सवारी दुर्घटनामा सात जनाको मृत्यु

सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं, २ वैशाखमोरङ, ग्रामथान गाउँपालिका-६ सोमबारे घिनाघाटस्थित सडकमा नेताचोकबाट झोराहाटतर्फ जाँदै गरेको को.२२ प ९९८७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-६ बस्ने ६० वर्षीय अनन्तराम खवासको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनालाई थप उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर रिफर गरिएको छ ।इलाम, माई नगरपालिका-४ सुखानीस्थित सडकमा दानाबारीबाट बिर्तामोडतर्फ जाँदै गरेको मे.९ प ४५९६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री झापा अर्जुनधारा नगरपालिका-६ बस्ने रोम पाठकको छोरा २ वर्षीय ओस्कर पाठकको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट…
अवैध लागूऔषध सहित ९ जना पक्राउ

अवैध लागूऔषध सहित ९ जना पक्राउ

काठमाडौं, २ वैशाखकाठमाडौं, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ६ किलो ९ सय ७० ग्राम सहित भारतीय नागरिक २७ वर्षीय Vishak Vijayan सोमबार राति पक्राउ परेका छन् । थाई एयरको उडानद्वारा बैंकक हुँदै नेपाल आएका उनलाई विमानस्थलको टनेल गेटमा जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-१३ र १६ को सिमानाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५ ट्याब्लेट र स्पास्पेन २ सय ५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१९ बस्ने ३३ वर्षीय सुमन राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त…
कपिलवस्तुमा गोली लागेर एक जनाको मृत्यु

कपिलवस्तुमा गोली लागेर एक जनाको मृत्यु

जानु पाण्डेकपिलवस्तु चैत ३१ गते । कपिलवस्तुका सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका ९ गव्दहवा बस्ने वर्ष २८ को समुन्द्र गाहा मगर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन मणी अधिकारीले बताउनु भयो ।घटनामा संलग्न गरेका सोही स्थानका राम बहादुर थारु, कालु भन्ने राम थारु र प्रवेश थारुलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । मगरका परिवारले बाख्रा चराउन जाँदा अज्ञात व्यक्तिले गोली हानेको शंकास्पद सूचना दिए पछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले अनुसन्धान सुरु गरेको थियो । प्रहरी निरीक्षक वीर बहादुर सुनारको कमान्डमा खटिएको टोलीले अनुसन्धान गर्दा…
तालिम प्राप्त कुकुरद्वारा सीमा नाकामा सप्राइज चेकिङ

तालिम प्राप्त कुकुरद्वारा सीमा नाकामा सप्राइज चेकिङ

जानु पाण्डेकपिलवस्तु समाचारदाता, कपिलवस्तु चैत २८ गते ।भारतसँग सीमा जोडिएको मुख्य नाकामा तालिमप्राप्त कुकुर प्रयोग गरेर सप्राइज चेकिङ अभियान सुरु गरिएको छ । कपिलवस्तुको कृष्णनगरमा पहिलो पटक तालिम प्राप्त कुकर लगाएर चेकजाँच गरिएको थियो । कृष्णनगर नाका हुँदै लागु औषध ओसारपसार, सीमा अपराध, तस्करी तथा अन्य अन्तर्देशीय आपराधिक गतिविधिहरूको नियन्त्रणका लागि प्रहरीले अभियानको रूपमा यस्तो कदम चालेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले बताउनु भयो ।इलाका प्रहरी कार्यालय कृष्णनगरले नगरपालिका–२ अन्तर्गत पर्ने लिंकगेट, यात्रु गेट, ट्रान्समिटर क्षेत्र र बसपार्क जस्ता आवत–जावत हुने स्थानहरूमा कुकुरको प्रयोग गरी चेकिङ गरेको थियो । भैरहवा विमान स्थलको डग शाखा बाट ल्याइएको…
थारु साँस्कृतिक संरक्षण केन्द्रको साधारण सभा, ढकिया उद्योग, म्युजीयम देखी होम स्टे चलाउने सम्मका योजना

थारु साँस्कृतिक संरक्षण केन्द्रको साधारण सभा, ढकिया उद्योग, म्युजीयम देखी होम स्टे चलाउने सम्मका योजना

कपिलवस्तु चैत ३० गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४, बुड्ढीमा अवस्थित थारु साँस्कृतिक संरक्षण केन्द्रको तेस्रो साधारण सभा सम्पन्न भएको छ । शनीवार सम्पन्न साधारण सभामा बोल्दै प्रमुख अतिथि तथा बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले थारु समुदायको मौलिक संस्कृति र पहिचान संरक्षणमा केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष पवन कुमार थारुले अक्षयकोष स्थापना गर्ने, ढकिया उद्योग सञ्चालन गर्ने, बड्ढी ताल र बृजा ताल क्षेत्रमा होमस्टे सञ्चालन गर्ने, थारु संग्रहालय सञ्चालन गर्ने लक्ष्य रहेको बताउनु भयो । कार्यक्रममा बुद्धभूमि नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुदेव खनाल, कमला चौधरी, राम प्रसाद चौधरी, सन्तराम थारु, केशर बहादुर सेन वली, दशरथ…
घर माथी चट्याङ पर्‍यो, आमा घाइते ९ महिने छोरीको मृत्यु

घर माथी चट्याङ पर्‍यो, आमा घाइते ९ महिने छोरीको मृत्यु

बाजुरा, चैत २८ गते । बाजुरामा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु भएको छ । बुधबार राति ९ बजेको समयमा बुढीगंगा नगरपालिका वडा नम्बर १ तल्लो कुडीमा चट्याङ लागेर बिरु सार्कीकी नौ महिने छोरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराका अनुसार घरमा चट्याङ पर्दा नाबालिकाको घटनास्थलमै मृत्यु भएको हो भने मृतक नाबालिकाकी आमा अन्दाजी २८ वर्षीया सन्जीता सार्की घाइते हुनुभएको छ । उहाँको शरीरको विभिन्न भागमा पोलिएको छ भने अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चट्याङ लागेर ज्यान गुमाएकी नाबालिकाको शव जिल्ला अस्पतालमा राखिएको बाजुरा प्रहरीले जनाएको छ ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, २८ चैतकैलाली, घोडाघोडी नगरपालिका-२ साडेपानीस्थित सडकमा रोकी राखेको से.१ ख १२६८ नम्बरको मिनि ट्रकमा से.५ प ६९४४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गौरीगंगा नगरपालिका-८ बस्ने ४५ वर्षीय अमर बमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।इलाम, इलाम नगरपालिका-७ जिरोस्थित सडकमा को.१ त ७३४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक इलाम घर भएका ४० वर्षीय सुवास तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको…
बाँकेमा हावाहुरीले पोल ढलेपछि

बाँकेमा हावाहुरीले पोल ढलेपछि

नेपालगन्ज, चैत २८ गते । बाँकेमा बुधबार राती आएको भिषण हावाहुरीका कारण ठाउँठाउँमा विद्युतका पोल ढलेर क्षतिग्रस्त भएपछि जिल्लाका अधिकांश स्थानको विद्युत सेवा बुधवार रातीबाटै अवरुद्ध भएको छ ।  नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले दिएको जानकारी अनुसार भिषण हावाहुरीले धेरै ठाउँका बिद्युत पोलहरु ढालेर क्षतिग्रस्त बनाएकोले बुधवार रातीबाटै नेपालगन्ज लगायत जिल्लाका बिभिन्न ठाउँमा बिद्युत सेवा अवरुद्ध भएको हो ।  नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले हावाहुरीले विभिन्न ठाउँका पोल र तारहरु ढालेर क्षति पुर्‍याउँदा विद्युत सेवा अवरुद्ध भएको बताउनुभयो । उहाँले बुधवार रातीबाटै बिहिबार विहानसम्म हावाहुरीसंगै बर्षासमेत भएकोले राती काम गर्न नसकिएकोले मर्मत सम्भार र बिद्युत…
वर्षा भएपछि हिलो र चिप्लो भएका कारण दाउन्ने खण्ड अवरुद्ध

वर्षा भएपछि हिलो र चिप्लो भएका कारण दाउन्ने खण्ड अवरुद्ध

नवलपुर, चैत २८ गते ।  बिहीबार बिहानदेखि परेको हल्का वर्षाका कारण नारायणघाट–बुटबल सडक अवरुद्ध भएको छ । धुलो बाटोमा हल्का वर्षा भएपछि हिलो र चिप्लो भएका कारण राजमार्गको दाउन्ने खण्ड बिहान ९ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उक्त स्थानमा हिजोदेखि चैत ३१ गतेसम्म गाडी रोकेर विस्तारको काम भइरहेको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म गाडी चलाउन दिइएको छैन । गाडी चल्न दिने समयमा समेत अवरुद्ध भएपछि यो मार्ग भएर यात्रा गर्ने यात्रीले सास्ती भोग्दै आएका छन् ।  अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
बस दुर्घटना: ३० जना घाइते

बस दुर्घटना: ३० जना घाइते

हेटौँडा, चैत २८ गते । धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बकैयामा बस दुर्घटना हुँदा ३० जना घाइते हुनुभएको छ । बुधवार राती ९ बजेर ३० मिनेटको समयमा बा प्र ०६–००१ ख ०२७० नम्बरको बस दुर्घटना भएको हो ।  बस दुर्घटनामा मकवानपुर भिमफेदी–३ बुल्मिङका ४६ वर्षीय श्रीराम बज्यू, भिमफेदी–५ ज्यामिरेका ५५ वर्षीय रिता कुमारी मगर, चितवन राप्ति नगरपालिका–२ गडौलीका २९ वर्षीय पशु डा. सरोज ओझा, उहाँको श्रीमती २७ वर्षीय रेश्मा सुवेदी, भिमफेदी–२ निगालेका ४५ वर्षीय दिलीप राज बुलन, भिमफेदी–५ सुपिङका ५१ वर्षीय यदुनाथ पुडासैनी, मकवानपुरगढी–३ मक्रान्चुलीका ४२ वर्षीय नारायण प्रसाद शर्मा, हेटौँडा–११ थानाभर्याङका २९ वर्षीय उज्ज्वल राना मगर घाइते हुनुभएको…