स्रोत नखुलेको पन्ध्र लाख सत्तरी हजारसहित एकजना पक्राउ
नारद कोहार तौलिहवा (कपिलबस्तु), माघ ४ गते । कपिलबस्तु प्रहरीले स्रोत नखुलेको रकम सहित एकजना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाँउपालिका वडा नं. ६ डुमरा चोकबाट स्रोत नखुलेको पन्ध्र लाख सत्तरी हजारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नं.७ बसन्तपुरका ३० वर्षीय निरज कुमार मिश्र रहेको प्रहरी नायब उपरिक्षक मोहन मणि अधिकारीले बताउनुभयो । रातो रंगको लेडिज साइकलमा कालो रंगको पछाडि झोला बोकी बर्रोहियादेखि तौलिहवातर्फ जाँदै गरेको अवस्थामा मिश्रलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ । स्रोत नखुलेको नेपाली रु. एक हजार दरको ८ सय ९० थानको आठ…
