नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को पहिलो बैठक सम्पन्न

नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को पहिलो बैठक सम्पन्न

बुद्धभूमि नगरपालिका–९ स्थित बुद्धभूमि क्याम्पसमा नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को पहिलो बैठक सम्पन्न भएको छ। बैठकमा पार्टीका जिल्ला अध्यक्ष बाबुराम खनाल प्रमुख अतिथि रहनुहुन्थ्यो भने क्षेत्रीय संयोजक शुशिला दर्लामीको अध्यक्षता तथा सचिव देवि बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो। बैठकमा प्रदेश कमिटी सदस्य धर्मराज भुषाल, चन्द्रा भट्टराई, लालबहादुर सुनार तथा महाधिवेशन प्रतिनिधि परिषद सदस्य एवं गुठी संस्थानका राष्ट्रिय बोर्ड सदस्य टेकराज पौडेलले आफ्ना धारणा राख्नुभएको थियो। समितिमा क्षेत्र नं. २ अन्तर्गतका जिल्ला कमिटी सदस्य, पालिका पदाधिकारी, ३४ वडाका अध्यक्ष तथा मनोनीत तीन जना सदस्य गरी करिब ९५ जना सदस्य सहभागी रहेको बताइएको छ। बैठकले आगामी तीन…
चिनियाँ ठेकेदार कम्पनीलाई ९५ हजार रुपियाँ जरिवाना

चिनियाँ ठेकेदार कम्पनीलाई ९५ हजार रुपियाँ जरिवाना

नवलपुर, फागुन ५ गते । नारायणघाट–बुटबल सडक विस्तार गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिलाई नवलपुरको कावासोती नगरपालिकाले ९५ हजार रुपियाँ जरिवाना गरेको छ ।  कम्पनीले सडक विस्तारको नाममा जथाभावी नदीजन्य पदार्थ उत्खनन गरेको पाइएपछि नगरपालिकाले जरिवाना गरेको हो । कावासोती –१६ को पत्थर खोलामा केही दिनअघि जेसिबी र ट्रिपर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरेका तस्बिरहरु सार्वजनिक भएपछि नगरपालिकाले अनुगमन गरेको थियो ।  अनुगमनको क्रममा फेला परेको एउटा जेसिबी र एउटा ट्रिपरलाई कारबाही गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार ट्रिपरलाई २५ हजार रुपियाँ र जेसिबीलाई ७० हजार गरी ९५ हजार रुपियाँ…
आजको मौसम : आंशिक वर्षातकाे सम्भावना

आजको मौसम : आंशिक वर्षातकाे सम्भावना

काठमाडौँ, फागुन ५ गते । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।  साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि  मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु-कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का…
प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई सम्वोधन गर्नुहुने

प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई सम्वोधन गर्नुहुने

भैरहवा, फागुन ५ गते । लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने भएको छ । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भयो ।  बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने गरी बैठक बस्ने कार्यसूची प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो ।   लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रण गर्नु भएको थियो । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो ।…
मानव केन्द्रित जन अभियान कपिलवस्तुको प्रथम जिल्ला अधिबेशन सम्पन्न

मानव केन्द्रित जन अभियान कपिलवस्तुको प्रथम जिल्ला अधिबेशन सम्पन्न

कपिलवस्तु फाल्गुण ४ प्रकृति - मानव केन्द्रित जन अभियान कपिलवस्तुको प्रथम जिल्ला अधिबेशन बुद्धभुमी नगरपालिका स्थित झडुलामाइ आध्यात्मिक प्रतिस्ठान बुड्ढिमा सम्पन्न भयो । प्रदेश अध्यक्ष तथा शिबराज नपाका पुर्व मेयर नेत्रराज अधिकारीको अध्यक्षता जनभियानको केन्द्रिय अध्यक्ष बिन्दुराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अधिबेशनले शिबराज नपा ५ का बाबुराम सापकोटाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा बुद्धभुमी १ पथ्थरकोटका रबिलाल घिमिरे सचिबमा महाराजगन्ज ११ का गङ्गेशनाथ तिवारी , सहसचिबमा बुद्धभुमी ४ का नारायण मल्ल , कोषाध्यक्षमा बाणगङ्गा ५ का जेतप्रसाद खनाल चयन हुनु भएको छ । सदस्यहरुमा बाणगङ्गा १ का ताराजन घिमिरे ,…
नेकपा एमाले बिजयनगरको बैठक सम्पन्न, जरा अभियान कार्यक्रमको तयारी तीव्र

नेकपा एमाले बिजयनगरको बैठक सम्पन्न, जरा अभियान कार्यक्रमको तयारी तीव्र

शम्भु बिक कपिलवस्तु फागुन ४ गते । नेकपा एमाले बिजयनगर गाउँ कमिटीको बैठक सम्पन्न भएको छ। बैठक गाउँ कमिटी अध्यक्ष थर्क बहादुर खन्गाहाको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य एवं बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकमा पार्टीको तीन महिने संगठन सुदृढीकरण कार्यक्रम अन्तर्गत जरा अभियानको तयारीका विषयमा छलफल गरिएको थियो। बैठकमा आगामी फागुन ७ गते लुम्बिनी प्रदेशका संस्थापक तथा पूर्व मुख्यमन्त्री प्रशिक्षण दिन बिजयनगर आउने भएकाले त्यसको तयारीलाई विशेष प्राथमिकता दिइएको गाउँ कमिटी अध्यक्ष खन्गाहाले जानकारी दिनुभयो। बैठकमा पार्टी संगठनलाई बलियो बनाउनका लागि सदस्यता वितरण, स्थानीयस्तरमा जनसंपर्क अभिवृद्धि, तथा आगामी राजनीतिक रणनीतिहरूबारे…
सुकुम्वासीलाई जग्गा दिन्छु भनेर भोट मागेका प्रचण्डले भुमि विधेयकको विरोध गरेका छन् ।

सुकुम्वासीलाई जग्गा दिन्छु भनेर भोट मागेका प्रचण्डले भुमि विधेयकको विरोध गरेका छन् ।

जानु पाण्डेकपिलवस्तु, फागुन ४ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले ल्याएका अध्यादेश जसरी भए पनि पास गरिने बताउनु भयो । नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले उहाँले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा यी अध्यादेश ल्याउन नसक्नु भएको टिप्पणी गर्नु भएको थियो ।‘त्यो बेलामा पनि मैले यही मन्त्रालय सम्हालेको थिए । त्यो बेला नसकेको अध्यादेश अहिले सरकारले ल्याएको छ । भूमि सम्बन्धी अध्यादेशको नबुझी विरोध भएको छ । पूर्व प्र म प्रचण्ड र रवि लामिछानेले समेत जनता सँग मत माग्ने बेला भूमि हिनलाई जग्गा उपलब्ध गराउने बाचा गरेका थिए,’ मन्त्री अधिकारीले…
प्रहरी नायव निरीक्षक खतिवडाले गरे आत्महत्या

प्रहरी नायव निरीक्षक खतिवडाले गरे आत्महत्या

बिराटनगर । जिल्ला प्रहरी कार्यालय झापाको परिसर भित्र एक प्रहरी अधिकारीले आत्माहत्या गरेका छन्। भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ घर भई हाल मोरङ कानेपोखरी गाउँपालिका ७ बस्ने ४९ वर्षीय प्रहरी नायव निरीक्षक (सइ)धनराज खतिवडाले कार्यालयको छतमाथि झुन्डिएर आत्महत्या गरेको निमित्त प्रवक्ता तथा अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए । प्रवक्ता तथा अधिकारी प्रहरी निरीक्षक चौहानका अनुसार खतिवडाले प्रहरी ब्यारेकको माथिल्लो तलामा नाइलनको डोरीले आत्महत्या गरेको बताए । शवको कानुनी प्रक्रिया पूरा गरि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले बताए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लागुऔषध विरुद्ध प्रहरी अप्रेशन, कृष्णनगरबाट एक सातामा ९ जना पक्राउ

लागुऔषध विरुद्ध प्रहरी अप्रेशन, कृष्णनगरबाट एक सातामा ९ जना पक्राउ

कपिलवस्तु फागुन २ गते । कपिलवस्तुको ईलाका प्रहरी कार्यालय कृष्णनगरले लागुऔषध नियन्त्रण अभियानलाई थप कडा बनाएको छ । प्रहरीले विशेष अभियान सञ्चालन गर्दै लागुऔषध ओसारपसार तथा कारोबार गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइरहेको छ । पछिल्लो एक साताको अवधिमा मात्रै कृष्णनगर नाका हुँदै नेपालमा लागुऔषध ल्याउदै गरेका ९ जना कारोवारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन मणी अधिकारीले बताउनु भयो ।प्रहरीले उनीहरुबाट ७.७२० ग्राम ब्राउन सुगर बरामद गरेको छ । लागु औषध ओसार पसारमा प्रयोग भएका ३ मोटरसाइकल र एउटा कार समेत नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शिव खत्रीका अनुसार कृष्णनगर नाका…
पूर्वमन्त्री सुरेन्द्रराज आचार्यद्वारा बुद्धभूमि नगरपालिका–९ मा महायज्ञको उद्घाटन

पूर्वमन्त्री सुरेन्द्रराज आचार्यद्वारा बुद्धभूमि नगरपालिका–९ मा महायज्ञको उद्घाटन

बुद्धभूमि, कपिलवस्तु – नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्रराज आचार्यले बुद्धभूमि नगरपालिका वडा नम्बर ९ मा आयोजित महायज्ञको समुद्घाटन गर्नुभएको छ। समारोहका प्रमुख अतिथि रहनुभएका पूर्वमन्त्री आचार्यले धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले समाजलाई एकताबद्ध गर्ने बताउनुभयो। उहाँले समाज विकासका लागि धार्मिक आस्था र संस्कृतिको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। यसअघि, उहाँले बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा आयोजित चौथो बुद्धभूमि कृषि, व्यापारिक, सांस्कृतिक, पर्यटन तथा औद्योगिक महोत्सवको पनि उद्घाटन गर्नुभएको थियो। सो अवसरमा उहाँले सुपा देउराली मन्दिरसम्म केवलकार सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभएको थियो। महायज्ञ उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी, धार्मिक गुरुहरू, तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य…