बस दुर्घटना: ३० जना घाइते
हेटौँडा, चैत २८ गते । धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बकैयामा बस दुर्घटना हुँदा ३० जना घाइते हुनुभएको छ । बुधवार राती ९ बजेर ३० मिनेटको समयमा बा प्र ०६–००१ ख ०२७० नम्बरको बस दुर्घटना भएको हो । बस दुर्घटनामा मकवानपुर भिमफेदी–३ बुल्मिङका ४६ वर्षीय श्रीराम बज्यू, भिमफेदी–५ ज्यामिरेका ५५ वर्षीय रिता कुमारी मगर, चितवन राप्ति नगरपालिका–२ गडौलीका २९ वर्षीय पशु डा. सरोज ओझा, उहाँको श्रीमती २७ वर्षीय रेश्मा सुवेदी, भिमफेदी–२ निगालेका ४५ वर्षीय दिलीप राज बुलन, भिमफेदी–५ सुपिङका ५१ वर्षीय यदुनाथ पुडासैनी, मकवानपुरगढी–३ मक्रान्चुलीका ४२ वर्षीय नारायण प्रसाद शर्मा, हेटौँडा–११ थानाभर्याङका २९ वर्षीय उज्ज्वल राना मगर घाइते हुनुभएको…
