको थियो ।खेलको अन्तिम समयमा थ्री स्टारले डी एरिया नजिकै फ्रिकिक हान्ने अवसर पाए पनि गोल हुन सकेन । पुलिसका किपर सन्जित श्रेष्ठले डाइभ हान्दै प्रहार विफल पारेका थिए । थ्री स्टारबाट पूर्व राष्ट्रिय टिमका कप्तान बिराज महर्जन,…
जनमतमा आजको प्रश्न  तिलौराकोट गोल्डकप प्रतियोगिताको बुधवार हुने पहिलो सेमिफाइनल खेलको रहेको छ

जनमतमा आजको प्रश्न तिलौराकोट गोल्डकप प्रतियोगिताको बुधवार हुने पहिलो सेमिफाइनल खेलको रहेको छ

कपिलवस्तुमा जारी प्रथम तिलौराकोट गोल्डकप प्रतियोगिताको बुधवार हुने पहिलो सेमिफाइनल खेलमा विजयी हुदै फाइनलमा पुग्ने पहिलो टिम कुन हुनेछ ? [forminator_poll id="2998"]
साहारालाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश

साहारालाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश

जानु पाण्डेकपिलवस्तु समाचारदाता, कपिलवस्तु चैत्र १९ गते ।नेपाल पुलिस क्लब तिलौराकोट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमवार साहारा क्लब लाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । पुलिसका लागि शिशिर चौधरीले गोल गर्नु भएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा पृथ्वी चौधरीको पासमा शिशिरले गोल गर्नु भएको थियो ।दोस्रो हाफको १७ मिनेटमा साहारा गोल हान्ने अवसर गुमाएको थियो । पुलिसका खेलाडीले डिबक्समा हातले बल छोए पछि साहाराले पेनाल्टी हान्ने अवसर पाएको थियो । साहाराका कप्तान सुशील लामा दायाँ छेउमा हानेको बल प्रहरीका गोल किपर सन्जीत श्रेष्ठले रोक्नु भएको थियो । पुलिसले थ्रि स्टार क्लब सँग…