मुक्ति समाज जिल्ला कमिटी कपिलवस्तुको बिस्तारित बैठक सम्पन्न

मुक्ति समाज जिल्ला कमिटी कपिलवस्तुको बिस्तारित बैठक सम्पन्न

शम्भु बि.क. नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटी कपिलवस्तुको बिस्तारित बैठक सम्पन्न भएको छ। नेपाल उत्पीडित जातिय मुक्ति समाज कपिलवस्तुका अध्यक्ष राम प्रकट कोरीको अध्यक्षतामा , नेकपा एमाले जिल्ला कमिटी सचिव सि.बि.गहतराजको प्रमुख अतिथ्यतामा सोमबार बिस्तारीत बैठक बसेको अध्यक्ष कोरीले जानकारी गराउनुभयो। मुक्ति समाज तथा पार्टीको सदस्यता र नवीकरण धेरै भन्दा धेरै बढाउनु पर्ने र पार्टीलाई सुदृढ बनाउन सबैले आफ्नो ठाउँ देखि पहल गर्नुपर्ने नेकपा एमाले कपिलवस्तु सचिव प्रमुख अतिथि सि.बि.गहतराजले बताउनुभयो ।  नेपाल उत्पीडित जातिय मुक्ति समाज कपिलवस्तुको अधिबेशन चैत्र १६ गते हुने अध्यक्ष राम प्रकट कोरीले बताउनुभयो । कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका २ गोरुसिङ्गेको त्रिशुली सामुदायिक भवनमा…
Read More
कुम्भमेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना ३ जनाको मृत्यु

कुम्भमेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना ३ जनाको मृत्यु

रुपन्देहीको देवदह नगरपालिकाबाट भारतको कुम्भमेला स्नान गर्न गएका तीर्थालु चढेको गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । कुम्भमेलाबाट फर्किँदै गर्दा बिहान भारत उत्तर प्रदेशको आजमगढ वाराणसी सडककाे डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको देवदह नगरपालिका प्रवक्ता गणेश डुम्रेले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान गुमाउनेहरूमा देवदह नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय गणेश खनाल, उहाँकी श्रीमती ३५ वर्षीय दीपा खनाल र वडा नम्बर ९ कै ४० वर्षीया गीता शर्मा रहेका छन् । दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् । घाइतेहरूको गोरखपुरमा उपचार भइरहेको छ ।
Read More
१७ महिना तोप हाने पनि सरकार ढल्दैन

१७ महिना तोप हाने पनि सरकार ढल्दैन

दांग फागुन ५ गते । प्रधान मन्त्री केपी शर्मा ओलीले अहिलको सरकार १७ महिना तोप नहाने पनि नढल्ने बताउनु भएको छ । लुम्बिनी प्रदेशसभाको बैठकमा सोमबार विशेष सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले हामीले बनाउनुपर्ने बताउनुभएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफैँ बनाउनुपर्नेमा जोड दिनुभएको छ । “चालिस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मिहिनेतले सम्पन्न भई सकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैले देशको विकास गर्नुपर्छ । कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठुलो परिणाममा…
Read More
अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरिने

अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरिने

काठमाडौं, फागुन ५ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरेको छ । कीर्तिपुर अस्पतालमा उपचारत अर्थमन्त्री पौडेलको स्वास्थ्य अवस्था समान्य बन्दै गएकोले अस्पतालले डिस्चार्ज गर्ने निर्णय गरेको अस्पतालका मेडिकल डाईरेक्टर डा. निजीमा ताम्राकारले जानकारी दिनुभयो । अर्थामन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब नगरेको डाईरेक्टर ताम्राकारको भनाइ छ । डा.ताम्राकारका अनुसार प्रमुख आचार्यको पहिले देखिनै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकोले केहि दिन थप उपचार गरिने छ । 
Read More
प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई सम्वोधन गर्नुहुने

प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई सम्वोधन गर्नुहुने

भैरहवा, फागुन ५ गते । लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने भएको छ । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भयो ।  बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने गरी बैठक बस्ने कार्यसूची प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो ।   लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रण गर्नु भएको थियो । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो ।…
Read More
कुवेतमा ग्याँस सिलिण्डर विष्फोट हुँदा मृत्यु भएका रोकाको शव नेपाल ल्याइयो

कुवेतमा ग्याँस सिलिण्डर विष्फोट हुँदा मृत्यु भएका रोकाको शव नेपाल ल्याइयो

कुवेतमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक साता अघि मृत्यु भएका तनहुँको एक व्यक्तिको शव नेपाल ल्याइएको छ। बन्दीपुर गाउँपालिका–२ मोहोरिया सरोज रोकाको शव नेपाल ल्याइएको हो। कम्पनीमा काम गरिरहेकै बेला ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते रोकाको गत सोमबार मृत्यु भएको थियो।  रोकाको शव नेपाल ल्याउन नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रेशम गुरुङले पहल गर्नुभएको थियो। गुरुङले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामार्फत कुवेतस्थित नियोगमा सम्पर्क गरि रोकाको शव नेपाल ल्याउन पहल गर्नुभएको थियो।  सुरजको परिवारले शव नेपाल झिकाउन सहयोग गर्न गुरुङलाई अनुरोध गरेका थिए। गुरुङको सहयोगमा सुरजको शव चाँडै नै नेपाल ल्याउन सकिएको मृतकका बुबा लक्ष्मण रोकाले बताउनुभयो।
Read More
नेकपा एमाले बिजयनगरको बैठक सम्पन्न, जरा अभियान कार्यक्रमको तयारी तीव्र

नेकपा एमाले बिजयनगरको बैठक सम्पन्न, जरा अभियान कार्यक्रमको तयारी तीव्र

शम्भु बिक कपिलवस्तु फागुन ४ गते । नेकपा एमाले बिजयनगर गाउँ कमिटीको बैठक सम्पन्न भएको छ। बैठक गाउँ कमिटी अध्यक्ष थर्क बहादुर खन्गाहाको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य एवं बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकमा पार्टीको तीन महिने संगठन सुदृढीकरण कार्यक्रम अन्तर्गत जरा अभियानको तयारीका विषयमा छलफल गरिएको थियो। बैठकमा आगामी फागुन ७ गते लुम्बिनी प्रदेशका संस्थापक तथा पूर्व मुख्यमन्त्री प्रशिक्षण दिन बिजयनगर आउने भएकाले त्यसको तयारीलाई विशेष प्राथमिकता दिइएको गाउँ कमिटी अध्यक्ष खन्गाहाले जानकारी दिनुभयो। बैठकमा पार्टी संगठनलाई बलियो बनाउनका लागि सदस्यता वितरण, स्थानीयस्तरमा जनसंपर्क अभिवृद्धि, तथा आगामी राजनीतिक रणनीतिहरूबारे…
Read More
सुकुम्वासीलाई जग्गा दिन्छु भनेर भोट मागेका प्रचण्डले भुमि विधेयकको विरोध गरेका छन् ।

सुकुम्वासीलाई जग्गा दिन्छु भनेर भोट मागेका प्रचण्डले भुमि विधेयकको विरोध गरेका छन् ।

जानु पाण्डेकपिलवस्तु, फागुन ४ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले ल्याएका अध्यादेश जसरी भए पनि पास गरिने बताउनु भयो । नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले उहाँले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा यी अध्यादेश ल्याउन नसक्नु भएको टिप्पणी गर्नु भएको थियो ।‘त्यो बेलामा पनि मैले यही मन्त्रालय सम्हालेको थिए । त्यो बेला नसकेको अध्यादेश अहिले सरकारले ल्याएको छ । भूमि सम्बन्धी अध्यादेशको नबुझी विरोध भएको छ । पूर्व प्र म प्रचण्ड र रवि लामिछानेले समेत जनता सँग मत माग्ने बेला भूमि हिनलाई जग्गा उपलब्ध गराउने बाचा गरेका थिए,’ मन्त्री अधिकारीले…
Read More
प्रहरी नायव निरीक्षक खतिवडाले गरे आत्महत्या

प्रहरी नायव निरीक्षक खतिवडाले गरे आत्महत्या

बिराटनगर । जिल्ला प्रहरी कार्यालय झापाको परिसर भित्र एक प्रहरी अधिकारीले आत्माहत्या गरेका छन्। भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ घर भई हाल मोरङ कानेपोखरी गाउँपालिका ७ बस्ने ४९ वर्षीय प्रहरी नायव निरीक्षक (सइ)धनराज खतिवडाले कार्यालयको छतमाथि झुन्डिएर आत्महत्या गरेको निमित्त प्रवक्ता तथा अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए । प्रवक्ता तथा अधिकारी प्रहरी निरीक्षक चौहानका अनुसार खतिवडाले प्रहरी ब्यारेकको माथिल्लो तलामा नाइलनको डोरीले आत्महत्या गरेको बताए । शवको कानुनी प्रक्रिया पूरा गरि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले बताए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Read More
लागुऔषध विरुद्ध प्रहरी अप्रेशन, कृष्णनगरबाट एक सातामा ९ जना पक्राउ

लागुऔषध विरुद्ध प्रहरी अप्रेशन, कृष्णनगरबाट एक सातामा ९ जना पक्राउ

कपिलवस्तु फागुन २ गते । कपिलवस्तुको ईलाका प्रहरी कार्यालय कृष्णनगरले लागुऔषध नियन्त्रण अभियानलाई थप कडा बनाएको छ । प्रहरीले विशेष अभियान सञ्चालन गर्दै लागुऔषध ओसारपसार तथा कारोबार गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइरहेको छ । पछिल्लो एक साताको अवधिमा मात्रै कृष्णनगर नाका हुँदै नेपालमा लागुऔषध ल्याउदै गरेका ९ जना कारोवारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन मणी अधिकारीले बताउनु भयो ।प्रहरीले उनीहरुबाट ७.७२० ग्राम ब्राउन सुगर बरामद गरेको छ । लागु औषध ओसार पसारमा प्रयोग भएका ३ मोटरसाइकल र एउटा कार समेत नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शिव खत्रीका अनुसार कृष्णनगर नाका…
Read More
//omg10.com/4/6824010