तालिम प्राप्त कुकुरद्वारा सीमा नाकामा सप्राइज चेकिङ
जानु पाण्डेकपिलवस्तु समाचारदाता, कपिलवस्तु चैत २८ गते ।भारतसँग सीमा जोडिएको मुख्य नाकामा तालिमप्राप्त कुकुर प्रयोग गरेर सप्राइज चेकिङ अभियान सुरु गरिएको छ । कपिलवस्तुको कृष्णनगरमा पहिलो पटक तालिम प्राप्त कुकर लगाएर चेकजाँच गरिएको थियो । कृष्णनगर नाका हुँदै लागु औषध ओसारपसार, सीमा अपराध, तस्करी तथा अन्य अन्तर्देशीय आपराधिक गतिविधिहरूको नियन्त्रणका लागि प्रहरीले अभियानको रूपमा यस्तो कदम चालेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले बताउनु भयो ।इलाका प्रहरी कार्यालय कृष्णनगरले नगरपालिका–२ अन्तर्गत पर्ने लिंकगेट, यात्रु गेट, ट्रान्समिटर क्षेत्र र बसपार्क जस्ता आवत–जावत हुने स्थानहरूमा कुकुरको प्रयोग गरी चेकिङ गरेको थियो । भैरहवा विमान स्थलको डग शाखा बाट ल्याइएको…
