चौथो बुद्धभूमि महोत्सव मंसिर ६ देखि १७ गतेसम्म
बुद्धभूमि उद्योग वाणिज्य सङ्घ चौथो बुद्धभूमि महोत्सवको तयारीमा जुटेको छ । महोत्सव नजिकिँदै गर्दा सघं चौथो बुद्धभूमि महोत्सवको तयारीमा जुटेको हो । चौथो बुद्धभूमि महोत्सव यही मंसिर ७ गतेदेखि १७ गतेसम्म बूद्धभुमि नगरपालिकाको गोरुसिङ्गेमा हुन लागेको सङ्घका महासचिव हरिलाल अधिकारीले जानकारी दिए । सङ्घको कार्यसमिति बैठकले जिम्मेवारी समेत बाँडफाँड गरिसकेको छ । सघंका अध्यक्ष शुभलाल भुसालले जिम्मेवारी पाएका संयोजकलाई आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पुरा गर्न र आवश्यक तयारीमा जुट्न आग्रह गरेका छन् । यस पटकको महोत्सव पहिलेको महोत्सव भन्दा फरक र पृथक् हुने बताइएको छ ।
