मछिन्द्र क्लब सेमिफाइनलमा, हिमालयन सेर्पालाई टाईब्रेकरमा पराजित
मछिन्द्र क्लब दोस्रो मुख्यमन्त्री कपिलवस्तु (तिलौराकोट) गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न खेलमा हिमालयन सेर्पालाई टाईब्रेकरमा ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। निर्धारित ९० मिनेटको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्न सकेनन्, जसका कारण खेल टाईब्रेकरमा पुगेको थियो। टाईब्रेकरमा मछिन्द्रका असिम गुरुङ, पूजन श्रेष्ठ र कप्तान सौरभ सुब्बाले गोल गर्दै टिमलाई जित दिलाए। खेलको नायक बनेका गोलरक्षक सन्तोष महतले हिमालयन सेर्पाका तीन प्रहार रोक्दै टोलीलाई सेमिफाइनलसम्म पुर्याए। अब मछिन्द्रले फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लब र डिजोन्जी एफसी (सिक्किम) बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यसअघि, उद्घाटन खेलमा आयोजक कपिलवस्तु ११ सङ्कटा…
