अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं, ६ माघरौतहट, चन्द्रपुर नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय प्रचण्ड बहादुर थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बर्दिया, बढैयाताल गाउँपालिका-६ मैनापोखर बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो ९६ ग्राम सहित जाजरकोट जुनिजाँदे गाउँपालिका-५ मैफ बस्ने १९ वर्षीय कृष्ण थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कैलाली, गोदावरी नगरपालिका-१ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७३…
सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्युकाठमाडौं, ६ माघकैलाली, बर्दगोरिया गाउँपालिका-२ झगडपुरस्थित सडकमा भे.२ स ५६६१ नम्बरको अटो र सु.प.प्र.०१-००९ प ४०५३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने केशव आलेमगरकी छोरी ६ वर्षीया आरती आलेमगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बर्दगोरिया अस्पताल बौनिया हुँदै नव जीवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना र मोटरसाइकलमा सवार १ जनाको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ । अटो र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रूकुम पश्चिम, चौरजहारी नगरपालिका-१ स्थित सडकमा क.प्र.०३-००१…
करिब १ सय ९५ किलोग्राम गाँजा सहित एक जना पक्राउ

करिब १ सय ९५ किलोग्राम गाँजा सहित एक जना पक्राउ

पर्सा, ६ माघवीरगंज महानगरपालिका-१९ बर्वाबाट अवैध लागूऔषध गाँजा १ सय ९५ किलोग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय पोखरीया समेतबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ ख ३५८७ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा अनलोड गरी परालको थुप्रोमा लुकाई छिपाई भाग्ने क्रममा ट्रक चालक सुकलाललाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोत नखुलेको पन्ध्र लाख सत्तरी हजारसहित एकजना पक्राउ

स्रोत नखुलेको पन्ध्र लाख सत्तरी हजारसहित एकजना पक्राउ

नारद कोहार तौलिहवा (कपिलबस्तु), माघ ४ गते । कपिलबस्तु प्रहरीले स्रोत नखुलेको रकम सहित एकजना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाँउपालिका वडा नं. ६ डुमरा चोकबाट स्रोत नखुलेको पन्ध्र लाख सत्तरी हजारसहित पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नं.७ बसन्तपुरका ३० वर्षीय निरज कुमार मिश्र रहेको प्रहरी नायब उपरिक्षक मोहन मणि अधिकारीले बताउनुभयो । रातो रंगको लेडिज साइकलमा कालो रंगको पछाडि झोला बोकी बर्रोहियादेखि तौलिहवातर्फ जाँदै गरेको अवस्थामा मिश्रलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ । स्रोत नखुलेको नेपाली रु. एक हजार दरको ८ सय ९० थानको आठ…
सीमा क्षेत्रका युवालाई सिप सिकाउँदै सशस्त्र प्रहरी

सीमा क्षेत्रका युवालाई सिप सिकाउँदै सशस्त्र प्रहरी

कपिलवस्तु माघ ४ गते ।  कपिलवस्तुका सीमा क्षेत्रका युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यले कपाल काट्ने तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल २८ नम्बर गण कपिलवस्तुको आयोजनामा १० दिने तालिम सम्पन्न भएको छ । सीमावासीहरू सँगको सम्बन्ध र सहकार्य वृद्धि गर्न र युवा पुस्तालाई स्वरोजगार तर्फ आकर्षण बढाउन तालिमको आयोजना गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेले बताउनु भयो ।तालिममा सीमा सँग जोडिएका ६ पालिकाका २६ वडाका विपन्न समुदायका युवाको सहभागिता रहेको थियो । सशस्त्र प्रहरी वर्डर आउट पोस्टले वडा कार्यालय सँग समन्वय गरी सहभागी छनोट गरिएको प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरका गुल्म पती सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण…
कुटपिटबाट मजदुरको मृत्यु

कुटपिटबाट मजदुरको मृत्यु

लुम्बिनी, माघ ४ गते ।  कुटपिटबाट रुपन्देहीमा एक मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सियारी गाउँपालिका–७, हीरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट छन् । उद्योग परिसरको छाप्रोमा परिवारसहित बसिरहेका केवटलाई उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीय कृष्ण केवटले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याइएकामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।
जन्मदिनमा कमलको समाजसेवा

जन्मदिनमा कमलको समाजसेवा

कपिलवस्तुका युवा समाजसेवी कमल रिजालले आफ्नो जन्मदिन फरक तरिकाले मनाएका छन् । बुद्धभूमि नगरपालिका १ भेलाईका युवा समाजसेवी रिजालले प्रत्यक वर्ष आफ्नो जन्मदिन सामाजिक कार्य गर्दै मनाउदै आएका छन।प्रत्यक जन्मदिनमा रिजालले बुद्धभूमि १ टिक्करमा रहेको क्रियापत्री भवनमा ग्यास चुलो दिएर मनाउनु भएको छ। दुखमा रहेका बेला खाना बनाउनका लागि चुलोको समस्या हुने हुदा त्यसको सहजताका लागि रिजालले चुलो र ग्यास हस्तान्तरण गरेको बताए। उनले आफुले प्रत्यक वर्ष आफ्नो जन्मदिनमा समाजका लागि केहि गर्ने समेत प्रतिवद्दता जनाए। कार्यक्रममा समाजसेवी विरेन्द्र मिश्रले पछिल्लो समय जन्मदिन खर्चिलो र भड्किलो बन्दै गएको र जन्मदिनमा खर्च गर्ने रकम कटौती गरी जन्मदिन मनाउनु पर्छ भन्ने सन्देश…
पाउडर प्लान्ट नहुँदा दूध व्यवसायीलाई समस्या, बर्सेनि एक अर्ब रुपैयाँको क्षति

पाउडर प्लान्ट नहुँदा दूध व्यवसायीलाई समस्या, बर्सेनि एक अर्ब रुपैयाँको क्षति

कपिलवस्तु पुस २२ गते । लुम्बिनी प्रदेशमा दूध पाउडर बनाउने प्लान्ट नहुँदा डेरी व्यवसायीले समस्या खेप्नु परेको बताएका छन् । नेपाल डेरी एसोसिएसन कपिलवस्तुको दोस्रो साधारण सभा बोल्दै एसोसिएसनका प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले पाउडर प्लान्ट नभएको कारण बर्सेनि एक अर्ब रुपैयाँको क्षति भएको बताउनु भएको छ ।उत्पादन भएको दूधको ठुलो परिमाण उपयोग गर्न सकिएको छैन । प्रदेशमा दैनिक करिब १.५ लाख लिटर दूध उत्पादन हुन्छ । ती मध्ये ८० हजार लिटर दैनिक उपयोग विहीन बन्ने गरेको छ । बिक्री नभएको दूधलाई चितवन, विराटनगर पठाएर पाउडर बनाउनु पर्ने बाध्यता छ । जसले गर्दा लागत अत्यधिक महँगो पर्ने हुँदा दूधको मूल्य उपभोक्ताको…
कस्तो बन्ला गोरुसिंगे चन्द्रौटा ४ लेन सडक?

कस्तो बन्ला गोरुसिंगे चन्द्रौटा ४ लेन सडक?

कपिलवस्तु, पुस २० गते । सडक निर्माण गर्दा जनताले सास्ती नपाउन भन्ने उद्देश्यले गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड “लेफ्ट साइड वाइडनिङ कन्सेप्ट” मा डिजाइन गरिएको छ । बुटवल नारायणगढ सडक निर्माणमा स्थानीय जनता र यात्रुहरूले पाएको सास्ती हटाउन नेपालमा पहिलो पटक नयाँ कन्सेप्ट प्रयोग गरिने भएको छ । बुटवल गोरुसिङ्गे सडक खण्डमा पनि यही कन्सेप्ट प्रयोग गर्ने सोच रहेको छ । पहिला सबै भत्काएर सडक निर्माण गरिन्थ्याे । “लेफ्ट साइड वाइडनिङ कन्सेप्ट” मा हाल प्रयोगमा आएको सडकको वायाँ छेउ तर्फको सडक विस्तार हुनेछ । नयाँ बन्ने पुल पनि बायाँ तर्फ निर्माण हुने छ । बायाँ तर्फको निर्माण सकिए पछि हाल प्रयोगमा आएको…
बुद्धभूमि मेयर कप फुटबल: वडा नम्बर १ र ४ को विजयी सुरुवात

बुद्धभूमि मेयर कप फुटबल: वडा नम्बर १ र ४ को विजयी सुरुवात

कपिलवस्तु, पुस ५ –कपिलवस्तुको बुद्धभूमि नगरपालिकाद्वारा आयोजित मेयर कप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। नगरप्रमुख केशव कुमार श्रेष्ठले खेलको औपचारिक उद्घाटन गर्नुभएको यस प्रतियोगिताको पहिलो दिन वडा नम्बर १ र वडा नम्बर ४ विजयी भएका छन्। पहिलो खेलमा, वडा नम्बर ४ ले सशक्त प्रदर्शन गर्दै वडा नम्बर ३ लाई २-० गोल अन्तरले पराजित गर्‍यो। खेलमा वडा नम्बर ४ का खेलाडीहरूले उत्कृष्ट तालमेल प्रदर्शन गरे। त्यसैगरी, दोस्रो खेलमा वडा नम्बर १ ले उपाधि दावेदार मानिएको वडा नम्बर २ लाई एकतर्फी खेलमा ५-० को भारी गोल अन्तरले पराजित गर्‍यो। वडा नम्बर २ ले खेलभरि गोलको खाता खोल्न नसक्दा लज्जास्पद हार बेहोर्नुपर्‍यो।…