सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु
सप्तरी । सप्तरीको राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा आज करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ । कक्षा १० मा अध्ययनरत राजगढ गाउँपालिका वडा नम्बर १ झुटकीका लक्ष्मणप्रसाद यादवको १५ वर्षीय छोरा पेसलानन्द यादवले विद्यालयको आज्ञा बमोजिम बिजुलीको पोलमा तार हुकिङ् लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । विद्यालयमा प्रत्येक शुक्रवारका दिन नियमित हुने अतिरिक्त क्रियाकलापका लागि आयोजना गरिएको कार्यक्रममा स्पिकर बजाउने प्रयोजनका लागि बिजुलीको पोलमा तार हुकिङ लगाउन पेसलानन्दलाई लगाइएको थियो । करेन्ट लागेर घाइते भएका बालकलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा पुराए लगत्तै उनको मृत्यु भएको थियो । शवलाई पोस्टमार्टमका लागी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको…
