कृष्णनगरबाट जाँदै गरेको बस देउखुरीमा दुर्घटना : दुईको मृत्यु, १४ जना घाइते
देउखुरी, वैशाख ५ गते । दाङको देउखुरीमा यात्रुबाहक बस दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। दुर्घटना शुक्रबार दिउँसो लमही–भालुवाङ सडक खण्डअन्तर्गत सिंगे खोला नजिक भएको हो। मृत्यु हुनेमा राजपुर गाउँपालिका–६ निवासी ५७ वर्षीय निल सरोज यादव रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। अर्की मृतक महिला रहेकी छन् तर उनको परिचय खुल्न सकेको छैन। दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। दुर्घटनामा अन्य १४ जना यात्रु घाइते भएका छन्। जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। बाँकी १२ जनालाई सामान्य चोटपटक लागेकाले…
