अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमाडौं, ३ वैशाखकाठमाडौं, गोकर्णेश्वर नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध नोर्फिन ८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन ८ एम्पुल सहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ घर भएका २७ वर्षीय छिरिङ लामालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-७ बस्ने २५ वर्षीय अजय चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी…
