सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, २८ चैतकैलाली, घोडाघोडी नगरपालिका-२ साडेपानीस्थित सडकमा रोकी राखेको से.१ ख १२६८ नम्बरको मिनि ट्रकमा से.५ प ६९४४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गौरीगंगा नगरपालिका-८ बस्ने ४५ वर्षीय अमर बमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।इलाम, इलाम नगरपालिका-७ जिरोस्थित सडकमा को.१ त ७३४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक इलाम घर भएका ४० वर्षीय सुवास तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको…
बुद्धभूमिका युवा युवतीलाई नेशनल लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

बुद्धभूमिका युवा युवतीलाई नेशनल लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

नेपाल टिभि न्युज बुद्धभूमि ब्युरोनेशनल लघुवित्त वित्तीय संस्था पत्थरकाेट शाखाको १ दिने वित्तीय साक्षरता कार्यक्रम बुद्धभूमि १ मा सम्पन्न भएको छ । Global Money Week 2025 अन्तरगर्त लघुवित्तले बुद्धभूमिका ७२ युवा युवतीलाई वित्तीय साक्षरताका बारेमा जानकारी गराएको हो।नेशनल लघुवित्त वित्तीय संस्था पत्थरकाेट शाखाका प्रमुख विमल पाेख्रेलले कार्यक्रममा सहभागी भएकाहरुलाई वित्तिय साक्षरता सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।प्रशिक्षक पोख्रेलले कार्यक्रममा सहभागीहरुलाई वित्तिय साक्षरता के हो ? आम्दानी र खर्च व्यवस्थापन बजेट बनाउने, बचतको महत्व, लगानी गर्ने तरिकाहरु, ऋणको व्यवस्थापन, डिजिटल वित्तिय सेवा अपाउने लगायतका विषयहरुमा प्रशिक्षण दिनुभएको थियो ।बुद्धभूमि नगरपालिका वडा १ को हलमा सम्पन्न भएको साक्षरता कार्यक्रमको संचालन उमा जोशीले गर्नुभएको…
मुक्ति समाज जिल्ला कमिटी कपिलवस्तुको बिस्तारित बैठक सम्पन्न

मुक्ति समाज जिल्ला कमिटी कपिलवस्तुको बिस्तारित बैठक सम्पन्न

शम्भु बि.क. नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटी कपिलवस्तुको बिस्तारित बैठक सम्पन्न भएको छ। नेपाल उत्पीडित जातिय मुक्ति समाज कपिलवस्तुका अध्यक्ष राम प्रकट कोरीको अध्यक्षतामा , नेकपा एमाले जिल्ला कमिटी सचिव सि.बि.गहतराजको प्रमुख अतिथ्यतामा सोमबार बिस्तारीत बैठक बसेको अध्यक्ष कोरीले जानकारी गराउनुभयो। मुक्ति समाज तथा पार्टीको सदस्यता र नवीकरण धेरै भन्दा धेरै बढाउनु पर्ने र पार्टीलाई सुदृढ बनाउन सबैले आफ्नो ठाउँ देखि पहल गर्नुपर्ने नेकपा एमाले कपिलवस्तु सचिव प्रमुख अतिथि सि.बि.गहतराजले बताउनुभयो ।  नेपाल उत्पीडित जातिय मुक्ति समाज कपिलवस्तुको अधिबेशन चैत्र १६ गते हुने अध्यक्ष राम प्रकट कोरीले बताउनुभयो । कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका २ गोरुसिङ्गेको त्रिशुली सामुदायिक भवनमा…
नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को पहिलो बैठक सम्पन्न

नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को पहिलो बैठक सम्पन्न

बुद्धभूमि नगरपालिका–९ स्थित बुद्धभूमि क्याम्पसमा नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को पहिलो बैठक सम्पन्न भएको छ। बैठकमा पार्टीका जिल्ला अध्यक्ष बाबुराम खनाल प्रमुख अतिथि रहनुहुन्थ्यो भने क्षेत्रीय संयोजक शुशिला दर्लामीको अध्यक्षता तथा सचिव देवि बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो। बैठकमा प्रदेश कमिटी सदस्य धर्मराज भुषाल, चन्द्रा भट्टराई, लालबहादुर सुनार तथा महाधिवेशन प्रतिनिधि परिषद सदस्य एवं गुठी संस्थानका राष्ट्रिय बोर्ड सदस्य टेकराज पौडेलले आफ्ना धारणा राख्नुभएको थियो। समितिमा क्षेत्र नं. २ अन्तर्गतका जिल्ला कमिटी सदस्य, पालिका पदाधिकारी, ३४ वडाका अध्यक्ष तथा मनोनीत तीन जना सदस्य गरी करिब ९५ जना सदस्य सहभागी रहेको बताइएको छ। बैठकले आगामी तीन…
कुम्भमेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना ३ जनाको मृत्यु

कुम्भमेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना ३ जनाको मृत्यु

रुपन्देहीको देवदह नगरपालिकाबाट भारतको कुम्भमेला स्नान गर्न गएका तीर्थालु चढेको गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । कुम्भमेलाबाट फर्किँदै गर्दा बिहान भारत उत्तर प्रदेशको आजमगढ वाराणसी सडककाे डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको देवदह नगरपालिका प्रवक्ता गणेश डुम्रेले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान गुमाउनेहरूमा देवदह नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय गणेश खनाल, उहाँकी श्रीमती ३५ वर्षीय दीपा खनाल र वडा नम्बर ९ कै ४० वर्षीया गीता शर्मा रहेका छन् । दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् । घाइतेहरूको गोरखपुरमा उपचार भइरहेको छ ।
मानव केन्द्रित जन अभियान कपिलवस्तुको प्रथम जिल्ला अधिबेशन सम्पन्न

मानव केन्द्रित जन अभियान कपिलवस्तुको प्रथम जिल्ला अधिबेशन सम्पन्न

कपिलवस्तु फाल्गुण ४ प्रकृति - मानव केन्द्रित जन अभियान कपिलवस्तुको प्रथम जिल्ला अधिबेशन बुद्धभुमी नगरपालिका स्थित झडुलामाइ आध्यात्मिक प्रतिस्ठान बुड्ढिमा सम्पन्न भयो । प्रदेश अध्यक्ष तथा शिबराज नपाका पुर्व मेयर नेत्रराज अधिकारीको अध्यक्षता जनभियानको केन्द्रिय अध्यक्ष बिन्दुराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अधिबेशनले शिबराज नपा ५ का बाबुराम सापकोटाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा बुद्धभुमी १ पथ्थरकोटका रबिलाल घिमिरे सचिबमा महाराजगन्ज ११ का गङ्गेशनाथ तिवारी , सहसचिबमा बुद्धभुमी ४ का नारायण मल्ल , कोषाध्यक्षमा बाणगङ्गा ५ का जेतप्रसाद खनाल चयन हुनु भएको छ । सदस्यहरुमा बाणगङ्गा १ का ताराजन घिमिरे ,…
कुवेतमा ग्याँस सिलिण्डर विष्फोट हुँदा मृत्यु भएका रोकाको शव नेपाल ल्याइयो

कुवेतमा ग्याँस सिलिण्डर विष्फोट हुँदा मृत्यु भएका रोकाको शव नेपाल ल्याइयो

कुवेतमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक साता अघि मृत्यु भएका तनहुँको एक व्यक्तिको शव नेपाल ल्याइएको छ। बन्दीपुर गाउँपालिका–२ मोहोरिया सरोज रोकाको शव नेपाल ल्याइएको हो। कम्पनीमा काम गरिरहेकै बेला ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते रोकाको गत सोमबार मृत्यु भएको थियो।  रोकाको शव नेपाल ल्याउन नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रेशम गुरुङले पहल गर्नुभएको थियो। गुरुङले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामार्फत कुवेतस्थित नियोगमा सम्पर्क गरि रोकाको शव नेपाल ल्याउन पहल गर्नुभएको थियो।  सुरजको परिवारले शव नेपाल झिकाउन सहयोग गर्न गुरुङलाई अनुरोध गरेका थिए। गुरुङको सहयोगमा सुरजको शव चाँडै नै नेपाल ल्याउन सकिएको मृतकका बुबा लक्ष्मण रोकाले बताउनुभयो।
नेकपा एमाले बिजयनगरको बैठक सम्पन्न, जरा अभियान कार्यक्रमको तयारी तीव्र

नेकपा एमाले बिजयनगरको बैठक सम्पन्न, जरा अभियान कार्यक्रमको तयारी तीव्र

शम्भु बिक कपिलवस्तु फागुन ४ गते । नेकपा एमाले बिजयनगर गाउँ कमिटीको बैठक सम्पन्न भएको छ। बैठक गाउँ कमिटी अध्यक्ष थर्क बहादुर खन्गाहाको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य एवं बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकमा पार्टीको तीन महिने संगठन सुदृढीकरण कार्यक्रम अन्तर्गत जरा अभियानको तयारीका विषयमा छलफल गरिएको थियो। बैठकमा आगामी फागुन ७ गते लुम्बिनी प्रदेशका संस्थापक तथा पूर्व मुख्यमन्त्री प्रशिक्षण दिन बिजयनगर आउने भएकाले त्यसको तयारीलाई विशेष प्राथमिकता दिइएको गाउँ कमिटी अध्यक्ष खन्गाहाले जानकारी दिनुभयो। बैठकमा पार्टी संगठनलाई बलियो बनाउनका लागि सदस्यता वितरण, स्थानीयस्तरमा जनसंपर्क अभिवृद्धि, तथा आगामी राजनीतिक रणनीतिहरूबारे…
सुकुम्वासीलाई जग्गा दिन्छु भनेर भोट मागेका प्रचण्डले भुमि विधेयकको विरोध गरेका छन् ।

सुकुम्वासीलाई जग्गा दिन्छु भनेर भोट मागेका प्रचण्डले भुमि विधेयकको विरोध गरेका छन् ।

जानु पाण्डेकपिलवस्तु, फागुन ४ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले ल्याएका अध्यादेश जसरी भए पनि पास गरिने बताउनु भयो । नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले उहाँले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा यी अध्यादेश ल्याउन नसक्नु भएको टिप्पणी गर्नु भएको थियो ।‘त्यो बेलामा पनि मैले यही मन्त्रालय सम्हालेको थिए । त्यो बेला नसकेको अध्यादेश अहिले सरकारले ल्याएको छ । भूमि सम्बन्धी अध्यादेशको नबुझी विरोध भएको छ । पूर्व प्र म प्रचण्ड र रवि लामिछानेले समेत जनता सँग मत माग्ने बेला भूमि हिनलाई जग्गा उपलब्ध गराउने बाचा गरेका थिए,’ मन्त्री अधिकारीले…
प्रेस चौतारीको  स्थापना दिवस: अनाथ बालबालिकालाई राहत सामाग्री वितरण

प्रेस चौतारीको  स्थापना दिवस: अनाथ बालबालिकालाई राहत सामाग्री वितरण

प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको आयोजनामा प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवसको अवसरमा शिवराज नगरपालिका ५ मा रहेका अनाथ बालबालिकालाई राहत सामाग्री वितरण गरिएको छ।  प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझीको अध्यक्षतामा आयोजित राहत  सामाग्री वितरण कार्यक्रममा प्रेस चौतारी नेपालका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारीले अनाथ बालबालिकाहरूलाई सहयोग गर्नु प्रशंसनीय कार्य भएको बताए।यस्तो मानव सेवा कार्यमा सबै जना लाग्नुपर्ने नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य अधिकारीले जोड दिए । कार्यक्रममा अधिकारीले नगद २ हजार, वडा नं.३ वडा अध्यक्ष टेकलाल सापकोटाले नगद ५ हजार प्रदान गरेका थिए । नेकपा एमाले जिल्ला कमिटी सचिव सि वि…