सामुदायिक वनमा शव फेला

सामुदायिक वनमा शव फेला

नेपालगन्ज, जेठ १७ गते । बाँकेको कोहलपुर नगरपालिका १२ दाउनाचोकस्थित दलित सामुदायिक वनमा पुरुषको शव फेला परेको छ । सल्यान छत्रेश्वरी गाउँपालिका ६ राणा गाउँका नरनाथ योगीको शव शनिबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । शवको पहिचान नभएपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएको केही घण्टामा मृतकका आफन्त प्रहरीको सम्पर्कमा आएपछि उहाँको पहिचान खुलेका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बताउनुभयो ।  मृत अवस्थामा फेला परेका अन्दाजी ५२ वर्षीय योगीको मृत्यु के कारणले भएको हो र उहाँ सो सामुदायीक वनमा कसरी पुग्नु भयो ? भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।
Read More
६ बालबालिकाले चोरे २० तोला सुन

६ बालबालिकाले चोरे २० तोला सुन

दाङको राप्ती गाउँपालिकामा ६ जना बालबालिकाले मिलेर करिब २० तोला सुन चोरी गरेका छन्। चोरीमा संलग्न १४ वर्षका चार बालिका र १६ वर्षका एक किशोरसहित सुन किन्ने पसलेलाई पनि प्रहरीले पक्राउ गरेको छ। गत फागुन २३ गते राप्ती गाउँपालिका–७, बडका सिसहनियास्थित तारा गौतमको घरबाट काँचो सुन, सुनका गहना र ल्यापटप चोरी भएको थियो। गौतम परिवार घरमा ताला लगाएर लमही सरेको बेला बालबालिकाको समूहले ताला फोडेर चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
Read More
क्यान्सर प्रभावित पत्रकार केसीको निधन

क्यान्सर प्रभावित पत्रकार केसीको निधन

कपिलवस्तु, जेठ १७ गते। ब्लड क्यान्सरबाट प्रभावित पत्रकार दीपक केसीको निधन भएको छ । अर्घाखाँची घर भई कपिलवस्तुको रेडियो शिवराजमा स्टेसन म्यानेजरका रूपमा कार्यरत ३६ वर्षीय केसीको शुक्रवार राति निधन भएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले जानकारी दिनुभयो । पत्रकार केसीको असामयिक निधनले कपिलवस्तुको पत्रकारिता क्षेत्रले एक कर्मठ र प्रतिबद्ध व्यक्ति गुमाएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाले जनाएको छ ।पछिल्लो दुई वर्षदेखि क्यान्सरको उपचारमा रहनुभएका केसीले भारतमा बोन म्यारो ट्रान्सप्लान्ट समेत गराउनु भएको थियो । स्वास्थ्यमा सुधार आएपछि पुनः पत्रकारितामा सक्रिय हुनुभएका केसीको स्वास्थ्य अवस्था अचानक गम्भीर भएपछि उपचारका लागि बुटवल लगिएको थियो । तर, उपचारकै क्रममा…
Read More
कपिलवस्तुमा शङ्कास्पद प्रेसर कुकर बम फेला

कपिलवस्तुमा शङ्कास्पद प्रेसर कुकर बम फेला

कपिलवस्तु, जेठ १७ गते । कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेको छ । कृषि विकास बैङ्क अगाडि सडक किनारमा तारले बेरेर राखिएको उक्त कुकर शङ्कास्पद देखिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निरञ्जन दत्त भट्टले शङ्कास्पद बस्तुको डिस्पोजल गर्ने तयारी भएको बताउनु भयो ।घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली खटिएको प्रहरीले जानकारी दिएको छ । शङ्कास्पद बस्तुमा ‘दलालहरू, जग्गा लुटपाट गर्ने तिमीहरू सुध्रिएनौ भने यो घरमा पनि लाग्न सक्छ’ भन्ने चेतावनीसहितको पर्चा टाँसिएको छ ।
Read More
कपिलवस्तुका एक युवक घरमा सुतेको अवस्थामा मृत्यु

कपिलवस्तुका एक युवक घरमा सुतेको अवस्थामा मृत्यु

मृत अवस्थामा फेला      काठमाडौं, १२ जेठ कपिलवस्तु, बुद्धभूमि नगरपालिका-१० चेत्रादेही बस्ने २२ वर्षीय राजन कुर्मी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।            भक्तपुर, सूर्यविनायक नगरपालिका-३ बालकोट बृहस्पति मार्ग डेरा गरी बस्ने जाजरकोट घर भएकी ५० वर्षीया रोशनी शाही आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।             नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-२ कुडियास्थित रामजानकी मन्दिरको छेउमा भारत गोरखपुर गुलेरिया थाना एक्ला बस्ने ४५ वर्षीय राजेश चामार आइतबार मृत अवस्थामा फेला परेका छन् ।            
Read More
अवैध लागूऔषध सहित ११ जना पक्राउ

अवैध लागूऔषध सहित ११ जना पक्राउ

काठमाडौं, १२ जेठ             काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ५ किलो ९० ग्राम सहित २ जना भारतीय नागरिक आइतबार दिउसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३० वर्षीय MOHAMMAD ASHRAF MUHAMMED र २३ वर्षीय MOHAMMED SAFVAN KAKKATT रहेका छन् । थाइ लायन एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा MOHAMMAD ASHRAF को साथबाट ३ किलो ४ सय ४० ग्राम र MOHAMMED SAFVAN को साथबाट १ किलो ६ सय ५० ग्राम गाँजा जस्तो देखिने वस्तु फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।…
Read More
खाना पकाउदा ग्यास लिक भएर आगलागी, कपिलवस्तुमा  दाई बहिनीको ज्यान गयो

खाना पकाउदा ग्यास लिक भएर आगलागी, कपिलवस्तुमा दाई बहिनीको ज्यान गयो

कपिलवस्तु, जेठ १२ गते । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरामा ग्यास लिक भएर आगो लाग्दा एकै परिवारका दिदी–भाइको ज्यान गएको छ । पर्शुराम यादवको घरमा जेठ ११ गते बिहान करिब ७ बजे खाना बनाउने क्रममा ग्यासको रेगुलेटरबाट ग्यास लिक भई आगलागी भएको थियो । आगलागीमा परी उहाँको २४ वर्षीय छोरा शिव कुमार यादव र १८ वर्षीया छोरी सोनम यादव गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन मणी अधिकारीले बताउनु भयो ।घरको भान्साकोठामा खाना पकाउने तयारी भइरहेकै बेला रेगुलेटर जडान गर्दा ग्यास लिक भई गोठमा बलेको आगोले समात्दा आगलागी भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ इलाका…
Read More
बुद्धभूमिमा पीडादायक घटना : इँटा भट्टाको खाल्डोमा डुबेर बालकको मृत्यु

बुद्धभूमिमा पीडादायक घटना : इँटा भट्टाको खाल्डोमा डुबेर बालकको मृत्यु

कपिलवस्तु, जेठ ११कपिलवस्तुमा खाडलमा डुबेर साढे तीन वर्षीय बालकको ज्यान गएको छ। मृतक बालक बुद्धभूमि नगरपालिका–५, नौडिहवाका अस्लाम कलाम रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो। घटना आइतबारको हो। इँटा भट्टामा माटो निकाल्दा बनेको खाडलमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको हो। बालक आफ्नी आमा सफिया खातुनको पछि लागेर गएका थिए, जो बिहानको समयमा बाख्रा चराउन गएकी थिइन्। तर बालक आफू पछि लागेको आमालाई थाहा थिएन। बालकको खोजी गर्ने क्रममा उनी घरभन्दा केही पर रहेको सोही खाल्डोमा डुबेको अवस्थामा फेला परेका थिए। घटनाबारे जानकारी दिँदै बुद्धभूमि नगरपालिका–५ का वडा अध्यक्ष रोम बहादुर थापाले भने, “आमाको…
Read More
सैनामैनाबाट नदिजन्य पदार्थ चोरीमा संलग्न ६ सवारीसाधन नियन्त्रणमा

सैनामैनाबाट नदिजन्य पदार्थ चोरीमा संलग्न ६ सवारीसाधन नियन्त्रणमा

रूपन्देही, २०८२ जेठ ११ – रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ भड्छाबाट अवैध रूपमा नदिजन्य पदार्थ (गिट्टी, बालुवा आदि) ओसारपसार गर्दै गरेका ६ सवारीसाधन नियन्त्रणमा लिइएका छन्। इलाका प्रहरी कार्यालय सालझण्डी र सैनामैना नगरपालिकाको संयुक्त टोलीले २०८२ जेठ ११ गतेको अपरेसनमा ती सवारीसाधन नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका साधनहरू आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका सवारीसाधनहरू निम्नानुसार छन्:१. बा ३ क ४१३ नम्बरको स्काभेटर२. बा २ क ७९९७ नम्बरको स्काभेटर३. ना १ क ४५७४ नम्बरको स्काभेटर४. ना ८ ख ६३१० नम्बरको ट्रिपर५. बा.प्र. ०६-००१ क ०३२० नम्बरको ट्रिपर६. बा.प्र. ०६-००१ क ०३०७ नम्बरको ट्रिपर जसमध्ये…
Read More
पानी भन्दा सस्तो मूल्यमा तरकारी,न्यून मूल्यको मारले  कपिलवस्तुका कृषक निरास

पानी भन्दा सस्तो मूल्यमा तरकारी,न्यून मूल्यको मारले कपिलवस्तुका कृषक निरास

कपिलवस्तु, जेठ ११ गते । बिहान सबेरै थाकेका आँखामा सपना सजाउँदै कपिलवस्तु बुद्धभूमि नगरपालिकाका कृषक बृज मोहन केवट एक पिक अप तरकारी राखेर हाट बजार तर्फ लाग्नु भयो । भिण्डी, टमाटर, काँक्रो, बन्दा, लौका र बोडीले गाडी भरिएको थियो । हाट बजार पुगे पछि उहाँको सपना भने चकना चुर भयो । बजारमा तरकारीलाई १० रुपैयाँ किलोको भाउमा समेत बेच्न मुस्किल थियो ।   कृषक निर्मल तेली भन्नु हुन्छ, ‘ सस्तो मूल्यमा तरकारी बेच्नु परेको छ ।, बन्दा ५ रुपैयाँ केजी, काँक्रा, बोडी, भिण्डी, लौका प्रति केजी १० देखी १५ रुपैयाँ, टमाटर, सानो करेला, घिरौँला, भान्टा २० रुपैयाँ किलो । यो भन्दा…
Read More
//omg10.com/4/6824010