गृहिणीबाट उद्यमीको यात्रा: महिलाहरूले सिके फिनाइल र हार्पिक बनाउने सीप

गृहिणीबाट उद्यमीको यात्रा: महिलाहरूले सिके फिनाइल र हार्पिक बनाउने सीप

कपिलवस्तुको शिवराज नगरपालिका-३ का महिलाहरूका लागि यो हप्ता विशेष रह्यो। उनीहरूले सात दिनसम्म फिनाइल र हार्पिक बनाउने सीप सिके, जुन भविष्यमा उनीहरूको आर्थिक आत्मनिर्भरताको आधार बन्न सक्छ। साना उद्योगमार्फत महिलाहरूलाई उत्पादनशील बनाउँदै सशक्तिकरण गर्ने लक्ष्यसहित शिवराज नगरपालिकाको आर्थिक सहयोग र मिलिजुली महिला विकास ऋण सहकारी संस्थाको आयोजनामा तालिम सम्पन्न भएको थियो। तालिम सकिएपछि सहभागी महिलाहरू उत्साहित देखिन्थे। कतिपयले आफ्नै व्यवसाय सुरु गर्ने योजना सुनाए, भने केहीले सहकारीमार्फत सामूहिक उत्पादन सुरु गर्ने सोच बनाएका छन्। सांसदको जोड: उद्यमशीलता र बजारीकरण कार्यक्रमको समापन समारोहमा लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री अर्जुन कुमार केसीले महिलाहरूको उत्पादनलाई बजारीकरण गर्दै उद्यमशीलताको ढोका खोल्नुपर्नेमा जोड दिनुभयो। उहाँले…
स्कुल बस दुर्घटना: ३ जनाको मृत्यु, २० भन्दा बढी घाइते

स्कुल बस दुर्घटना: ३ जनाको मृत्यु, २० भन्दा बढी घाइते

काठमाडौँ, माघ ३० – काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिके क्षेत्रमा साँखु–नगरकोट सडकखण्डमा बुधबार साँझ भएको स्कुल बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २० भन्दा बढी विद्यार्थी घाइते भएका छन्। चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भएर अनियन्त्रित बनेपछि दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो। वनभोज सकेर नगरकोटबाट साँखुतर्फ फर्कँदै गरेको बस साँझ ५ बजेतिर दुर्घटनाग्रस्त भएको हो। प्रहरीले उद्धार कार्य जारी रहेको जनाएको छ भने दुर्घटनाका विस्तृत विवरण आउन बाँकी छ।
बसबाट खसेर एकजनाको मृत्यु

बसबाट खसेर एकजनाको मृत्यु

तम्घास, माघ ८ – गुल्मीको तम्घास-सिमलटारी सडक खण्डमा गुडिरहेको बसको ढोकाबाट खसेर एक महिलाको ज्यान गएको छ। बुटवलबाट मालिका गाउँपालिकाको अर्खाबाङ जाँदै गरेको लु १ ख ५७३६ नम्बरको बसमा यात्रा गरिरहेकी इश्मा गाउँपालिका–५ की ३९ वर्षीया शान्ति कुमालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार कुमाल र बसका सहचालकबीच भाडासम्बन्धी विवाद भएको थियो। सोही क्रममा चलिरहेको बसको ढोकाबाट खसेर गम्भीर घाइते भएकी कुमाललाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गाँजा ओसारपसार: कपिलवस्तुमा ४३.२४ किलोग्राम गाँजा बरामद

गाँजा ओसारपसार: कपिलवस्तुमा ४३.२४ किलोग्राम गाँजा बरामद

कपिलवस्तु, २०७८ माघ ७ – कपिलवस्तुको बुद्धभूमि नगरपालिका-३, टाकु मसुरेगाउँमा ४३.२४ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको टोलीले गुप्त सूचनाको आधारमा उक्त गाँजा जंगलको खाली चौरमा रुखको फेदमा फेला पारेको हो। प्रहरीका अनुसार २०८१ माघ ६ गते साँझ करिब ७ बजे गाँजाको ओसारपसार भइरहेको सूचना प्राप्त भएपछि छापामार्ने क्रममा तीनवटा प्लास्टिकका बोरामा हरियो गाँजा फेला परेको थियो। गाँजा बेवारिसे अवस्थामा बरामद गरिएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रमुख प्रहरी निरीक्षक बिर बहादुर सुनारले बताउनु भयो । हाल यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको आह्वान: प्रहरीले यस किसिमका अवैध क्रियाकलापबारे जानकारी भएमा तुरुन्तै नजिकको…
रवि लामिछाने भैरहवामा, बुधबार अदालतमा उपस्थित हुने

रवि लामिछाने भैरहवामा, बुधबार अदालतमा उपस्थित हुने

भैरहवा, माघ ८ गते । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने मंगलबार रुपन्देही आइपुग्नुभएको छ। रास्वपा सहकोषाध्यक्ष दीपक बोहोराका अनुसार मंगलबार अपरान्ह बुद्ध एअरको विमानबाट भैरहवा आउनुभएका लामिछाने बुधबार अदालतमा उपस्थित हुने तय भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य नेता एवं लामिछाने पक्षका कानुन व्यवसायी भने केही दिन अगाडि नै रुपन्देही आइपुगेका छन् । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो। यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा हुनुभएका लामिछाने बुधबार अदालतमा आफैं उपस्थित हुने तयारीमा…
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं, ६ माघरौतहट, चन्द्रपुर नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय प्रचण्ड बहादुर थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बर्दिया, बढैयाताल गाउँपालिका-६ मैनापोखर बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो ९६ ग्राम सहित जाजरकोट जुनिजाँदे गाउँपालिका-५ मैफ बस्ने १९ वर्षीय कृष्ण थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कैलाली, गोदावरी नगरपालिका-१ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७३…
सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्युकाठमाडौं, ६ माघकैलाली, बर्दगोरिया गाउँपालिका-२ झगडपुरस्थित सडकमा भे.२ स ५६६१ नम्बरको अटो र सु.प.प्र.०१-००९ प ४०५३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने केशव आलेमगरकी छोरी ६ वर्षीया आरती आलेमगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बर्दगोरिया अस्पताल बौनिया हुँदै नव जीवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना र मोटरसाइकलमा सवार १ जनाको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ । अटो र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रूकुम पश्चिम, चौरजहारी नगरपालिका-१ स्थित सडकमा क.प्र.०३-००१…
करिब १ सय ९५ किलोग्राम गाँजा सहित एक जना पक्राउ

करिब १ सय ९५ किलोग्राम गाँजा सहित एक जना पक्राउ

पर्सा, ६ माघवीरगंज महानगरपालिका-१९ बर्वाबाट अवैध लागूऔषध गाँजा १ सय ९५ किलोग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय पोखरीया समेतबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ ख ३५८७ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा अनलोड गरी परालको थुप्रोमा लुकाई छिपाई भाग्ने क्रममा ट्रक चालक सुकलाललाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोत नखुलेको पन्ध्र लाख सत्तरी हजारसहित एकजना पक्राउ

स्रोत नखुलेको पन्ध्र लाख सत्तरी हजारसहित एकजना पक्राउ

नारद कोहार तौलिहवा (कपिलबस्तु), माघ ४ गते । कपिलबस्तु प्रहरीले स्रोत नखुलेको रकम सहित एकजना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाँउपालिका वडा नं. ६ डुमरा चोकबाट स्रोत नखुलेको पन्ध्र लाख सत्तरी हजारसहित पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नं.७ बसन्तपुरका ३० वर्षीय निरज कुमार मिश्र रहेको प्रहरी नायब उपरिक्षक मोहन मणि अधिकारीले बताउनुभयो । रातो रंगको लेडिज साइकलमा कालो रंगको पछाडि झोला बोकी बर्रोहियादेखि तौलिहवातर्फ जाँदै गरेको अवस्थामा मिश्रलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ । स्रोत नखुलेको नेपाली रु. एक हजार दरको ८ सय ९० थानको आठ…
सीमा क्षेत्रका युवालाई सिप सिकाउँदै सशस्त्र प्रहरी

सीमा क्षेत्रका युवालाई सिप सिकाउँदै सशस्त्र प्रहरी

कपिलवस्तु माघ ४ गते ।  कपिलवस्तुका सीमा क्षेत्रका युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यले कपाल काट्ने तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल २८ नम्बर गण कपिलवस्तुको आयोजनामा १० दिने तालिम सम्पन्न भएको छ । सीमावासीहरू सँगको सम्बन्ध र सहकार्य वृद्धि गर्न र युवा पुस्तालाई स्वरोजगार तर्फ आकर्षण बढाउन तालिमको आयोजना गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेले बताउनु भयो ।तालिममा सीमा सँग जोडिएका ६ पालिकाका २६ वडाका विपन्न समुदायका युवाको सहभागिता रहेको थियो । सशस्त्र प्रहरी वर्डर आउट पोस्टले वडा कार्यालय सँग समन्वय गरी सहभागी छनोट गरिएको प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरका गुल्म पती सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण…