नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को पहिलो बैठक सम्पन्न

नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को पहिलो बैठक सम्पन्न

बुद्धभूमि नगरपालिका–९ स्थित बुद्धभूमि क्याम्पसमा नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को पहिलो बैठक सम्पन्न भएको छ। बैठकमा पार्टीका जिल्ला अध्यक्ष बाबुराम खनाल प्रमुख अतिथि रहनुहुन्थ्यो भने क्षेत्रीय संयोजक शुशिला दर्लामीको अध्यक्षता तथा सचिव देवि बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो। बैठकमा प्रदेश कमिटी सदस्य धर्मराज भुषाल, चन्द्रा भट्टराई, लालबहादुर सुनार तथा महाधिवेशन प्रतिनिधि परिषद सदस्य एवं गुठी संस्थानका राष्ट्रिय बोर्ड सदस्य टेकराज पौडेलले आफ्ना धारणा राख्नुभएको थियो। समितिमा क्षेत्र नं. २ अन्तर्गतका जिल्ला कमिटी सदस्य, पालिका पदाधिकारी, ३४ वडाका अध्यक्ष तथा मनोनीत तीन जना सदस्य गरी करिब ९५ जना सदस्य सहभागी रहेको बताइएको छ। बैठकले आगामी तीन…
कुम्भमेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना ३ जनाको मृत्यु

कुम्भमेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना ३ जनाको मृत्यु

रुपन्देहीको देवदह नगरपालिकाबाट भारतको कुम्भमेला स्नान गर्न गएका तीर्थालु चढेको गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । कुम्भमेलाबाट फर्किँदै गर्दा बिहान भारत उत्तर प्रदेशको आजमगढ वाराणसी सडककाे डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको देवदह नगरपालिका प्रवक्ता गणेश डुम्रेले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान गुमाउनेहरूमा देवदह नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय गणेश खनाल, उहाँकी श्रीमती ३५ वर्षीय दीपा खनाल र वडा नम्बर ९ कै ४० वर्षीया गीता शर्मा रहेका छन् । दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् । घाइतेहरूको गोरखपुरमा उपचार भइरहेको छ ।
१७ महिना तोप हाने पनि सरकार ढल्दैन

१७ महिना तोप हाने पनि सरकार ढल्दैन

दांग फागुन ५ गते । प्रधान मन्त्री केपी शर्मा ओलीले अहिलको सरकार १७ महिना तोप नहाने पनि नढल्ने बताउनु भएको छ । लुम्बिनी प्रदेशसभाको बैठकमा सोमबार विशेष सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले हामीले बनाउनुपर्ने बताउनुभएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफैँ बनाउनुपर्नेमा जोड दिनुभएको छ । “चालिस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मिहिनेतले सम्पन्न भई सकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैले देशको विकास गर्नुपर्छ । कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठुलो परिणाममा…
चिनियाँ ठेकेदार कम्पनीलाई ९५ हजार रुपियाँ जरिवाना

चिनियाँ ठेकेदार कम्पनीलाई ९५ हजार रुपियाँ जरिवाना

नवलपुर, फागुन ५ गते । नारायणघाट–बुटबल सडक विस्तार गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिलाई नवलपुरको कावासोती नगरपालिकाले ९५ हजार रुपियाँ जरिवाना गरेको छ ।  कम्पनीले सडक विस्तारको नाममा जथाभावी नदीजन्य पदार्थ उत्खनन गरेको पाइएपछि नगरपालिकाले जरिवाना गरेको हो । कावासोती –१६ को पत्थर खोलामा केही दिनअघि जेसिबी र ट्रिपर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरेका तस्बिरहरु सार्वजनिक भएपछि नगरपालिकाले अनुगमन गरेको थियो ।  अनुगमनको क्रममा फेला परेको एउटा जेसिबी र एउटा ट्रिपरलाई कारबाही गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार ट्रिपरलाई २५ हजार रुपियाँ र जेसिबीलाई ७० हजार गरी ९५ हजार रुपियाँ…
अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरिने

अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरिने

काठमाडौं, फागुन ५ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरेको छ । कीर्तिपुर अस्पतालमा उपचारत अर्थमन्त्री पौडेलको स्वास्थ्य अवस्था समान्य बन्दै गएकोले अस्पतालले डिस्चार्ज गर्ने निर्णय गरेको अस्पतालका मेडिकल डाईरेक्टर डा. निजीमा ताम्राकारले जानकारी दिनुभयो । अर्थामन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब नगरेको डाईरेक्टर ताम्राकारको भनाइ छ । डा.ताम्राकारका अनुसार प्रमुख आचार्यको पहिले देखिनै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकोले केहि दिन थप उपचार गरिने छ । 
आजको मौसम : आंशिक वर्षातकाे सम्भावना

आजको मौसम : आंशिक वर्षातकाे सम्भावना

काठमाडौँ, फागुन ५ गते । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।  साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि  मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु-कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का…
प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई सम्वोधन गर्नुहुने

प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई सम्वोधन गर्नुहुने

भैरहवा, फागुन ५ गते । लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने भएको छ । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भयो ।  बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने गरी बैठक बस्ने कार्यसूची प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो ।   लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रण गर्नु भएको थियो । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो ।…
मानव केन्द्रित जन अभियान कपिलवस्तुको प्रथम जिल्ला अधिबेशन सम्पन्न

मानव केन्द्रित जन अभियान कपिलवस्तुको प्रथम जिल्ला अधिबेशन सम्पन्न

कपिलवस्तु फाल्गुण ४ प्रकृति - मानव केन्द्रित जन अभियान कपिलवस्तुको प्रथम जिल्ला अधिबेशन बुद्धभुमी नगरपालिका स्थित झडुलामाइ आध्यात्मिक प्रतिस्ठान बुड्ढिमा सम्पन्न भयो । प्रदेश अध्यक्ष तथा शिबराज नपाका पुर्व मेयर नेत्रराज अधिकारीको अध्यक्षता जनभियानको केन्द्रिय अध्यक्ष बिन्दुराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अधिबेशनले शिबराज नपा ५ का बाबुराम सापकोटाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा बुद्धभुमी १ पथ्थरकोटका रबिलाल घिमिरे सचिबमा महाराजगन्ज ११ का गङ्गेशनाथ तिवारी , सहसचिबमा बुद्धभुमी ४ का नारायण मल्ल , कोषाध्यक्षमा बाणगङ्गा ५ का जेतप्रसाद खनाल चयन हुनु भएको छ । सदस्यहरुमा बाणगङ्गा १ का ताराजन घिमिरे ,…
कुवेतमा ग्याँस सिलिण्डर विष्फोट हुँदा मृत्यु भएका रोकाको शव नेपाल ल्याइयो

कुवेतमा ग्याँस सिलिण्डर विष्फोट हुँदा मृत्यु भएका रोकाको शव नेपाल ल्याइयो

कुवेतमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक साता अघि मृत्यु भएका तनहुँको एक व्यक्तिको शव नेपाल ल्याइएको छ। बन्दीपुर गाउँपालिका–२ मोहोरिया सरोज रोकाको शव नेपाल ल्याइएको हो। कम्पनीमा काम गरिरहेकै बेला ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते रोकाको गत सोमबार मृत्यु भएको थियो।  रोकाको शव नेपाल ल्याउन नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रेशम गुरुङले पहल गर्नुभएको थियो। गुरुङले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामार्फत कुवेतस्थित नियोगमा सम्पर्क गरि रोकाको शव नेपाल ल्याउन पहल गर्नुभएको थियो।  सुरजको परिवारले शव नेपाल झिकाउन सहयोग गर्न गुरुङलाई अनुरोध गरेका थिए। गुरुङको सहयोगमा सुरजको शव चाँडै नै नेपाल ल्याउन सकिएको मृतकका बुबा लक्ष्मण रोकाले बताउनुभयो।
नेकपा एमाले बिजयनगरको बैठक सम्पन्न, जरा अभियान कार्यक्रमको तयारी तीव्र

नेकपा एमाले बिजयनगरको बैठक सम्पन्न, जरा अभियान कार्यक्रमको तयारी तीव्र

शम्भु बिक कपिलवस्तु फागुन ४ गते । नेकपा एमाले बिजयनगर गाउँ कमिटीको बैठक सम्पन्न भएको छ। बैठक गाउँ कमिटी अध्यक्ष थर्क बहादुर खन्गाहाको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य एवं बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकमा पार्टीको तीन महिने संगठन सुदृढीकरण कार्यक्रम अन्तर्गत जरा अभियानको तयारीका विषयमा छलफल गरिएको थियो। बैठकमा आगामी फागुन ७ गते लुम्बिनी प्रदेशका संस्थापक तथा पूर्व मुख्यमन्त्री प्रशिक्षण दिन बिजयनगर आउने भएकाले त्यसको तयारीलाई विशेष प्राथमिकता दिइएको गाउँ कमिटी अध्यक्ष खन्गाहाले जानकारी दिनुभयो। बैठकमा पार्टी संगठनलाई बलियो बनाउनका लागि सदस्यता वितरण, स्थानीयस्तरमा जनसंपर्क अभिवृद्धि, तथा आगामी राजनीतिक रणनीतिहरूबारे…