कपिलवस्तु, मायादेवीमा बम राख्ने मुख्य आरोपी पक्राउ

कपिलवस्तु, मायादेवीमा बम राख्ने मुख्य आरोपी पक्राउ

ब्रेकिङ न्यूज ✍️मायादेवी गाउँपालिका–१ पकडीस्थित नविनकुमार श्रीवास्तवको घर अगाडिको पान टंकी पसलमुनी गत जेठ १७ गते प्रेसर कुकर जस्तो देखिने बम राखेको घटनामा संलग्न मुख्य आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ निवासी हाकिम अली मुस्लिम रहेको प्रहरीले जनाएको छ ।
Read More
कपिलवस्तुको शिवराजमा पेस्तोल देखाएर चोरी

कपिलवस्तुको शिवराजमा पेस्तोल देखाएर चोरी

शिवराज नगरपालिका–३ हंसबाहिनी मार्गस्थित सीता खनालको घरमा गए राति करिब १२:३० बजे पिस्तोल र खुकुरी देखाएर सशस्त्र चोरी भएको छ। चार जनाको समूहमा आएका चोरहरूले घरका सदस्यलाई बन्धक बनाएर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका छन् भन्ने पारिवारिक स्रोतले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।
Read More
कपिलवस्तुमा रक्तदाता खोज्नै सकस, आकस्मिक बिरामी उपचारमा चुनौती

कपिलवस्तुमा रक्तदाता खोज्नै सकस, आकस्मिक बिरामी उपचारमा चुनौती

कपिलवस्तु, साउन ३१ गते ।कपिलवस्तु अस्पताल तौलिहवामा एक सुत्केरी आमा जीवन र मृत्युको दोसाधमा थिइन् । जन्मन नपाउँदै सात महिनाको गर्भ गुमाएकी ती महिलालाई चिकित्सकले तत्काल ४ पोकासम्म एबी पोजेटिभ रगत आवश्यक रहेको बताए । तर परिवारले जहाँतही खोज्दा पनि रगत जुटाउन सकेन ।हतार–हतार दौडधूपपछि तौलिहवाको रक्तसञ्चार केन्द्रबाट एक पोका मात्र रगत उपलब्ध भयो । बाँकी रगत खोजी असफल भएपछि परिवारजनले सामाजिक सञ्जालमार्फत अपिल गरे । “कसैसँग एबी पोजेटिभ छ भने तुरुन्त रगत आवश्यक छ ।”पत्रकार बासुदेव बर्माले फेसबुकमा राखेको त्यो अपिल सशस्त्र प्रहरी बल २८ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नेत्र केसीको नजरमा प¥यो । कुनै विलम्ब नगरी…
Read More
बेरुजुमा सुधारन्मुख कृष्णनगर

बेरुजुमा सुधारन्मुख कृष्णनगर

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बेरुजु रकममा सुधार गरेको छ । विगतका बर्षहरुमा महालेखा परीक्षकले धेरै बेरुजु औल्याउने गरेको र प्रदेशमै धेरै बेरुजु आउने नगरपालिकामा पर्ने गरेकोमा पछिल्ला २/३ आ.ब.मा बेरुजु रकम सुधार गर्दै आ.ब. २०८०/८१ को बेरुजु २ करोड १५ लाख औल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले जानकारी दिनुुुभयो । जसमा नियमित गर्नुपर्ने प्राकृतिको बढी रहेको उहाँले बताउनुभयो । नगरपालिकाका लेखा अधिकृत मनिष पाण्डेका अनुसार बिगत आ.ब. २०७४/७५ मा १२ करोड ३३ लाख त्यस्तै आ.ब.०७६/७७ मा २० करोड ३३ लाख बेरुजु औल्याएको र बिगत २ बर्ष भन्दा अघिका बर्षहरुमा हरेक बर्ष ५ करोड माथी नै बेरुजु आउने गरेकोमा आ.ब. ७९/८०…
Read More
कपिलवस्तुमा चट्याङ लागेर एक महिलाकाे मृत्यु

कपिलवस्तुमा चट्याङ लागेर एक महिलाकाे मृत्यु

कपिलवस्तु, ४ असार । कपिलवस्तुमा चट्याङ लागेर एक महिलाकाे मृत्यु भएको छ । जिल्लाकाे विजयनगर गाउँपालिका-५ नाैरंगिया बस्ने अन्दाज ४०/४५ वर्षीय जन्ममति यादवकाे चट्याङले मृत्युु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार डालपुर-नयाँबस्ती गाउँ नजिकै खेतमा भैंसी चराउने क्रममा बुधबार करिब साँझ साढे ५ बजेतिर अचानक चट्याङ लाग्दा घटना स्थलमै यादवकाे मृत्यु भएकाे हाे ।
Read More
कपिलवस्तुमा अचम्मको घटना : खेतमा चर्दै गर्दा एक्कासी मरे ६ वटा भैँसी

कपिलवस्तुमा अचम्मको घटना : खेतमा चर्दै गर्दा एक्कासी मरे ६ वटा भैँसी

कपिलवस्तु जेठ २० गते ।कपिलवस्तुको विजयनगर गाउँपालिका–५, नौरंगियामा घाँस चर्दै गरेका ६ वटा भैँसीको अकस्मात मृत्यु भएको छ । स्थानीय राम किशोर यादवले छिमेकी शिवनाथ यादवको खेतमा आफ्ना ७ वटा भैँसी चराउन लगेका थिए । खेतमा घाँस चर्दै गरेका बेला भैँसीहरू एक्कासी ढल्न थालेपछि बाँकी भैँसीलाई तत्काल त्यहाँबाट हटाइएको थियो ।स्थानीय समाजसेवी लोकेश थापाका अनुसार, मृत भएका भैँसी व्याउने तयारी अवस्थामा थिए । धेरै संख्यामा भैँसीको अकस्मात मृत्युको कारण अझै पुष्टि हुन सकेको छैन । इलाका प्रहरी कार्यालय गणेशपुरले घटनास्थलको निरीक्षण गरिरहेको र परीक्षण रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने हर्ष बहादुर चन्दले बताउनु भयो ।
Read More
कपिलवस्तुमा स्कुल बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु

कपिलवस्तुमा स्कुल बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु

(कपिलवस्तु), जेठ २० गते । जिल्लाको यशोधरा गाँउपालिका–८ शिहोखोरमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । महाराजगन्ज तर्फ जाँदै गरेको जामिया अहले सुन्नत नजिया स्कुलको बसको ठक्करबाट बिहान सवा ८ बजे तीन वर्षीया बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा शिवरतन बराइकी तीन वर्षीय छोरी प्रतिमा बरई रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उहाँको भनाइ छ । बस प्रहरी नियन्त्रणमा छ र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Read More
पूर्व–पश्‍चिम राजमार्गमा दुर्घटना : आठ जना घाइते

पूर्व–पश्‍चिम राजमार्गमा दुर्घटना : आठ जना घाइते

नवलपुर, जेठ १८ — पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोट र देवचुली क्षेत्रमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जना घाइते भएका छन्। गैँडाकोट–८ विजयचोकमा दाङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ५०५० नम्बरको माइक्रोबस दुर्घटना हुँदा सात जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार घाइतेमध्ये पाँच जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उक्त अस्पतालमा उपचाररत घाइतेहरूमा गोर्खा पालुङटार नगरपालिका–७ की शान्ता विक (४२), कमल विक (४५), दाङ तुलसीपुर उपमहानगर–१ का कृष्ण कुमार नेपाल (३७), धर्मराज केसी (५०) र दाङ घोराही–५ की गीता वली (५०) छन्। त्यसैगरी, मध्यविन्दु–९ का सुवास…
Read More
श्राद्धमा खाना खाएका एक सय १० जना बिरामी

श्राद्धमा खाना खाएका एक सय १० जना बिरामी

रोल्पा, जेठ १८ गते । जिल्लाको रोल्पा नगरपालिका–३ चौरपानीका एक सय १० जना एकै दिन बिरामी परेका छन् । बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी विजय चापागाईंले जानकारी दिनुभयो ।  स्थानीय तिलप्रसाद रोकाको घरमा श्राद्धमा खाना खाएका मध्ये एक सय १० जना बिरामी परेको हुन् । वडा अध्यक्ष राजकुमार पुरीले रोकाको घरमा श्राद्धमा एक सय ५० जनाले खाना खाएका थिए । त्यसमध्ये एक सय १० जना बिरामी परेको जानकारी दिनुभयो । बिरामीहरुमा ज्वरो आउने, लगातार बान्ता र पखाला हुने समस्या देखिएपछि स्थानीय खुमेल स्वास्थयचौकीमा पुर्‍याइएको थियो । प्रहरीका अनुसार हालसम्म एक सय दुई जना…
Read More
लुम्बिनीको प्रचार–प्रसारमा सञ्चार क्षेत्र लाग्नुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनीको प्रचार–प्रसारमा सञ्चार क्षेत्र लाग्नुपर्छ : मुख्यमन्त्री आचार्य

गणेश खनाल अर्घाखाँची, जेठ १७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रियस्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभएको छ । शनिबार लुम्बिनीमा आयोजित टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले ‘लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको गहिरो प्रचार–प्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताउनुभयो । लुम्बिनी देवभूमि हो । ज्ञानभूमि हो । तपोभूमि हो । यसको महत्त्व विश्वभर फैलाउन जरुरी छ । यसका लागि सञ्चार माध्यमहरूको भूमिका महत्त्वपूर्ण रहन्छ, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “लुम्बिनी प्रदेशको समग्र क्षेत्रको विषयमा चर्चा परिचर्चा हुन जरुरी छ । विश्वको ध्यानाकर्षण गराउन मिडिया क्षेत्रको योगदान अनिवार्य हुने भएकाले सबै…
Read More
//uplcm.com/4/6824010