विद्यार्थीलाई न्यानो पोसाक वितरण

विद्यार्थीलाई न्यानो पोसाक वितरण

कपिलवस्तु, पुस २६ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेको शिवशक्ति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो पोसाक वितरण गरिएको छ। स्वावलम्बन लघुवित्त वित्तीय संस्था ठाडा शाखा कार्यालय तथा बुद्धभूमि यूथ सोसाइटीको सहयोगमा विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो पोसाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक जानका पन्थीले जानकारी दिनुभयो। स्वावलम्बन लघुवित्त ठाडा शाखा कार्यालयका प्रबन्धक नारायण भण्डारीले ४३ जना विद्यार्थीलाई न्यानो पोसाक वितरण गर्नुभएको थियो। त्यसै गरी बुद्धभूमि यूथ सोसाइटीले बुद्धभूमि महोत्सवमा पार्किङ शुल्कबाट सङ्कलित रकममार्फत ३६ जना विद्यार्थीलाई न्यानो पोसाक वितरण गरेको सोसाइटीका अध्यक्ष शङ्कर महराले बताउनुभयो। दुवै संस्थाबाट करिब ६० हजार रुपैयाँ बराबरको न्यानो पोसाक सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ।
Read More
बुद्धभूमि महोत्सव मंसिर १२ मा ज्योति, बिन्दु र सजिनाको प्रस्तुति

बुद्धभूमि महोत्सव मंसिर १२ मा ज्योति, बिन्दु र सजिनाको प्रस्तुति

पाँचौँ बुद्धभूमि महोत्सवमा मंसिर १२ गते पनि चर्चित कलाकारहरूको आकर्षक प्रस्तुति रहने भएको छ। बुद्धभूमि–२, गोरुसिङ्गेमा जारी महोत्सव अन्तर्गत सो दिन लोकप्रिय गायिका ज्योति मगर र बिन्दु परियारका साथमा मोडेल तथा डान्सर सजिना चौधरी स्टेजमा प्रस्तुति दिनेछन्। मंसिर ४ गतेदेखि सञ्चालनमा आएको महोत्सव कृषि, उद्योग, व्यापार, पर्यटन तथा संस्कृतिको प्रवर्द्धनका साथै स्थानीय प्रतिभा र व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हो। महोत्सव मंसिर १६ गतेसम्म निरन्तर चल्नेछ।
Read More
कपिलवस्तुमा रक्तदाता खोज्नै सकस, आकस्मिक बिरामी उपचारमा चुनौती

कपिलवस्तुमा रक्तदाता खोज्नै सकस, आकस्मिक बिरामी उपचारमा चुनौती

कपिलवस्तु, साउन ३१ गते ।कपिलवस्तु अस्पताल तौलिहवामा एक सुत्केरी आमा जीवन र मृत्युको दोसाधमा थिइन् । जन्मन नपाउँदै सात महिनाको गर्भ गुमाएकी ती महिलालाई चिकित्सकले तत्काल ४ पोकासम्म एबी पोजेटिभ रगत आवश्यक रहेको बताए । तर परिवारले जहाँतही खोज्दा पनि रगत जुटाउन सकेन ।हतार–हतार दौडधूपपछि तौलिहवाको रक्तसञ्चार केन्द्रबाट एक पोका मात्र रगत उपलब्ध भयो । बाँकी रगत खोजी असफल भएपछि परिवारजनले सामाजिक सञ्जालमार्फत अपिल गरे । “कसैसँग एबी पोजेटिभ छ भने तुरुन्त रगत आवश्यक छ ।”पत्रकार बासुदेव बर्माले फेसबुकमा राखेको त्यो अपिल सशस्त्र प्रहरी बल २८ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नेत्र केसीको नजरमा प¥यो । कुनै विलम्ब नगरी…
Read More
सम्झना रणपालको तिज गित “फर्की हेर्यौ नक्कले” सार्वजनिक

सम्झना रणपालको तिज गित “फर्की हेर्यौ नक्कले” सार्वजनिक

नेपाल टिभि न्युजहरितालिका तीजको रौनक झनझन चुलिँदै जाँदा नेपाली सांगीतिक बजार पनि झनै तातिएको छ। यतिबेला कलाकारहरू, गायक–गायिकाहरू, संगीतकारहरू सबै तीज विशेष गीतहरूमा व्यस्त छन्। यसैबीच गायिका सम्झना रणपालको आवाजमा सजिएको "फर्की हेर्यौ नक्कले" बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ। यो गीतमा मौलिकता र परम्पराको संगालो छ। रमाइलो लय, व्यङ्ग्यात्मक शैली र महिला चेतनाको सन्देश मिसिएको गीत सुन्दा पनि झुम्न बाध्य बनाउँछ। सम्झना रणपाल, मोहित मुनाल र लक्ष्मी बस्नेतको आवाजले गीतमा ऊर्जा थपेको छ।गीतका शब्द लेखक बिक्रमबाबु विश्वकर्माले परम्परागत तीजको भावना र आजको समाजबीचको अन्तरलाई सरल तर प्रभावशाली ढंगले प्रस्तुत गरेका छन्। लय संयोजन झबिन नेपालीको रहेको छ, जसले…
Read More
जन ज्योति वनमा हरियालीको उत्सव: ३ हजार बढी बिरुवा रोपिए

जन ज्योति वनमा हरियालीको उत्सव: ३ हजार बढी बिरुवा रोपिए

बुद्धभूमि, कपिलवस्तु —बुद्धभूमि नगरपालिका–३, मोर्मिमा अवस्थित जन ज्योति सामुदायिक वन उपभोक्ता समूहले साउने सक्रान्तिको अवसर पारेर बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत वन क्षेत्रभित्र ३ हजार बढी विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। कार्यक्रमबारे जानकारी दिँदै सामुदायिक वनका सचिव विष्णु चौधरीले भने, “गत आर्थिक वर्ष ०८१/०८२ मा कटान गरिएको क्षेत्रमा हामीले उपभोक्ताको सक्रिय सहभागितामा नयाँ बिरुवा रोपेका छौं। हरियालीको संरक्षण, तापक्रम नियन्त्रण र स्थानीय जीवनस्तर उकास्न वृक्षारोपण अत्यावश्यक छ।” उनले आगामी दिनमा अझ व्यापक रूपमा वृक्षारोपणलाई निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गरे। वनका अध्यक्ष राम दुलारे थारुले वनलाई मानव जीवनको मेरुदण्ड भन्दै संरक्षणको महत्वमा जोड दिए। उनले भने, “स्वस्थ…
Read More
बुद्धभूमि ५ का १७२ जना किसानलाई स्प्रे टंकि वितरण

बुद्धभूमि ५ का १७२ जना किसानलाई स्प्रे टंकि वितरण

नेपाल टिभि न्युज बुद्धभूमि कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ का १७२ जना कृषकलाई स्प्रे टंकि बितरण गरिएको छ । मंगलबार वडा अध्यक्ष रोम बहादुर थापाले कृषकहरुलाई स्प्रे टंकि वितरण गर्नुभएका हो । वडाले किसानहरुलाई सहज होस भन्ने उद्देश्यले स्प्रे टंकि विरतण गरिएको थापाले बताउनुभयो । वडाले विगतामा पनि प्रत्येक वर्ष किसानहरुका लागि विभिन्न कार्यक्रमहरु गर्ने गरेको र आगामि दिनमा पनि निरन्तर गर्ने उहाको भनाई छ । वडामा अझै पनि सिचाई मलखाद विउविजन समयमै नपाउने लगाएतका समस्याहरु रहेकोले त्यसको लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो । साना किसान देखि ठुला किसान सम्मलाई माग भए बमोजिम वितरण गरिएको बताउनुभयो ।
Read More
आगलागीमा जलेर एक जनाको मृत्यु

आगलागीमा जलेर एक जनाको मृत्यु

     कैलाली, १९ जेठ             गौरीगंगा नगरपालिका-१० जवलपुर बस्ने ४६ वर्षीय अनिल चौधरीको कच्ची गोठको माथिल्लो तलामा गए राति आगलागी हुँदा उक्त आगलागीमा जलेर सोही गोठको माथिल्लो तलामा सुतेका अनिलको बुबा ७२ वर्षीय कुक्रु डगौरा थारूको घटनास्थलमै मृत्यु भएको छ । आगलागीबाट गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।             यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read More
कपिलवस्तुमा अचम्मको घटना : खेतमा चर्दै गर्दा एक्कासी मरे ६ वटा भैँसी

कपिलवस्तुमा अचम्मको घटना : खेतमा चर्दै गर्दा एक्कासी मरे ६ वटा भैँसी

कपिलवस्तु जेठ २० गते ।कपिलवस्तुको विजयनगर गाउँपालिका–५, नौरंगियामा घाँस चर्दै गरेका ६ वटा भैँसीको अकस्मात मृत्यु भएको छ । स्थानीय राम किशोर यादवले छिमेकी शिवनाथ यादवको खेतमा आफ्ना ७ वटा भैँसी चराउन लगेका थिए । खेतमा घाँस चर्दै गरेका बेला भैँसीहरू एक्कासी ढल्न थालेपछि बाँकी भैँसीलाई तत्काल त्यहाँबाट हटाइएको थियो ।स्थानीय समाजसेवी लोकेश थापाका अनुसार, मृत भएका भैँसी व्याउने तयारी अवस्थामा थिए । धेरै संख्यामा भैँसीको अकस्मात मृत्युको कारण अझै पुष्टि हुन सकेको छैन । इलाका प्रहरी कार्यालय गणेशपुरले घटनास्थलको निरीक्षण गरिरहेको र परीक्षण रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने हर्ष बहादुर चन्दले बताउनु भयो ।
Read More
श्राद्धमा खाना खाएका एक सय १० जना बिरामी

श्राद्धमा खाना खाएका एक सय १० जना बिरामी

रोल्पा, जेठ १८ गते । जिल्लाको रोल्पा नगरपालिका–३ चौरपानीका एक सय १० जना एकै दिन बिरामी परेका छन् । बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी विजय चापागाईंले जानकारी दिनुभयो ।  स्थानीय तिलप्रसाद रोकाको घरमा श्राद्धमा खाना खाएका मध्ये एक सय १० जना बिरामी परेको हुन् । वडा अध्यक्ष राजकुमार पुरीले रोकाको घरमा श्राद्धमा एक सय ५० जनाले खाना खाएका थिए । त्यसमध्ये एक सय १० जना बिरामी परेको जानकारी दिनुभयो । बिरामीहरुमा ज्वरो आउने, लगातार बान्ता र पखाला हुने समस्या देखिएपछि स्थानीय खुमेल स्वास्थयचौकीमा पुर्‍याइएको थियो । प्रहरीका अनुसार हालसम्म एक सय दुई जना…
Read More
मेलम्ची खोलामा फस्यो भूमिमन्त्री वलराम अधिकारी सवार गाडी

मेलम्ची खोलामा फस्यो भूमिमन्त्री वलराम अधिकारी सवार गाडी

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका शेरास्थित मेलम्ची खोलाको रातो पुलमा शनिबार दिउँसो खोला तर्ने क्रममा मन्त्री अधिकारी सवार गाडी फसेको हो । उक्त गाडी केहीबेर खोलामा फसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार गाडीको उद्धार भइसकेको छ । प्रहरीले बताए अनुसार, कार्यक्रमका लागि जाने क्रममा मन्त्री अधिकारीको गाडी खोलामा फसेको थियो । अनलाईन खवरबाट साभार
Read More
//uplcm.com/4/6824010