वन देविको पूजा गरी रुख कटान सुरु
कपिलवस्तु चैत्र २७ गते ।कपिलवस्तुकाे बुद्धभुमि नगरपालिका २ गाेरुसिंगेमा रहेकाे त्रिसुली सामुदायिक वन उपभोक्ता समितिले बुधवारदेखि रुख कटानको कार्य औपचारिक रूपमा सुरु गरेको छ। वन देवीको पूजा गरेर रुख कटान सुरु गरिएको हो। समुदायकाे निगरानि सहित रुख कटान गर्दा पारदर्शी हुने बुद्धभुमि नगरपालिका वडा नं २ का कार्यबाहक वडा अध्यक्ष शंकर बिष्टले बताउनु भयाे ।यस वर्ष समितिले ५००० क्युविक फिट गोलिया काठ उत्पादन गर्ने लक्ष्य लिएको छ। यो लक्ष्य हासिल गर्नका लागि करिब १२३ थान वटा रुख कटान गरिने योजना बनाइएको समितिका अध्यक्ष निल कुमार श्रेष्ठले जानकारी दिए।वन सम्वर्धन प्रणालीअनुसार तय गरिएको योजनाअनुसार मात्र रुख कटान हुने भएकाले वातावरणीय सन्तुलनमा…
