कपिलवस्तुमा गोली लागेर एक जनाको मृत्यु
जानु पाण्डेकपिलवस्तु चैत ३१ गते । कपिलवस्तुका सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका ९ गव्दहवा बस्ने वर्ष २८ को समुन्द्र गाहा मगर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन मणी अधिकारीले बताउनु भयो ।घटनामा संलग्न गरेका सोही स्थानका राम बहादुर थारु, कालु भन्ने राम थारु र प्रवेश थारुलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । मगरका परिवारले बाख्रा चराउन जाँदा अज्ञात व्यक्तिले गोली हानेको शंकास्पद सूचना दिए पछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले अनुसन्धान सुरु गरेको थियो । प्रहरी निरीक्षक वीर बहादुर सुनारको कमान्डमा खटिएको टोलीले अनुसन्धान गर्दा…
